सुकोमल स्वर र शालिन ब्यक्तित्वकी धनी सुमिता - Naya Online

सुकोमल स्वर र शालिन ब्यक्तित्वकी धनी सुमिता

मुकेश राई


‘हरेक साँझ तिम्रो यादमा जल्ने टुकी हुँ म
चुपचाप तिम्रो मन भित्र फूल्ने बुकी हुँ म’

माथि उल्लेखित गीतका गीतकार प्रतिक चाम्लिङ राईको शब्दहरूले जत्ति तानिन्छु म त्यो भन्दा बढी गायिकाको स्वरको माधुर्यताले मोहित बन्छु । हुन त गायिका सुमिता राई बहिनीसँग मेरो परिचय एउटा सांगीतिक कार्यक्रममा भएको थियो । यस्तै गीत संगीतको कुरोहरू गर्दै जाँदा बहिनीले आफुले गाएको गीतको भिडियो शेयर गर्नु भएको थियो । “आँखै नहेरी” प्रेमिल भावको उक्त गीत निकै रमाइलो अनुभूति दिने र उत्कृष्ट भिडियोले गर्दा मनोरन्जनात्मक थियो । उक्त गीत सुने पश्चात उहाँ एउटा पृथक अनि श्रुतीमधुर स्वर भएकी गायिका हुनुहुन्छ भन्ने अनुमान लाएँ । यसैले हाम्रो परिचय सिर्जनात्मक हो भन्दा फरक नपर्ला ।

गायिका सुमिता राई हाल ननिटन, युकेमा श्रीमान खरुन राई अनि दुई छोरीहरू नैना र सगुनको साथ रहदै आएकी छिन् । नेपालमा उहाँको थातथलो खोटाङ खार्ताम्छा हो भने माईतिघर बाक्सिला हो । लाहुरे पारिवारिक पृष्ठभूमि रहेको उनको पापा ब्रिटिश आर्मीको रिटायर्ड गोर्खा अफिसर हुन् भने श्रीमान पनि ब्रिटिश आर्मीकै सिपाही हुन् । घरकी माईली छोरी सुमिताको दिदी भेनाज्यु र आमापापा लगायत प्राय सम्पूर्ण परिवार युके मै छन् ।

ब्यस्त जीवन र आफ्नो देश भन्दा टाढा रहनुको पीडाबोध हुनु भनेको प्रवासीहरूको निम्ति सामान्य कुरो होला शायद । आफ्नो देशबाट जति टाढा भईन्छ उत्ति नै सम्झना गाडा हुन्छ, यस्तो समयमा पनि आफ्नो रुची र जोशका कारण विभिन्न सिर्जनात्मक कार्यलाई पनि अगाडी बढाउने सिर्जनशिल धेरै छन । तिनै साधनारत सर्जकहरू मध्ये एउटा राम्रो स्वर भएकी सर्जक अर्थात गायिका हुन सुमिता ।

स्कुले जीवनमा नाच्नमा रुचि राख्ने राम्रो नृत्याङ्गंना रहेकी सुमिताको रुचि पनि नृत्य नै भएता पनि समयको अन्तराल र घर ब्यवहारले गर्दा त्यो रुची त्यत्ति मै सिमित रहे पनि आफ्नो रुचिलाई गीत संगीतको यात्रा तर्फ अगाडी बढाईन । जसको फलस्वरूप श्रीमानसँग पल्टनघरमा आए पछि त्यहाँ हुने प्रायः हरेक कार्यक्रमहरूमा आफ्नो स्वरले रौनकता प्रदान गरिन् । धेरै चर्चामा रहेका नयाँ पुराना गीतहरूलाई श्रोता दर्शकहरूमाझ प्रस्तुत गर्दै गएपछि उनी धेरैको चहेता बनिसकेकी थिईन् । यसले उनलाई आफ्नै गीतहरू पनि रेकर्डिङ गर्नुपर्छ भन्ने कुरामा पनि अभिप्रेरित गर्दै लग्यो । आफ्नै भेनाज्यु प्रतिक चाम्लिङ गीतकार हुन भने श्रीमान खरुन राई गीत र भिडियो सम्बन्धी अध्ययन गरिसक्नु भएका एक कलाकर्मी हुन, यद्धपी कारणवस उनको कर्मथलो बेलायत बन्न पुग्यो । यिनै पारिवारिक माहौलले आफुलाई सिर्जनायात्रामा अगाडी बढाउन झनै उत्साहित गरेको बताउँछिन गायिका सुमिता राई !

निकै समय अगाडी नै केही गीतहरू रिकर्डिङ गरेकी उनको औपचारिक रूपमा गीतिएल्बम सगुन सन २०१९ मा सार्वजनिक गर्नु भएको हो । यस एल्बममा जम्मा ६ वटा गीतहरू समाविष्ट छन । जसमा गीतकारहरू निर्मला परिवेश राई, प्रतिक चाम्लिङ, कुमार विवाहित अनि मुकेश राईको शब्दका गीतहरू रहेका छन भने गीतहरूका संगीतकारहरू शिला बहादुर मोक्तान, मन थुलुङ, बिक्रम राई, पुजन लोहन अनि कुमार विवाहित रहेका । अधिकांश गीतहरूको म्युजिक भिडियो बनिसकेका छन् जुन उनको आफ्नै युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ ।

यही क्रममा उनको एल्बम सगुनमा समाविष्ट “हरेक साँझ“ बोलको गीतबाट उनले बर्ष २०२० को उत्कृष्ट आधुनिकरपप गायिकाको स्पर्श म्युजिक अवार्ड जित्न सफल भईन्, जुन उनले आफ्नो सांगीतिक यात्रामा अघि बढनको निम्ती मिलेको प्रेरणादायी उपहार ठान्छिन् । आउँदो दिनहरूमा पनि आफ्नो सांगीतिक यात्रा निरन्तर अगाडी बढाउने आकांक्षा रहेको गायिका सुमिता राईको सिर्जनशिल यात्रा शुभ र सफल रहोस् शुभकामना ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

चुम्लुङ मलेसियामा पुनः दिल केरुङ लिम्बू

मलेसिया, १५ नोभेम्बर । किरात याक्थुङ चुम्लुङ मलेसियाको सातौं अधिवेशन सम्पन्न भएको छ ।...

हिलिङ्टोन गोर्खा नेपाली कम्युनिटीको दशैं विशेष कार्यक्रम सम्पन्न

प्रिन्स याक्खा प्यासी लण्डन । हिलिङडोन गोर्खा नेपाली कम्युनिटीले दशैं विशेष कार्यक्रम भव्य रुपमा...

जसपा प्रवास विशेष प्रदेश समिति पूनर्गठन

काठमाडौं, २० भदौ । जनता समाजवादी पार्टी, नेपाल प्रवास विशेष प्रदेश समिति विश्वास दीप...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

अब भेला मात्रै होईन मेला पनि’ भन्ने स्लोगनका साथ सिसेक्पा तङनाम २०२२ मेला सम्पन्न

प्रिन्स याक्खा लण्डन । १६ जुलाई २०२२ का दिन याल्डिङ मेडिस्टोन केन्टस्थित आफ्नै जग्गा...

सगरमाथा साहित्य प्रतिष्ठानमा अजित उत्सव

युएई, ११ जुलाई । सगरमाथा साहित्य प्रतिष्ठानको सम्पन्न केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले अजित उत्सवलाई...

हिलिङ्टन गोर्खा नेपाली कम्युनिटीले मनायो समर बिबिक्यु

प्रीन्स याक्खा लण्डन, ४ जुलाई । हिलिङ्टन गोर्खा नेपाली कम्युनिटी युकेले हिलिङ्टनस्थीत कम्युनिटी हलमा...

ट्याप ट्याप सेन्ड्को प्रमुख प्रायोजनमा पोर्तुगलमा पहिलोपटक मैत्रीपुर्ण पुरुष भलिबल खेल सम्पन्न

पोर्तुगल, १५ अप्रिल । चैत दशैको पावन अवसरमा नेपाली समाज सान्तोतोनियाले गत अप्रील ९...