पवित्रहाङमा कपमा दमक र माङसेबुङको विजयी सुरुवात - Naya Online

पवित्रहाङमा कपमा दमक र माङसेबुङको विजयी सुरुवात

माङसेबुङ, २९ माघ । इलामको माङसेबुङ गाउँपालिकास्थित आत्मानन्द खेलमैदानमा पवित्रहाङमा कपको ११ औं संस्करण खेलकुद प्रतियोगिता सुरु भएको छ ।

किरात धर्मगुरुआमा मुहिगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेनको ६५ औं जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगिता बिहिबारदेखि सुरु भएको हो ।

उद्घाटन खेलमा रोयल स्पोर्टिङ क्लब दमक र एपीएससी माङसेबुङले विजयी सुरुवात गरेको छ । दमकले चुलाचुली गाउँपालिका खेलकुद समितिलाई ३–१ गोलले पराजित गर्दै दमकले विजयी यात्रा सुरु गरेको हो । माङसेबुङले पञ्चकन्या एफ सी उदयपूरलाई ४–० गोल अन्तरले विजयी हुदै सेमीफाइनलमा प्रबेश गरेको छ ।

जितका लागि दमककी डिया साही र दिव्या मगरले गोल गरिन् । खेलको सुरुवाती समयमा चुलाचुलीले खेल प्रदर्शन गरेपनि गोल रक्षकको गल्तीले दमकले पहिलो गोल गर्नमा मौका पाए ।

खेलको २१ औं मिनेटमा नै दमककी डियाले पहिलो गोल गरिन । मध्यान्तरपछिको ८ मिनेटमा दिव्याले गोल गरी टिमलाई २ गोलको अग्रता दिलाइन् । १८ औं मिनेटमा चुलाचेलीकी एलिनाले १ गोल गरे पनि पुनः रोयलका डीयाले गोल गर्दै ३–१ अन्तरले रोयलको जित निश्चित गराएकी थिइन् ।

आजै भएको अर्को खेलमा एपी. एस. सी. माङसेबुङले पञ्चकन्या एफ सी उदयपुरलाई ४–० गोल अन्तरले जित सुनिश्चित गरेको थियो ।


माङसेबुङका लक्ष्मी ठटालले खेलको ६, ११,२७ र ४३ औं मिनेटमा गोल गरेकी हुन् । उता उदयपूरले भने खेल अवधिभर कुनै गोल गर्न सकेन । उदयपूरका खेलाडीलाई विपक्षीको पोलमा पुग्न समेत हम्मेहम्मे परेको थियो । विपक्षीको निरन्तर दवावमा परेको उदयपुरका खेलाडीहरुले रक्षात्मक समेत खेल्न सकेको थिएन ।

खेलको उत्कृष्ठ खेलाडि विजेता दमककी डिया साही घोषित भइन् । उनले नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् भने माङसेबुङकी लक्ष्मी ठटाल उत्कृष्ठ खेलाडि विजेता घोषित भइन ।

प्रतियोगिता अन्तरगत शुक्रबार दुई खेल हुनेछ । पहिलो खेल धरान फुटबल क्लब सुनसरी र खदम स्र्पोटिङ क्लब मोरङबीच प्रतिष्पर्धा हुनेछ भने दोश्रो खेल सातिसाले एफ सी मोरङ र माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरीबीच हुने आयोजक समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

फूटबलको विजेताले नगद १ लाख एक सय ६५ रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार एक सय ६५ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरले जनही तीन हजार एक सय ६५ रुपैयाँ प्राप्त गर्नेछन् ।

आत्मा पवित्र हक्चात यक्चुम माङसेबुङ इलामको आयोजनामा सुरु भएको प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी र उदयपुर गरी ८ महिला टीमले सहभागीता जनाएका छन् ।
प्रतियोगितको फाइनल आगामी २ फागुनमा हुनेछ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानद्वारा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीसँग भेट

काठमाडौँ, ७ साउन । झापाको कमल गाउँपालिका –५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको...

कलाकर्मीहरूले गरे भब्यताका साथ युरोकपको बिदाइ

काठमाडौं, ३१ असार । बक्स अफिस इन्टरनेसनल र बक्स अफिस फिल्मी क्लबको आयोजनामा बिगत...

“आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन” अभियान शुरु

काठमाडौँ, असार १९ । नेपाल खेलकुद महासंघको “आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन” अभियान...

नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित

काठमाडौँ, २० जेठ । विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज...

नेपाल सुपर लिगको उपाधि काठमाडौँ रेजर्स एफसीलाई

काठमाडौँ, १ जेठ । काठमाडौँ रेजर्स एफसीले नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर...

खेलाडीहरूलाई बधाई तथा सम्मान

बेलवारी ,चैत २८ । जनकनन्दनी खजुरी धनुषामा आयोजित तेस्रो अध्यक्ष गोल्डकप २०७७ उपाधी जितेका...

पवित्रहाङमा कपः धरान र चतरा सुनसरी सेमी फाइनलमा प्रवेश

माङसेबुङ, १ फागुन । इलामको माङसेबुङ गाउँपालिकास्थित आत्मानन्द खेलमैदानमा पवित्रहाङमा कपको ११ औं संस्करण...

पवित्रहाङमा कपमा दमक र माङसेबुङको विजयी सुरुवात

माङसेबुङ, २९ माघ । इलामको माङसेबुङ गाउँपालिकास्थित आत्मानन्द खेलमैदानमा पवित्रहाङमा कपको ११ औं संस्करण...

महिला र पुरुष दुबै फुटबल खेलाडीलाई समान तलब दिने निर्णय

काठमाडौँ, २६ मङ्सिर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल खेलाडीको तलब...

इतिहासकै पहिलो पाटीगाउँ दौड प्रतियोगिता-०७७ सम्पन्न

दौडमा सुमन लिम्बु र सिमा मगरले लेखाए इतिहास राजकुमार लिम्बु पाटीगाउँ मोरङ, ६ मंसिर...