एकै पाःलामले चर्चित बनेकी गायिका निरन्ता नेम्बाङ - Naya Online

एकै पाःलामले चर्चित बनेकी गायिका निरन्ता नेम्बाङ

हालै युट्युवमा ‘थोक्फेला साम्लो…’ बोलको पाःलाम सार्वजनिक भयो । सामान्य स्टुडियोमा मात्र बनाइएको उक्त पाःलामको भिडियो १ महिनामै १ लाख ६० हजार नाघ्न सफल भयो ।

भिडियोको निम्ति लाखौं खर्च गर्ने, महँगो कलाकार प्रयोग गरेर चर्चित बनाइन्छ । तर यो भिडियो त्यसरी गरिएको छैन । कम खर्चमा पनि यतिको चर्चित हुनमा पाःलामको स्वर तथा शब्द नै हो भन्ने आंकलन गरिएको छ ।

पाःलामको गायिका हुन् –निरन्ता नेम्बाङ । निरन्तालाई चर्चित पाःलाम गायक सुमन लिम्बूले साथ दिएका छन् ।

निरन्ताले सानैदेखि गायनमा रुचि राखेकी थिइन् । तर कसरी गाउने भन्ने कुराचाहीँ हेक्का थिएन । त्यसैले गायनभन्दा गीत बज्यो कि नाच्ने गर्न थालिन् । यसरी नाच्दै जाँदा कहिले गाउँघरको सांस्कृतिक कार्यक्रममा, कहिले विवाहतिर नाच्ने गर्दथिइन् ।

निरन्ताले फाक्तेप जनकल्याण कोल्बुङ, फाक्तेप १, पाँचथरबाट प्रारम्भिक शिक्षा लिएकी थिइन् । त्यसै स्कुलबाट एसएलसी गरेपछि रविबाट उच्च माविको शिक्षा पूरा गरेकी हुन् ।

काठमाडौं छिरेपछि उनमा गायनमोह फेरि उर्लेर आयो । र, २०७६ सालमा पहिलोपटक स्टुडियो छिर्ने काम भयो । उनले राज आँशु लिम्बुको शब्द, उदिम राईको संगीतमा ‘मायाजाल…’ बोलको गीत गाउन स्टुडियो छिरेकी थिइन् ।

त्यसपछि उनले आफ्नै रचना र उदिम राईको संगीतमा ‘तिमीलाई मैले माया गरेँ…’, इक्साहाङ चेम्जोङको शब्दमा ‘बरको हाँगा…’ र दुर्गा नेम्बाङको शब्दमा ‘तिमीलाई मैले रोजे…’ गाएकी छिन् । पाःलाममा चाही अन्दङफुङपश्चात थोक्फेला, आनि याक्थुङ्बा–२ भिडियोमा आइसकेका छन् । भने एसएसपी चन्द्रकुबेर खापुङको रचनामा हर्क मादेम्बासँग एक पाःलामको तयारीमा छिन् ।

लकडाउनको समय पारेर याक्थुङ कल्चरल ग्रुपले आयोजना गरेको अनलाइन पाःलाम प्रतियोगिता भयो । उक्त पाःलाम प्रतियोगितामा नेपाल, भारत तथा अन्य देशमा रहेका लिम्बू तथा गैर लिम्बूले भाग लिएका थिए । निरन्तालाई पनि पाःलाममा भाग लिन सुझाएका थिए । तर उनमा आँट नआएको बताउँछिन् । तर पाःलाम प्रतियोगितापश्चात धमाधम पाःलाम रेकर्ड गर्न गराउन थाले । यसैक्रममा निरन्तालाई पनि पाःलाम रेकर्डको अनुरोध आयो । उनले आफ्नै शब्द तथा लय संकलनमा ‘अन्दङ फुङ’ रेकर्ड गराइन् । अन्दङफुङ पनि यो समाचार तयार पारुञ्जेलसम्म १ लाख ४६ हजारले हेरिसकेका छन् ।

पाःलाम रेकर्ड गराउनेवित्तिकै उनलाई पाःलाम गीत गाउनको लागि अनुरोध आउन थालेको छ ।

‘एकै पाःलाम गायनले व्यावसायिक बनायो ।’ उनी बताउँछिन् ।

बुबा ठाकुरप्रसाद नेम्बाङ, आमा पञ्चमाया नेम्बाङबाट जन्मिएकी निरन्ताको आमाले पनि पाःलाम गुनगुनाउने गर्थिन् रे । त्यसैगरी निरन्ताकी दिदी गीता नेम्बाङ पनि गीत गाउँछिन् ।

भविष्यमा गायनमै निरन्तरता दिएर जाने योजना बनाएकी निरन्ताले भर्खरै ताप्लेजुङको एक कार्यक्रममा प्रस्तुति दिएर आएकी छिन् भने राष्ट्रिय नाचघरमा आफ्नो पाःलाम प्रस्तुत गरिसकेकी छिन् ।

भविष्यमा गायनमा नै स्थान बनाउने योजना, तर भविष्य के हुन्छ, भन्न नसक्ने बताउँछिन् ।

विवाहित निरन्ताको श्रीमान सीताराम लिम्बू हुन् । निरन्तलाई संगीत क्षेत्रमा अगाडि बढाउन श्रीमानको ठूलो सहयोग छ । निरन्ता सीताराम दम्पतीका एक छोरा र एक छोरी छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक...

चलचित्र चे हङकङमा प्रदर्शन हुने

काठमाडौँ  – चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुनेभएको छ | १७ अगष्ठ २०२५ आइतबार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

बबिना भट्टराईको स्वर संगीत तथा शब्दमा ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक

काठमाडौः बबिना भट्टराईको स्वर, संगीत तथा शब्दमा सुमधुर एवं मार्मिक गीत ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक...

अर्जुन गुरुङको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक

काठमाडौँ । गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक भएको...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

‘कोइली बनैमा’ गीत सार्वजनिक

काठमाडौं । गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ । डम्बर...

फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि

काठमाडौं । फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि ललितपुरको यलमाया केन्द्रमा सुरु हुँदैछ...