‘गाउँपालिकामा निर्वाचितहरुले आफ्नै कार्यकर्तामात्रै चेप्नु राम्रो होइन’ -गंगा कुरुम्बाङ - Naya Online

‘गाउँपालिकामा निर्वाचितहरुले आफ्नै कार्यकर्तामात्रै चेप्नु राम्रो होइन’ -गंगा कुरुम्बाङ

तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका ऐतिहासिक स्थल हो । दश लिम्बुवानले संयुक्त राज्य शुरु गर्दा सेङ्सेङ्गुम फेदापहाङले पाएको फेदाप राज्यको नामबाट यस गाउँपालिकाको नाम जुरेको छ । साविक ओयाकजुङ, जलजले, सिम्ले, इसिबु र सम्दु गाविस मिलेर बनेको फेदापमा जनता समाजवादी पार्टीका अध्यक्ष गंगा कुरुम्बाङ छन् । उनी संघीय समाजवादी पार्टीको स्थापना भएपछि जिम्मेवार कार्यकर्ताको रूपमा अगाडि बढेका हुन् । उनीसँग नयाँ अनलाइनले गरेको कुरकानी यहाँ प्रस्तुत छ ।

जनता समाजवादी पार्टीमा कसरी संगठीत हुनुभयो ?
जनमुक्ति पार्टीबारे सुन्न पुगेको तर सम्पर्क हुन नसकेपछि अनेरास्ववियूमा सक्रिय थिएँ । पछि संघीय समाजवादी पार्टीको स्थापना भयो । त्यस पार्टीमा म संगठीत भएर लागेको हुँ । यो पार्टी खस समावेशी पार्टी, नयाँ शक्ति पार्टी र राष्ट्रिय जनता पार्टीसँग एकता हुँदै आयो । गाउस्तरमा पनि समायोजन हुँदै आउँदा फेदापमा नेतृत्व सम्हाल्नुपर्ने आयो ।

गाउँपालिकाको मात्रै नेतृत्व गर्नुभएको छ कि अन्य जनवर्गीयमा पनि हुनुहन्छ ?
म पार्टीको जिल्ला समिति सदस्य पनि छु । र, पार्टीको युवा संगठनको जिल्ला इन्चार्ज पनि रहेको छु ।

पालिकामा पार्टीको स्थिति कस्तो छ ?
त्यस्तो उत्साहजनक त छैन । मध्यम नै हो । बाहिरीरूपमा चहलपहल नदेखिएता पनि वडावडासम्म पार्टी पुगेको छ । केही वडा सक्रिय छन् भने केही सामान्य छन् ।

केन्द्र, प्रदेश र जिल्लासँग गाउँको सम्पर्क कस्तो छ ?
केन्द्रसँग सिधै सम्पर्क छैन । प्रदेशसँग चाही प्रशस्त हुन्छ । पार्टी निर्माणाधिन भएकोले पनि होला । अब जिल्लामा समायोजन भइसकेको छ । तसर्थ केन्द्रीय, प्रदेश, जिल्लासँग समन्वय अवश्य हुने नै छ ।

केन्द्रसँग सम्पर्क नहुनुको कारण ?
केन्द्रीय नेताहरू कमै आउँछन् । कुराकानी, सम्पर्क नहुनु नै प्रमुख कारण हो । समायोजन नहुनु एउटा कारण थियो । तर अब समायोजन भइसकेको छ । अब त्यस्तो समस्या हुन्न भन्ने ठानेको छु ।

गाउँको अन्य पार्टीको तुलनामा जसपाको स्थिति कस्तो छ ?
नेकपा, काँग्रेसपछिको तेश्रो स्थान जसपाको स्थान आउँछ । लिम्बुवान पार्टी पनि केही छ । अहिले नेकपा पूर्ववतः स्थितिमा आएर एमाले र माओवादी बनेपनि जसपा नै तेश्रो हो भन्ने अनुमान हो ।

स्थानीय निर्वाचनमा जसपाको स्थान कस्तो थियो ?
म आफैँ पनि स्थानीय निर्वाचनमा उम्मेद्वार भएको व्यक्ति हुँ । झिनो मतले पराजित भएको हुँ । सिंगो फेदाप गाउँपालिकाको मत गन्दा हाम्रो पार्टीको स्थान तेश्रो नै थियो ।

आगामी निर्वाचनमा पार्टीको स्थिति कस्तो होला ?
अहिलेको माहौल हेर्दा राम्रो जस्तो लाग्छ । मानिसहरूले कुरा बुझिरहेका छन् । हाम्रो पार्टीको खास कुरा जनतामाझ लैजान सकिएको छैन । तर जनताले चाहेको कुरा हाम्रो पार्टीमा छ ।

फेदाप गाउँपालिकाका राजनैतिक आवाज उठाउनुपर्ने कुरा केके हुन् ?
धेरै कुरा छन् । आवाज त राजनैतिक पूर्वाग्राह नराखीकन उठाउनुपर्ने हो । तर पहिलो, दोश्रो पार्टीहरूले नै पूर्वाग्राह राख्छन् । पीडितहरूले पाउनुपर्ने सेवासुविधा पाएका छैनन् । फेदाप १ को दक्षिणीक्षेत्रको सुख्खा क्षेत्र हो । पूर्व, पश्चिम र उत्तरी क्षेत्र खेतीयोग्य तथा प्रशस्त अनाज उत्पत्ति हुने स्थल हो । अनाजहरूलाई विनिमय गरेर जिविका चलाउने कार्य प्रशस्त हुन्छन् । ति कार्य भइरहेता पनि सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाई तथा वेरोजगारी प्रमुख समस्या बनेका छन् । गाउँमा सिमान्तकृत जाति, समुदायहरू पनि छन् । उनीहरूलाई मूलप्रवाहमा ल्याउन सकिएको छैन ।

गाउँपालिकाले केकस्ता कामहरू गरिरहेका छन् ?
गाउँपालिकाकाले आश्वासनहरू राम्ररी देखाएका छन् । तर कामहरू अधुरा छोड्ने गरिरहेको छ । जस्तै फेदाप १ मा ११ साइजको फुटबल ग्राउण्ड अलपत्र छ । चिचिलिङ पोखरी सुकाइएको छ । डीपबोरिङको अवस्था लथालिङ्ग छ । खोलाबाट ट्रयाक्टरबाट पानी बोकेर खानु परिरहेको छ । पालिकाले पारदर्शी ढङ्गले काम गरिरहेको देखिन्न । पालिकामा विजेता बनेका पार्टीका कार्यकर्तालाई बढि च्याप्ने, राहत प्रदान गर्ने गरेको छ ।

पालिका अध्यक्षले त विजेता बनिसकेपछि सबै पार्टीको नेता तथा अभिभावक हुँ भनेका छन् नि ?
पालिका अध्यक्षसँग चाहीँ सकरात्मक विचार पाउँछु । उहाँ सन्तुलित हुनुहुन्छ । तर उहाँका सल्लाहकार खराब छन् भन्ने लाग्छ । त्यो खराब बिचारले उहाँको राजनीतिक भविष्य पनि अन्यौल पार्ने देखेको छु ।

गाउँपालिकाको रूपमा ५ वटा गाविसलाई मिलाएर पहिलोपटक सिंगो पालिका बनाइएको छ, यसलाई जनताले कसरी लिएको छ ?
सम्दु, ओयाकजुङ गाउँबाट पालिकाकाको सदरमुकाम टाढा भयो, धाउन गाह्रो भयो भन्ने गुनासो छ । तर तमोरदेखि पोक्लाबाङ आइपुग्न पनि उत्तिकै समय र दुरी छ । तसर्थ जसोतसो ठीकै छ, हिजो गाविसमा गर्नुपर्ने काम वडामा भइरहेको छ भन्ने तरिकाले बुझ्न थालेका छन् भन्ने लाग्छ ।

बसपार्क र हेलिप्याड बनाउने निहुँमा लिम्बूहरूको पुरानो चिहान भत्काइयो थियो, यो गाउँपालिकाको गल्ति हो कि उपभोक्ता समिति ?
यस काममा उपभोक्ता समिति र पालिका दुवैले जिम्मा लिन मानेनन् । बसपार्कको लागि प्रेम निङ्लुक र नन्द निङ्लेकुले जग्गा दिएका हुन् । उक्त जग्गा छेउमा सामुदायिक वन पनि थियो । बसपार्क खन्दै गर्दा छेउको डाँडामा हेलीप्याड बनाउँदा हुन्छ भनेर डोजर लगाइएको रहेछ । तर खन्दा मानव कंकाल निस्कियो । लिम्बूहरूको पितृवास (समाधिस्थल)लाई त्यसरी डोजर लगाइँदा विश्वभरबाटै विरोध आयो र कार्य बन्द भएको छ । गाउँपालिकाले थाहा नभएको र उपभोक्ता समितिले योजनावद्ध नगरेको भनेपछि यो मुद्दा त्यतिकै भयो ।

हालै लिम्बूहरूको १८ थरहरूले संयुक्तरूपमा माङ्गेना यक भेला गरे, यस्ले गाउँपालिकामा कस्तो असर पार्यो ?
यो ऐतिहासिक सम्मेलन थियो । पोक्लाबाङ यक मान्ने सबै थरहरूलाई समेट्ने कार्य गर्यो र इतिहास खोतल्ने कार्य गर्यो । म स्वयं पनि यससम्बन्धमा अनविज्ञ थिएछु । यसले मलाई बुझाउने काम गर्यो । म मात्र नभएर १८ थरीलाई पनि बुझाउने काम गर्यो । यो सम्मेलनसँगै पोक्लाबाङस्थीत थाम्रुङ (थामालुङ, मानिस झरेको विश्वास लिएको)को शिरमा भगवति मन्दिर बनाइएको छ । मन्दिर बनाइयो, ठीकै छ । तर मन्दिरको पछाडि थाम्रुङ शिर रहेको, जसलाई फोहोर गर्नु हुन्न, टेक्नु हुन्न विश्वास गरिएको थियो, त्यहाँ अपवित्र बनाउने, फोहोर गर्ने कार्य भइरहेको छ । यसको लागि सम्बन्धित निकाय र ऐतिहासिक भेलाले बनाएको नयाँ समितिले रोक्ने, बारबेर गर्ने कार्य गरोस् भन्ने माग गर्दछु ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘हालिमुहाली चै गरिनँ, पार्टीले दिएको जिम्मेवारी पुरा गरेँ’ -अइन्द्रसुन्दर नेम्बाङ

अइन्द्रसुन्दर नेम्बाङ नेपाल कम्युष्टि पार्टी एमालेका केन्द्रीय सदस्य हुन् । विद्यार्थी राजनीतिबाट अगाडि आएका...

‘आत्मसन्तुष्टी, विद्रोह, कसैप्रति समर्पित र मुद्दाको लागि लेख्ने गर्छु ।’ –सुष्मा रानाहँमा

२०५० सालमा खोटाङको साविकको लामाखु हालको रुपाकोट मझुवागढी नगरपालिकामा जन्मेकी सुष्मा रानाहँमा कविता लेखनमा...

गीत–संगीतले नछुने मन सायदै होलान् -शम्भु बाछना राई

२०४६ साल साविक हसनपुर– २, उखुबारी (हाल हतुवागढी–९, भोजपुर) मा जन्मेका शम्भु बाछना राई...

‘गाउँपालिकामा निर्वाचितहरुले आफ्नै कार्यकर्तामात्रै चेप्नु राम्रो होइन’ -गंगा कुरुम्बाङ

तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका ऐतिहासिक स्थल हो । दश लिम्बुवानले संयुक्त राज्य शुरु गर्दा...

‘भाषा, साहित्य, कला संगीत कुनै जाति विशेषले नै निर्माण गर्छन्’ –रामकर राई

केन्द्रीय अध्यक्ष किरात राई साँस्कृतिक कलाकार संघ विगतका वर्षहरूमा किराँत राई साँस्कृतिक कलाकार संघले...

“दौड प्रतियोगितालाई स्थानीय र स्थानीय निकायले सकारात्मक रूपले हेरेको छ” -बिपुल मगर

गत मंसिर ५ गते मोरङको केराबारी गाऊँपालिका वडा नं. १ मा इतिहाँसमै प्रथमपल्ट “पहिलो...

‘नेपालमा मातृभाषी साहित्यको खानी छ’ -डीएन ‘उपहार’ मगर

२०३२ सालमा धनकुटाको चौविसेमा जन्मेका मातृभाषी कवि तथा गजलकार डीएन ‘उपहार’ मगर हाल कतारमा...

‘पर्यटनको विकासमा साहित्यले महत्वपूर्ण भुमिका खेल्न सक्छ’

कोभिड–१९ ले विश्वलाई आक्रान्त पारेपछि अन्य मुलुकमा जस्तै नेपाल सरकारले पनि लकडाउन जारी गर्यो...

‘राज्य सञ्चालनको प्रमुख नीति नै राजनीति भएकोले टाढा रहन सकिदैन’ -नरबहादुर पुन

काठेखोला ४ तङ्गम बाग्लुङमा बुबा च्वाङ्सिन पुन र आमा दुर्गी पुनबाट जन्म लिएका नरबहादुर...

‘गीत भनेको मानिसको मनभित्रको बह पोख्ने माध्यम हो’ -मुना बान्तावा राई

बुवा तेजबहादुर राई र आमा चन्द्रकुमारी राईको कोखबाट २०४४ सालमा सुनसरी बराहक्षेत्र नगरपालिका वडा...