“दौड प्रतियोगितालाई स्थानीय र स्थानीय निकायले सकारात्मक रूपले हेरेको छ” -बिपुल मगर - Naya Online

“दौड प्रतियोगितालाई स्थानीय र स्थानीय निकायले सकारात्मक रूपले हेरेको छ” -बिपुल मगर

गत मंसिर ५ गते मोरङको केराबारी गाऊँपालिका वडा नं. १ मा इतिहाँसमै प्रथमपल्ट “पहिलो पाटीगाऊँ दौड प्रतियोगिता” बडो हर्सोल्लास र तामझामका सम्पन्न भएको छ । सो प्रतियोगिताको चौतर्फी चर्चा भयो । सिङ्गो वडामा उत्साह छायो । र, सो ऐतिहासिक प्रतियोगिताको आयोजकहरू थिए बिपुल मगर, किरण लिम्बु र डेविड लिम्बु । आयोजक मध्येका बिपुल मगर प्रतियोगिताभर व्यस्त रहे । प्राविधिकदेखि व्यवस्थापनमा उत्तिकै नै लागि परे । सो प्रतियोगिता सफलताका साथ सम्पन्न गरे पश्चात हामीले आयोजकलाई सम्पर्क गर्न खोज्यौं । र जोडिए आयोजकमध्येका उनै बिपुल मगर । प्रस्तुत छ उनैसँग प्रतियोगिताको बारेमा नयाँ अनलाइनले गरेको कुराकानीको सार अंश ।

पाटीगाऊँ दौड किन र के का लागि ?
पहिलो कुरा त दौड भन्ने बित्तिक्कै कुद्ने भन्ने बुझिन्छ । दौडनाले शारीरिक र मानसिक स्वास्थ्यमा उल्लेखनीय सुधार गर्न सक्दछ । दौड एउटा व्यायाम हो, जसले गर्दा तनाव कम गराउन सहयोग गर्न सक्छ, मुटुको स्वास्थ्य सुधार गर्न सक्छ र डिप्रेसनको लक्षणहरूलाई कम गर्न पनि सहयोग पुर्याउँछ । र पाटीगाऊँ दौड पनि यसैको उपज हो । यहाँका भाईबहिनीहरूलाई दौडको माध्यमबाट शारीरिक, मानसिक र सामाजिक रूपले स्वास्थ्य राख्नको लागि गरिएको सानो प्रयास हो ।

प्रतियोगिता कस्तो भयो ?
अपेक्षा गरेभन्दा धेरै राम्रो ।

व्यवस्थापन कठिन भएन र ?
कठिन भन्दा नि एउटा चुनौती थियो, किनभने आ नै ठाउँमा यस्तो दौड कार्यक्रम सफल गर्न सके भोलिको दिनहरूमा खेलकुदसँगै एथ्लेटिक्स कार्यक्रम पनि आयोजना गरी त्यहाँका भाईबहिनीहरूलाई सकरात्मक सन्देश दिन सकिन्छ भन्ने कुरामा केन्द्रित थियौँ । साथै, आयोजक साथीहरू, त्यहाँका बुद्धिजिवी अग्रज व्यक्तिहरू र स्थानीय निकायका प्रतिनिधिहरूसँंगै यस कार्यक्रम सफल पारिदिनको लागि महत्वपूर्ण भुमिका निर्वाह गर्नेसहयोगीहरूको साथ र सहयोगले गर्दा सहज र सफल भयो ।

यो प्रतियोगितालाई त्यहाँका स्थानीय र स्थानीय निकायले कसरी हेरेका छन् ?
फुटबल, भलिबलजस्ता प्रतियोगिताहरू त भईरहन्थे, तर दौड….. ? धेरै नै कौतुहलता र चासोको विषयको रूपमा लिईएको पाएँ । सम्भवतः इतिहासमा नै त्यस ठाउँको लागि पहिलो दौड प्रतियोगिता आयोजना भई सम्पन्न भएको हुँदा त्यहाँका स्थानीय र स्थानीय निकायले सकरात्मक रूपले हेरी आगामी दिनहरूमा पनि यस्तै प्रतियोगिता आयोजना हुनुपर्छ÷गर्नुपर्छ भन्ने संकल्प व्यक्त गर्नु भएको छ । यसर्थ प्रतियोगितालाई चासो र सकारात्मक दृष्टिकोणले हेरेको महसुुस गरेका छौँ ।

सहभागीहरू के भन्छन् ?
अनौठो प्रतियोगिता जुन आजसम्म हुन सकेको थिएन, तपाईहरूले आयोजना गरिदिनु भएर हामीभित्र रहेको आँट, साहस अनि क्षमतालाई बाहिर निकाल्ने मौका मिलेको छ । फुटबल र भलिबलजस्ता प्रतियोगिताहरूमा मात्र हामी सिमित थियौं, आज अर्कै किसिमको अनुभव मिलेको छ, खुशी छौ, सन्तुष्टि छौ । उनीहरू यसो भन्दै हामीसँग अहिले पनि मोबाइल, फेसबुकमार्फत खुशी साटासाट गरिरहेका छन् ।

यो दौड प्रतियोगिताको सन्देश के होला ?
दौड एउटा व्यायाम हो, जुन कुरा मैले माथि पनि उल्लेख गरिसकेको छु, दौडिनु सजिलो छ, रमाईलो छ र धेरै सामाजिक पनि छ । यसले शारीरिक, मानसिक र सामाजिक रूपमा पनि आपूmलाई दरिलो बनाउन मद्दत गर्दछ । साथै यो दौड प्रतियोगिता, एउटा प्रतियोगिता मात्र नभई स्वास्थ्य, मनोरञ्जन, आत्मियता, हार्दिकता, सिर्जनशिलता र पहिचान पनि हो त्यसैले हामीजस्तो यूवाहरू झोले जिन्दगी बिताएर, डुलेर/घुमेर मात्रै हैन आफ्नो गाऊँ–ठाउँ, समाज र राष्ट्रको लागि आफुले सक्ने रचनात्मक/सिर्जनात्मक कामहरू गरेर अघि बढौं भन्ने हो ।

अन्त्यमा केही भन्नु छ कि ?
यस “पहिलो पाटीगाऊँ दौड प्रतियोगिता, मिनी म्याराथन–२०७७” को आयोजक भएको हैसियतले यस प्रतियोगितालाई सफल पार्नको लागि सहयोग गर्नु हुने सम्पूर्ण प्रचार–प्रसार समिति, अतिथिगणहरू, बुद्धिजिवी अग्रजहरू, स्थानीय निकायका जनप्रतिनिधिहरू, मिडिया पार्टनरहरू, सहयोगी संस्था साथै व्यक्तिहरू, खेलाडी भाईबहिनीहरू र आगामी दिनहरूको लागि यस्तै खेल प्रतियोगिता आयोजना गर्नको लागि हौसला दिनुहुने सम्पूर्ण खेलप्रेमी शुभचिन्तकहरूलाई धन्यवाद दिन चाहन्छु । धन्यवाद ।

प्रस्तुतिः प्रकाश दिप्साली राई

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गजलमा अतिवाद गलत र हानिकारक छ -प्रकाश आङ्देम्बे

प्रकाश आङ्देम्बे । नयाँ पुस्ताहरूको ढुकढुकी । आज नेपाली साहित्यलाई धेरै युवापुस्ताहरू प्रेम गर्छन्...

जति नै लेखे पनि ‘परदेश’का विषय र मुद्दाहरु लेख्न बाँकी उती नै रहन्छ -चकेन्द्र राई

धनकुटाको पाख्रिबास नगरपालिकामा २०३४ सालमा जन्मेका आख्यानकार हुन् चकेन्द्र राई । वैदेशिक रोजगारीका निम्ति...

‘बन्दकी समयका छोक्राहरू निचोरेर सिर्जनाकर्ममा लगाउनुपर्ने वाध्यता छ’ -गणेश खड्का

गणेश खड्का नेपाली साहित्यका शसक्त हस्ताक्षर हुन् । २०३३ सालमा भोजपुरको तिवारी भञ्ज्याङमा जन्मेका...

पुस्तक वार्ता: ‘पार्सल’का कथाहरू अरपेहरूका जीवन र जिन्दगीको भोगाई हुन्’

२०३४ सालमा धनकुटाको बोधेमा जन्मिएका कथाकार हुन् जीवन देवान गाउँले । झण्डै दुई दशकदेखि...

‘गीत संगीत मानिसको अभिन्न साथी हो’ -कला राई

गायिका कला राईको नेपाली संगीतमा छुट्टै पहिचान छ । लोकआधुनिक गायनमा चर्चा कमाएकी राईले...

‘लय र भाव गजलरूपी शरीरका दुईटा आँखा हुन्’ -श्रीजन श्री

विगत दुई दशकदेखि नेपाली साहित्यमा समर्पित स्रष्टाको नाम हो ‘श्रीजन श्री’ । नेपाली गजलको...

‘साहित्य सिर्जना र लेखन भनेको पथ प्रर्दशक नै हो’ -नेत्रप्रसाद काफ्ले

नेत्रप्रसाद काफ्ले। धरान उप महानगरपालिका वार्ड नम्बर १३ का वडाअध्यक्ष हुन् । सदा आफुलाई...

कम्युनिष्ट पार्टी शब्दजाल बुन्नमा सिपालु हुन्छ -भीम राई, केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी

भीम राई जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुन् । उनले माध्यमिक तह अध्ययनरत...

विखण्डन भएको समाजलाई एकिकृत गर्नुपर्ने जरुरी ठानेकी छु -भवानी तिवारी

धादिङ जिल्लाको मैदीगाउँमा जन्मिएकी भवानी तिवारी गैरआवासीय नेपाली संस्था (एनआरएनए) अष्ट्रियाको महासचिव छिन् ।...

‘हालिमुहाली चै गरिनँ, पार्टीले दिएको जिम्मेवारी पुरा गरेँ’ -अइन्द्रसुन्दर नेम्बाङ

अइन्द्रसुन्दर नेम्बाङ नेपाल कम्युष्टि पार्टी एमालेका केन्द्रीय सदस्य हुन् । विद्यार्थी राजनीतिबाट अगाडि आएका...