अमेरिकाको होपी जनजाति - Naya Online

अमेरिकाको होपी जनजाति

विरही काइँला

होपी सुन्दरी
१ फरवरी २०२० सम्मको संयुक्त राज्य अमेरिकाको संघीय मान्यता प्राप्त आदिवासीको सूची हेर्दा ५७४ मूल निवासी (नेटिभ अमेरिकन)हरूको नाम भेटिन्छ । संघीय सूचीमा प्रविष्ट पाएको होपी जनजातिहरू यहाँका सबैभन्दा प्राचीन जातिका मानिसहरू हुन् । उनीहरू उत्तर पूर्वी एरिजोनामा होपी आरक्षण क्षेत्रमा बसोबास गर्दछन् ।

आरक्षणभित्रका तीनवटा चट्टानी मेसाहरूमा पहिलो मेसाको माथिल्लो भागमा रहेका वाल्पी, टेवा र सिचोमोवी तीन गाउँहरूमा सबैभन्दा दर्शनीय वाल्पी गाउँ मानिन्छ । यहाँका पुरानो ढुङ्गाको घरहरू चट्टानहरूमा टाँसिए जस्तो देखिन्छ । यो शताब्दीयौंदेखि अपरिवर्तनीय छ ।

(होपी आरक्षण क्षेत्र)

दोस्रो मेसाको तीनवटा गाउँहरू सुंगोपावी, सिपौलोवी र मिसंग्नोवी हुन । धेरै जसो धार्मिक र औपचारिक क्रियाकलाप सुंगोपावीबाट सुरू हुन्छ । सिपौलोवी “पुएब्लो विद्रोह” पछि स्थापना भएको अन्तिम गाउँ हो । तेस्रो मेसाको पछाडि पश्चिममा अवस्थित क्यकोट्समोवी, ओल्डओरावी, बाकावी र होटेभिला गाउँहरूलाई उत्तर अमेरिकाको सबैभन्दा परानो बस्ती भनेर चिनिन्छ ।

ग्रान्ड क्यान्यनको पूर्वपट्टि चार कुनाको नजिक नाभाजो आरक्षणले घेरिएको कोकोनिको र नाभाजो काउन्टीको तीन मेसामा १२ वटा पुएब्लोस (गाउँ)–हरू मिलेर बनेको होपी जनजातिहरूको आफ्नो सरकार छ । यसलाई होपी आदिवासी परिषद भनिन्छ । होपी आदिवासी परिषदका अध्यक्ष तिमोथी एल. नुवानग्याओमा, उपाध्यक्ष क्लार्क डब्ल्यू. तेनाखोंगवा, आदिवासी सचिव थेरेसा लोमाकेमा र कोषाध्क्ष विल्फ्रेड एल. गैसिओमा छन् ।


(होपी महिला)

१६ दिसम्बर १८८२ मा अमेरिकी राष्ट्रपति Chester A. Arthur ले एक कार्यकारी आदेश जारि गरेर होपी जनजातिलाई आरक्षण दिएका थिए । यहीबाट होपी जनजातिहरूको आरक्षण सुरू भएको हो । सन् १९३६ को दिसम्बर १९ मा होपी संविधान र उप–कानूनको प्रयोगको साथ स्थापित संविधान बमोजिम होपी आदिवासी परिषदसँग होपीहरूको हितको लागि सबै विषयमा प्रतिनिधित्व गर्ने र बोल्ने अधिकार छ । संघीय, राज्य र स्थानीय सरकारहरू र परिषद वा सरकारको साथ वार्ता गर्ने अधिकार होपी जनजातिहरूलाई प्राप्त छ । होपी जनजाति सरकार एक सदनात्मक सरकार हो, जहाँ सबै अधिकारहरू आदिवासी परिषदमा निहित छ ।

सन् २०१०को जनगणना अनुसार होपीहरूको जनसंख्या १९,३३८८ छ । लगभग ६.५५७.२६ किलो मिटर (२.५३१.७७३ वर्ग माइल) क्षेत्र उनीहरूको आरक्षणभूमिमा पर्दछ । होपीहरू युटो–अजेटेकन भाषिका परिवारको शोशोन भाषा बोल्दछन ।

होपी मूल शब्द होपिटु–शि–नु–मुको एक छोटो रूप हो, जसको लागि सबैभन्दा सामान्य अर्थ “शान्त मानिस” हो । होपी संस्कृतिको धर्म, अध्यात्मिकता र यसको नैतिक्ताको दृष्टिकोणमा गहिरो जरा गाडेको अवधारणा हो । होपी हुनु भनेको शान्तिमा रहन र “मासा” को शिक्षा अनुरूप जीवन विताउन यस अवधारणाको लागि प्रयास गर्नु हो । हजारौ वर्षदेखि एकै ठाउँमा निरन्तर बाँचिरहेका होपीहरू गहिरो धार्मिक व्यक्तिहरू पनि हुन, जसका रीतिथितिहरू र अनुष्ठान समारोहको लामो वर्षे क्यालेन्डरले उनीहरूको जीवनको प्रत्येक पक्षलाई मार्गदर्शन गर्दछ ।

आधुनिक होपी किसानहरू अझै पनि पुरानो विधिहरू प्रयोग गरेर मकै, खरबुजा, लौका, सिमी खुर्सानी आदि उत्पादन गर्छन । मकै मुख्य बाली हो ।


(मकैको खेती)

होपी जनजाति खेती गर्न निकै सिपालु छन । उनीहरू गाह्रौ माटोमा बलियो बाली लगाउँछन । होपीहरूको आयस्रोत भनेको सानो स्तरको खेती र पशुपालन, विभिन्न साना व्यवसाय, खनिज विकास रोयल्टी भुक्तानी, समुदाय सुधारको लागि सरकारी अनुदान बाहेक काचिना पुतली, चाँदीको गहना, बुनेको टोकरी र भाँडाहरू बनाउने इत्यादि काम गर्दछन ।

(होपी स्कुल)

होपी बच्चाहरूलाई अङ्ग्रेजी सभ्यताको तरिका सिकाउन सन् १८८७ मा खोलिएको स्कुल नै पहिलो स्कुल हो । यो केम्स क्यान्यन (Keams Canyon)–मा खोलिएको थियो । धेरै होपी परिवारहरूले आफनो परम्परागत संस्कृति कायम राख्न आफ्नो बाल बच्चाहरूलाई स्कुल पठाउन अस्वीकार गरे । आज होपी बच्चाहरूले शिक्षा उपलब्ध औचारिक स्कुल प्रणालीहरू मार्फत र किवास जस्ता ठाउँहरूमा परम्परागत शैक्षिक गतिविधिहरूको माध्यमबाट प्राप्त गर्छन् ।

प्रमाणले संकेत गर्दछ कि होपीमा विभिन्न समूहका वंशजहरू थिए जुन उत्तर पूर्व र दक्षिणबाट देशभित्र पसे । लामो समय सम्म उनीहरूको पुर्खाहरू, अनासाजी, मेक्सिकोको एजेटेकसँग सम्बन्धित देखिन्छन र उनीहरूको हालको स्थानदेखि १० हजार वर्ष पहिले आइपुगेका हुन सक्छ ।

(होपी घर)

होपीको घर ढुङ्गा र माटोले बनेको हुन्छ । अग्लो पनि हुन्छ । किवा (मन्दिर) पुएब्लो घरमा रहेको कोठामा उनीहरूको धार्मिक समारोह गर्ने ठाउँ मानिन्छ । किवा प्रायःदोस्रो तलोमा राखिन्छ । भुइँ तलोको केन्द्रमा आगो बाल्ने अगेनो बनाइन्छ । तलो चढ्नलाई भरयाङको प्रयोग गरिन्छ ।

होपी बच्चाहरू बाबुको कुलका नभइ आमाको कुलका सदस्य हुन्छन । बच्चा जन्मेपछि उनीहरूलाई आफैले बुनेको एउटा विशेष कम्बल र मुख्य अन्न मकै उपहार दिने गरिन्छ । मकै होपी निर्वाह र धर्मको लागि महत्वपूर्ण मानिन्छ । २०औ दिनमा बच्चालाई मेसा चट्टानमा लगेर उदाउँदो सूर्यमा अनुहार देखाइ सूर्यबाट आशिष पाउने यो परम्परा अझसम्म कायम छ ।

(होपी गाउँ)

होपीहरू सृष्टिकर्ता ईश्ररलाई ताइओवा (Taiowa) भनी पुकार्छन् । ताइओवाले (Sotuknang) लाई सृजना गरेर ब्रह्माण्ड बनाउन आदेश दिए । Sotuknang ले बनाएको पहिलो विश्वलाई टोकपेला (Tokpella) भनिन्थ्यो र त्यहाँ जमिन, पानी र हावा साथसाथै Koyangwuti (माकुरोको माउ)–ले Poqanghoya र Palongawhoya जुम्ल्याहा सन्ताहरू जन्माएकी थिइन् । Sotuknangको निर्देशनमा माकुरोको माउले सबै जीवहरू बनाइन । तर प्रायः पुरूषहरूले देवताहरूको आग्या पालन गरेनन् । त्यसैले Sotuknang ले उनीहरूलाई बाढीले मारे । दुई थप नराम्रो संसारहरू सृजना गरेर नष्ट गरे । चौथो विश्व आधुनिक संसार तुवाकाची (Tuwaqachi) हो ।

(होपी जनजाति)

मूलनिवासी अमेरिकीहरू मान्दछन कि मरेका मानिसहरू ब्रहमाण्डको अर्को ठाउँमा जान्छन जहाँ तिनीहरूको नयाँ अस्तित्व छ । अनि दैनिक जीवनका गतिविधिहरू जस्तै तिनीहरू अझै जीवित छन । तिनीहरुको केवल संसारमा मात्र फरक छ । ब्रहमाण्डमा एक सर्वशक्तिमान, एक आत्मिक शक्ति छ जुन सबै जीवनको स्रोत हो भनि विश्वास गर्छन । सूर्यलाई सर्वशक्तिमानको शक्तिको रूपमा हेरिन्छ तर उनीहरू सूर्यलाई पूजा गर्दैनन् ।

होपीहरू विश्वास गर्दछन कि मानवको कार्यले गर्दा पृथ्वीलाई सन्तुलनबाट बाहिरको बनाएको छ र यसले ग्रहको विनाशकारी महान शुद्धिकरण गर्न सक्छ जुन थोरै मात्र बाँच्नेछन । अन्तको समयको बारेमा होपी विश्वास गर्छन कि आकाशमा जुन समय निलो तारा देखा पर्नेछ पृथ्वीले ठूलो भूकम्प, सुनामी र सुपर ज्वालामुखीको सामना गर्नु पर्नेछ ।


(होपी महोत्सव)

शताब्दीदेखि होपी जनजातिहरू एक कुलको रूपमा जीवित छन र आजसम्म उनीहरू आफ्नो संस्कृति, भाषा र धर्मलाई बाहिरी विश्वको प्रभावहरूको बावजुद कायम राख्न सफल छन ।
हाल अमेरिका

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

याक्थुङ लिम्बुहरू कुनै घुमन्ते जाति नभई यहीँ भूगोलकै रैथाने आदिवासी जनजाति हुन् : उदय पुर्वेली चोङ्वाङ्क्याक

-उदय पुर्वेली चोङ्वाङ्क्याक विभिन्न लेखक, मुन्धुमविद तथा इतिहासकारहरूको मतअनुसार, वर्तमान अवस्थाको लिम्बूवान र लिम्बू...

२०७७ सालको मदन पुरस्कार ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२०’ लाई

काठमाडौ, ७ भदौ । २०७७ सालको मदन पुरस्कार पुर्व सिडिओ भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक...

मोतीजयन्तिको अवसरमा गजल चर्चासहित नयाँ साहित्य

काठमाडौ, २६ भदौ । नयाँअनलाईनको शनिबारीय परिशिस्टाङ्क नयाँसाहित्य मोतिजयन्तिको अवसर पारेर गजलविशेष ल्याइएको छ...

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार एमाले अध्यक्ष ओलीसँग भेट गर्न बालकोटमा

काठमाडौ, २४ भदौ । बिहिबार बिहान काठमाडौ आइपुगेकी अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन...

किरात लिपि, किरात सिरिजङ्गा लिपि, याक्थुङ सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि ?

उदय पूर्वेली चोङ्बाङ्क्याक गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ,...

राजनीतिलाई ‘गरीखाने भाँडो’ बनाउनेहरूले देशलाई ‘गति न मति’ बनाए

मलिसा याक्थुङ्बा लिम्बू नेपालको राजनीति गर्ने धुरन्धर क्रियाशिल अथवा होल्डटाइमरहरू अन्तमा आएर पेशाको रुपमा...

विश्लेषणात्मक लेखसहित यसपल्टको नयाँसाहित्य

धरान, १९ भदौ । वृहत् नागरिकको आन्दोलनबारे विश्लेषणात्मक लेखसहित यसपल्टको नयाँसाहित्य आएको छ ।...

नागरिक आन्दोलनको परीक्षा

बच्चु हिमांशु अघिल्लो वर्षदेखि लोकतन्त्रको रक्षाका निम्ति सामाजिक न्यायको पक्षमा बृहत् नागरिक आन्दोलनको ब्यानरमा...

याक्थुङ समुदायमा धर्मको बहस

आप्पुङ्गीहाङ याक्थुङ १. शुरूवात याक्थुङ समुदाय पृथक साँस्कृतिक पहिचान भएको आदिवासी हुन् । विशेषगरि...

अधिकारः कुम्लो बोकी ठिमीतिर

मलिसा याक्थुङ्बा लिम्बू नेपालको संविधानमा उल्लेख भएको जनताको अधिकार र केही वाँकी रहेका अधिकारहरू...