युट्युवमा ‘अतीतको बगैंचामा एक दिन’ नामक भिजुअल स्टोरी - Naya Online

युट्युवमा ‘अतीतको बगैंचामा एक दिन’ नामक भिजुअल स्टोरी

काठमाडौं, ६ मंसिर । ‘निरन्तर बगिरहेछ खोला पुलमुनि
निरन्तर बगिरहेछु म पुलमाथि
सायद बग्नुको नाम नै जिन्दगी हो
सायद बाँच्नुको नाम नै जिन्दगी हो….’

यही कविताको पहिलो हरफसँगै शुरु हुन्छ ‘अतीतको बगैंचामा एक दिन’ नामक भिजुअल स्टोरी । २७ मिनेट ३४ सेकेन्ड लामो भिजुअल स्टोरी एक पुर्व भूटानी शरणार्थी हाल अमेरिकन नागरिक मनरथ पोख्रेलको एकदिनको सामान्य कथामा आधारित छ ।

झापा र मोरङमा अवस्थित सातवटा शरणार्थी शिविरहरु थिए । त्यहाँका सारा युवाहरुलाई शिक्षा, सृजनशिलतामा काम गर्ने क्यारितास अन्तर्गत भातृ संस्था युवा मैत्री केन्द्रमा कार्यक्रम सहायक भएर पोखरेलले लामो समयसम्म काम गरेका थिए ।

‘मेडिया नेटवर्क भूटान’ नामक व्यक्तिगत संस्थावाट पनि उनले शिविरभित्र र शिविर बाहिरका स्थानीय युवाहरु माझ सृजनशिलताका लागि एक दशक भन्दा बढी समय काम गरेका थिए । तिनै पोखरेल आठ वर्षअघि शरणार्थीहरुको तेस्रो देश पुनर्वास अन्तर्गत अमेरिका गई फेरि नेपाल घुम्न आए । त्यही मौकामा उनी आफुले विगतमा बाँचेको शरणार्थी शिविरहरु घुम्न गएका थिए । गोनाबारी, टिमाई, बेल्डागी १, मात्र खण्डहर थिए । बेल्डागी २, ३ र शनिश्चरे शिविरमा मात्र केही छाप्राहरु छन् । लाखौं आफन्तहरुसँग बाँचेको बिगत सम्झिए । हरेक ठाउँ पिच्छे साथीहरु सम्झिए । कहि भावुक भए, कहि आवेगमा आए । उनको त्यही एकदिनको यात्रा कथा नै ‘अतीतको बगैचामा एकदिन’ बन्न पुग्यो ।

प्रकाश आङदेम्बेले भिजुअल आइडिया र त्यसका लागि कविता लेखे । माथिबाट शुरु भएको बाँकी कविताको हरफ यस्तो थियो ।
शरणार्थी शिविर जहाँ मैले समस्या चिने
जहाँ मैले दुःख चिने, जहाँ मैले अभाव चिने
आफन्त चिने, पराई चिने
भन्नै पर्दा मैले आफैले आफैलाई चिने

शरणार्थी शिविर उत्साहको कुलागाँङग्री थियो
आत्मियताको सुनकोस थियो
मनको प्रेमिल गाउँ थियो
जहाँ केही थिएन तर सबथोक थियो

मेरा सपनाहरु सधै यही माटोमा रमाउँछन्
मेरो स्मृतिहरु सधै यही बाटोमा रमाउँछन्

कवितामा अनिल सुब्बाले स्वर हाले । दिलन समालका तस्वीरहरु समेटिए । जेडी तमुले क्यामरा, सम्पादन र निर्देशन गरे । यसलाई द नेसेन्स फेलाङस्स र लाइनक्रस मुभिजले प्रस्तुति दिए ।

युट्युवमा रिलिज भएको यो भिजुअल स्टोरी लिङक यहाँ छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कतार र नेपालमा एकैचोटी ट्रेण्डिङमा राजेश पायलका दुई गीत

काठमाडौं, ८ साउन । नेपाली सांगीतिक क्षेत्रका मेघास्टार राजेशपायल राई यतिखेर अन्तर्राष्ट्रियरुपमा चर्चामा छन्...

सुनिता बिसीको तीज गीत मेरो नाचो सार्वजनिक

काठमाडौँ, ८ साउन । नेपाली दिदिबहिनी महिलाहरूको महान चाड तीज नजिकिदै छ । तीज...

म्युजिक भिडियोमा डाँडाबजार सार्वजनिक

काठमाडौँ, ८ साउन । देवेन्द्र लिम्बू, डीबी लिम्बू, सुनिता सङ्यक लिम्बू र हिमाली फेवा...

सुदिता राईको स्वरमा सीमापारि सार्वजनिक

काठमाडौँ, ७ साउन । गायिका सुदिता राईको स्वरमा सीमापारि सार्वजनिक भएको छ । गीतमा...

किशोर सुब्बाको रचनामा गीत “हेल्लो अमेरिका” आउँदै

काठमाडौँ, ६ साउन । चलचित्र निर्देशक, साहित्यकार किशोर सुब्बाको रचनामा नयाँ गीत सार्वजनिकको तयारीमा...

पारुहाङ सृष्टि मारुनी भाकामा

काठमाडौँ, ५ साउन । युवा गायक तथा संगीतकार रक्षक राईले नयाँ पुर्बेली मारुनी भाका...

अमेरिकामा ‘लेक्सिनटन दोहोरी’

केन्टकी, ५ साउन । युवा निर्देशक सुमन दाहालको सक्रियतामा अमेरिकाको केन्टकी राज्यको लेक्सिनटन शहरमा...

मेलिना राईको नयाँ गीतमा नरेन लिम्बू र कुशुम गुरुङ

काठमाडौँ, ४ साउन । शिवराज गुरुङ र मेलिना राईको स्वरमा ‘कहाँ होला मेरो मायालु’...

लीला सिङ्गकको सेमेक्वा १२ वर्षपछि युट्युवमा

ललितपुर, ४ साउन । सन् २००६ मा रेकर्ड गरिएको सेमेक्वा १५ वर्षपछि युट्युवमा आएको...

आनी याक्थुङ्बाको स्टुडियो भिडियो ५ लाखले हेरे

ललितपुर, ४ साउन । सुमन लिम्बू र गंगा फियाकद्वारा गाइएको ‘आनी याक्थुङ्बा’ पाःलाम ५...