काठमाडौं, १९ पुस । हङकङमा उर्जाशिल दिदीबहिनीहरूको एउटा समूह छ एचके नेप्लिज् गोल्डेन हर्ट (HKNGH) ।
५८ जना माहिला दिदीबहिनीहरू आवद्ध रहेको छ यस समूहका प्रत्येक सदस्यहरुले प्रत्येक महिना ५० हङकङ डलर जम्मा गर्ने गर्दछन् । उक्त रकम भैपरि आउँदा आफ्नै ग्रुपको सदस्य लगायत नेपाल भुमिमा केही सहयोग गर्ने योजना तर्जुमा गरेका छन् । गैरनाफामुखी यो संस्था महिलाहरूले मात्रै सञ्चालन गर्ने उद्देश्य राखेका छन् । हङकङ बसोबास गरिरहेका पूर्वदेखि पश्चिमका दिदीबहिनीहरू संगठीत यस ग्रुपका केही सदस्यहरू नेपालमा पनि छन् ।
ति सदस्यहरुमा मिना खापुङ, सुजाता थापा, माया कोरोम्जे, दाल्मु शेर्पा, तमु सानु, पक्कु चाम्लिङ, नीता लिम्बू, सारदा राई, सुशीला गौचन, सुवित्रा थापा, गोमा लिम्बू पन्धाक, सुनिता लिम्बु, रीता थलङ पलुहाङ, दिव्याना श्रेष्ठ, दीक्षा पख्रिन, लिम्बू लावती सुशीला, करुणा श्रेष्ठ, टिका खापुङ, बिनिता गुरुङ, मिना लिम्बू अनु, रसाइली लिम्बु ममता, मेनका तामाङ, श्रीजना लिम्बू पन्धाक, स्मिता खापुङ, सपना कार्की, पबी याक्खा राई, दुनियाँ पुर्जा मगर, रञ्जिता खापुङ, सोभा गुरुङ, तमन्ना मगर, राधिका बलाल गलामी, धनमाया सुत्हरे मगर, मनु साम्पाङ राई, न्दिरा गुरुङ, मुना पुन, मिना लिम्बू, पद्मा लिम्बू, बुद्ध वनेम, मन्दिरा राई, अन्जु गुरुङ, चन्दा सुब्बा इजम, लक्ष्मी श्रेष्ठ, अरुणा राई, छिमी लामा राई, नन्दा लिम्बू, गंगा तामाङ, कला तुम्बाहाम्फे गौतम, सोनु चाम्लिङ राई, शान्ति लिम्बू, नितु गुरुङ, लामा भुटिकला छन् ।
उक्त समूहले जम्मा भएको रकमलाई प्रत्येक महिनाको १२ तारिकका दिन छलफल गरी सहयोगको लागि निर्णय गर्ने गर्दछ । यस समूहले फेसबुक पेजसेमत निर्माण गरेका छन् । तत्कालका मिनु खापुङ र थापा सुजताले ग्रुपको एडमिन् संयोजन भएर काम गरिरहेका छन् ।
तिहारमा हङकङको रेष्टुरेन्टमा परेको आगलागी परेकोमा सहयोग गरेको थियो । आगलागीकी घाइते अहिले पनि अस्पतालमा छन् ।
त्यसैगरी स्नेह आश्रमलाई यस समूहले रुपैया ३० हजार हस्तान्तरण गरेको छ । पत्रकार देवेन्द्र खापुङ र विपन उलङ्गेले कलाकार सुलेमान शंकर (इकु) र समूहद्वारा सञ्चालित हो स्नेह आश्रम ।
रकम हस्तान्तरण गर्दै पत्रकार देवेन्द्र खापुङले एचके नेप्लिल् गोल्डेन हर्टबारे जानकारी दिँदै आफू माध्यममात्र बनेको, मनकारी दाताहरुको रकम सुरक्षित तवरले पुर्याइदिएको बताए ।
स्नेह आश्रमबारे सञ्चलाक सुलेमान शंकरले भने –‘विनाशकारी भूकम्पले धेरै नेपालीहरूको ज्यान गयो । कयौं नेपाली घरबारविहीन भए । धेरै देशहरूमा रहने नेपालीहरूले भूकम्प प्रभावित क्षेत्रका मानिसहरूलाई प्राथमिकता राहत कोष पठाएर सहायता प्रदान गरे । जुन कामको दौरानमा मेरो भेट समाजसेवी सम्झना घिमिरेसँग भेट भयो र हामीले “स्नेह आश्रम” स्थापना गर्यौ ।
स्नेह आश्रमसँग १४ जना बच्चा छन् । र, २ बच्चा गाउँमा छन् । एक फ्ल्याट भाडामा लिई आश्रम चलाइएकोले धेरै बच्चाहरू नआट्ने भएको आश्रमले जनाएको छ । १४ जनामा १३ जना स्कुल जान्छन् भने १ बच्चा सानो उमेर भएकोले स्कुल पठाइएको छैन ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।