अफगानिस्तानमा आत्मघाती कार बम विष्फोटमा २६ जना सुरक्षाकर्मीको मृत्यु - Naya Online

अफगानिस्तानमा आत्मघाती कार बम विष्फोटमा २६ जना सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तानको घाज्नी प्रान्तमा आज भएको आत्मघाती कार बम विष्फोटमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ।

आत्मघातीले सैनिक शिविरमा गरेको यस घटनालाई निकै घातक मानिएको छ। पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यस्तो आक्रमण भएको थियो। घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातले २६ जनाको मृत्यु भएको र १७ जना गम्भीर घाइते अवस्थाका सैनिकलाई अस्पतालमा ल्याइएको पुष्टि गर्नुभएको छ।यस्तै उहाँले मृतक एवं घाइतेहरु सबै सैनिक रहेको जानकारी दिनुभएको छ।

घाज्नी प्रान्तीय परिषदका एक सदस्य नासिर अहमद फकिरीले पनि आक्रमणबाट ठुलो क्षति भएको बताउनुभएको छ। अफगान गृह मन्त्रालयका प्रवक्ता तारीक अरियनले घाज्नीमा एक व्यक्तिले विस्फोटक पदार्थले भरिएको गाडी सैनिक शिविरभित्र विस्फोट गराएको जानकारी दिनुभयो। तालिबानी विद्रोही समूहले आक्रमण गरेको आशंका गरिएपनि अहिलेसम्म कसैले पनि यो आक्रमणको जिम्मा लिएको छैन।

एजेन्सी

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

किरात लिपि, किरात सिरिजङ्गा लिपि, याक्थुङ सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि ?

उदय पूर्वेली चोङ्बाङ्क्याक गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ,...

न्यूयोर्कको बाढीमा परेका नेपाली परिवार घरबेटीलाई गुहार माग्दामाग्दै डुबे

काठमाडौ, १८ भदौ । अमेरिकाको न्यूयोर्कमा आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी...

१२ बर्ष पछि म्यानचेस्टर युनाइटेड फर्कदै रोनाल्डो, इङ्ल्यान्डको सार्वजनिक स्थलहरूमा उनको पोस्टर तथा भिडियोहरू डिस्प्ले

सन्देश ‘ईङ्घङ’ मकाउ, २ सेप्टेम्बर । विश्व फुटबल जगतको किर्तिमानी खेलाडी क्रिश्चियानो रोनाल्डो म्यान्चेस्टर...

अमेरिकाले गर्‍यो इस्लामिक स्टेट समूहविरुद्ध हवाई आक्रमण

काठमाडौ, १२ भदौ । अमेरिकी सेनाले अफगानिस्तानको नाङ्घहार प्रान्तमा रहेको इस्लामिक स्टेट समूहविरुद्ध हवाई...

काबुल एयरपोर्ट विष्फोटको जिम्मा आइएसआइएसकेले लियो

एजेन्सी । पेन्टागन र अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयका अनुसार बिहिवार साँझ काबुल विमानस्थलको गेटमा दुई...

मेस्सीले आँसु पुछेको टिस्यू पेपर लिलामीमा, मूल्य ११ करोड

धरान । दैनिक प्रयोगमा आउने बस्तुहरु मध्ये संसारकै सबैभन्दा सस्तो बस्तुहरुमा टिस्यु पेपर पनि...

अफगानिस्तानको सरकार ढल्नुमा बाइडेन दोषी भन्दै ट्रम्पले मागे राजिनामा

काठमाडौ । अमेरिकाका राष्ट्रपति जोन बाइडेनकाका कारण अफगानिस्तानबाट असरफ घानी नेतृत्वको सरकार परास्त भएको...

बाढी प्रभावित गाउँमा अवलोकन गर्न पुग्दा आफै फस्न पुगे गृहमन्त्री

भारत । बाढी प्रभावित गाउँमा रेस्क्यु अपरेशनको अवलोकन गर्न पुग्दा प्रदेशका गृहमन्त्री आफै फस्न...

बन्जी कर्ड नबाँधीकनै हाम्फालेपछि हृदयघात

काठमाडौँ, ९ साउन । बन्जी जम्प गर्ने क्रममा बन्जीको डोरी नबाँधीकनै हामफाल्दा उत्तरी कोलम्बियाको...

विश्वकै सबैभन्दा सानो देशका रुपमा दाबी गर्ने सील्याण्ड माइक्रो नेसन

काठमाडौं, ७ साउन । विश्वमा एउटा यस्तो देश छ जुन दुई पिल्लरमा टिकेको छ...