लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ नेपालको पूर्वी जिल्लाहरुमा प्रदर्शन हुने - Naya Online

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ नेपालको पूर्वी जिल्लाहरुमा प्रदर्शन हुने

काठमाडौं, ९ फागुन । लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ नेपालको पूर्वी जिल्लाहरुमा प्रदर्शन हुने भएको छ । चैत्रदेखि प्रदर्शन हुने चलचित्रका निर्माता तथा संगीतकार मनि ताम्लिङले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।

सिक्किम युनिभर्सिटीको ग्रेजुएसन लेभलमा अध्यापन भइरहेको उपन्यास ‘थेत्लङ’ देउमान लिम्बू होन्दोकुले लेखेका हुन् । उक्त उपन्यासलाई वरिष्ठ चलचित्र निर्देशक तथा लेखक सागर केरुङले पटकथा, संवाद र किशोर सुब्बाले निर्देशन थरेका हुन् । चलचित्र सिक्किमको रमणीय स्थलमा छायांकन गरिएको छ ।

सिक्किम र काठमाडौंमा सफल प्रदर्शन भइसकेको चलचित्रले विभिन्न स्थानमा प्रदर्शन हुने तयारी हुँदाहुँदै विश्वव्यापी कोरोना महामारीका कारण स्थगित भएको थियो । प्रदर्शन पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङका विभिन्न सहरमा प्रदर्शन हुने भएको हो । चलचित्र लिम्बू भाषामा भएपनि आधुनिक कथामा रहेको छ ।

सिक्किमका विभिन्न स्थानमा छायांकन गरिएकोे चलचित्रमा विशाल सेनेहाङ, दिव्या सुब्बा, संगीता सम्बाहाम्फे, शर्मिला यक्सो, मुनाहाङ लिम्बू, शान्ति सुब्बालगायतले अभिनय गरेका छन् । सिक्किममा बसोबास गर्ने लिम्बू जातिको जीवनशैलीमा आधारित कथा रहेको चलचित्रमा नृत्य निर्देशन दिनेश माङ्मु, संगीत कुल्बा सुब्बा, राजु आङ्देम्बे, मनि ताम्लिङ र पविन आङ्देम्बे, निर्देशन किशोर सुब्बाको रहेको छ ।

 

 

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘देवकोटाले गाईलाई काउली खाना दिन्थे’ –रिमाल

काठमाडौं, ७ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाकी छोरी अम्बिकादेवी देवकोटा रिमालले आफ्ना पिताको स्मरण...

कम्युनिष्ट पार्टी शब्दजाल बुन्नमा सिपालु हुन्छ -भीम राई, केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी

भीम राई जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुन् । उनले माध्यमिक तह अध्ययनरत...

भोजपुरलाई उँचो बनाउँदै ‘राष्ट्रिय कविता महोत्सव’ मा कविता राई बनिन् प्रथम

सदा कविता लेखनमा समर्पित हुनेछु: कविता राई । सुनसरी, १० असार । नेपाल प्रज्ञा...

छातेढुङ्गाको स्वरुप परिवर्तन

तेह्रथुम, २० वैशाख । तेह्रथुमको छातेढुङ्गाको स्वरुप परिवर्तन भएको छ । १०८ वर्षअगाडि विशाल...

जसपालाई जातिवादी पार्टीको बिल्ला भिराउने नै जातीय पार्टी हुन् -मनकला लिम्बू

पोक्लाबाङ तेह्रथुम, ११ वैशाख । नेपालको लागि राजनीतिक मुद्दा जनता समाजवादी पार्टीले मात्र बोकेको...

अशोक मुकारुङको गीत “ठमेल बजारमा’’ अब युट्युबमा, भिडियोसहित

काठमाडौं, १२ फागुन । पाँचथर साबिक मिक्लाजुङ् गाउँपालिका– १ मा जन्मिएका गायक हुन् अशोक...

सर्वोच्चको फैसलाले डा. भट्टराईको रोगै हराएको अनुभव !

काठमाडौं, ११ फागुन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ नेपालको पूर्वी जिल्लाहरुमा प्रदर्शन हुने

काठमाडौं, ९ फागुन । लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ नेपालको पूर्वी जिल्लाहरुमा प्रदर्शन हुने भएको...

एकरूपैयाको बलगमले दिनभर मेला धान्थेँ –जीवन केदेम

मेरो बाल्यकाल र धाननाच बुझाई मेरो जन्म ताप्लेजुङ जिल्लाको सान्थाक्रा गाउँमा भएको हो ।...

हङकङ नेप्लिज गोल्डेन हर्टद्वारा स्नेहा आश्रमलाई आर्थिक सहयोग

काठमाडौं, १९ पुस । हङकङमा उर्जाशिल दिदीबहिनीहरूको एउटा समूह छ एचके नेप्लिज् गोल्डेन हर्ट...