अवैध वित्तीय कारोवारमा संलग्न ४ जना पक्राउ - Naya Online

अवैध वित्तीय कारोवारमा संलग्न ४ जना पक्राउ

पर्सा, २९ वैशाख । अवैध वित्तीय कारोवार (हुण्डी) मा संलग्न रहेको अभियोगमा ८२ लाख ५० हजार रुपैयाँ सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-३ आदर्शनगर पानीटंकीमा डेरा गरी बस्ने भारत विहार मोतिहारी रक्सौल-१८ ठेगाना भएका २७ वर्षीय विकास कुमार, भारत विहार मोतिहारी रक्सौल-९ ठेगाना भएका २२ वर्षीय गुड्डु कुमार, भारत विहार मोतिहारी ठेगाना भएका १८ वर्षीय किशोर र बारा महागढी नगरपालिका-४ ठेगाना भएका १८ वर्षीय किशोर रहेका छन् ।

विकास कुमारसमेतका व्यक्तिहरूले हुण्डी गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बारा घर भएका १८ वर्षीय किशोरलाई आदर्शनगर चोकबाट २५ लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको थियो । अनुसन्धान गर्नेक्रममा विकासको डेरा तलासी गर्दा दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइ राखेको ५७ लाख ५० हजार रुपैयाँ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबाट ना.८ प ४८९७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरू उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कुम्मायक गाउँपालिकास्थित मेगा बैंकका शाखा प्रमुख निरौलाको बिदाई

पदमसुखी सम्बाहाम्फे यासोक, १५ साउन । पाँचथरको कुम्मायक गाउँपालिकाले मेगा बैंङक शाखा प्रमुख छत्रपति...

फेसन डिजाइनर काउन्सिल अफ नेपालको सल्लाहकारमा झा

काठमाडौं, असार १० । फेशन डिजाइनर काउन्सिल अफ नेपालले आफ्नो सल्लाहकारमा कोरियोग्राफर अश्विनीकान्त झालाई...

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू गिरफ्तार

काठमाडौं, ४ साउन । बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले गिरफ्तार गरेको...

पोखराको तालचोकमा लखन सहकारीको सेवा केन्द्र उद्घाटन

पोखरा, २ साउन । लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–१०, रामघाट, कास्कीले...

वैंकिङ कसूर मुद्दाका फरार प्रतिबादी पक्राउ

ललितपुर, ४ असार। वैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ४० वर्षीय हिरा...

अवैध वित्तीय कारोवारमा संलग्न ४ जना पक्राउ

पर्सा, २९ वैशाख । अवैध वित्तीय कारोवार (हुण्डी) मा संलग्न रहेको अभियोगमा ८२ लाख...

बैंकमा आगलागी हुँदा ४० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

चितवन, २८ वैशाख । भरतपुर महानगरपलिका-१० चौविसकोठीस्थित प्राईम कमर्सियल बैंकको शाखा कार्यालयमा विद्युत सर्ट...

गैडाकोटमा मुन स्टार सञ्चालनमा

गैडाकोट १५चैत । गैडाकोटमा युवा व्यवसायीहरूको सामुहिक प्रयासमा होटल मुन स्टार सञ्चालनमा आएको छ...

मिस फेस अफ नेपाल–२०२१ हुँदै

काठमाडौं, ८ चैत । नेपालमा पहिलो पटक मिस फेस अफ नेपाल–२०२१ हुन लागेको छ...

गोरक्षनाथ माविमा बस सेवा सुरु

हेटौडा, ६ चैत्र । हेटौंडा १८ हर्नामाडी फुर्केचौरमा रहेको श्री गोरक्षनाथ माध्यमिक विद्यालयले आफ्ना...