मुटुरोगसम्बन्धि हाते पुस्तक - Naya Online

मुटुरोगसम्बन्धि हाते पुस्तक

वरिष्ठ मुटुरोग विशेषज्ञ डा.युवराज लिम्बू ‘मुटुरोग, जानकारी र रोकथाम’ पुस्तकसहित आएका छन् । यस पुस्तकले मुटरोग लाग्नुको कारण, लाग्न नदिनको लागि गर्न सकिने रोकथाम र रोगको बारेमा जानकारी मिल्ने भएको छ ।

लामो समयदेखि गंगागाल हृदयरोग केन्द्रमा कार्यरत डा.लिम्बूले यसअघि मुटुरोगसम्बन्धि विभिन्न लेखरचनाहरू लेख्दै आएका थिए । जर्नलहरूमा समेत उनका लेखहरू पढ्न पाइन्छन् । केही समय गंगालाल हृदयरोग केन्द्रको प्रमुखसमेत बनेका डा.लिम्बूको पुस्तकारको रुपमा यो पहिलो हो ।

पुस्तकमा मुटुरोगसम्बन्धि जानकारी, कोरोनेरी मुटुरोग, उच्च रक्तचाप, बाथ ज्वरो र बाथ मुटुरोग, हार्ट फेइलियर, मुटुको चालमा हुने समस्या र हार्ट ब्लक, जन्मजात मुटुरोग, मुटुरोगको रोकथाम, वायु प्रदुषण र मुटुरोग, नियमित व्यायामको महत्व र मुटुरोग र स्वस्थ्य खानाबारे चर्चा गरिएको छ ।

आजभन्दा ४५००० वर्ष अगाडि चाइनामा नाडी वा धड्कनबारे जानकार हुनु नै चिकित्साशास्त्रमा पहिलो मुटुसँग सम्बन्धित रोग या उपचारको थालनी भएको भन्ने इतिहास छ । आधुनिक चिकित्साशास्त्रमा सन् १८४७ देखि रक्तचापको मापन गरिएको हो । मुटुरोगको इतिहासमा पाइएको पहिलो तथ्य पुस्तकले यसरी जानकारी दिएको छ ।

विश्वमा झण्डै आधा मानिसको मुटुरोगबाटै निधन हुने तथ्य पनि पुस्तकले देखाएको छ ।

मानिसको शरीरको केन्द्रभागमा रहेर मानिसको जीवनभर फैलँदै खुम्चँदै काम गरिरहने अङ्ग मुटुको स्वास्थ्यक्षेत्रदेखि साहित्यदेखि सबै क्षेत्रमा चर्चा हुने गर्दछ । विम्ब बन्ने गर्दछ । चलायमान अङ्गलाई मानिस आफैंले सास्ती दिएर नै मुटुलाई पु¥याइरहेको पुस्तक अध्ययन गर्दा थाहा हुन्छ । स्वस्थ्य खाना, नियमित व्यायाम आदि नै मुटु जोगाउने पहिलो उपचार हुन् भन्ने कुरा हरेक विज्ञापनदेखि पर्चा पम्प्लेटमा पाइन्छन् । पुस्तकमा यिनै कुराको विस्तृतिकरण गर्नुका साथै जन्मजात रोगी हुने, समयसमयमा आउने महामारीले गर्ने असरलगायतका चर्चा छन् ।

यो सिङ्गो पुस्तक डा. युवराज लिम्बूको मात्रै होइन, डा. सुजिब भण्डारी, डा. उर्मिला शाक्य, डा.बिनय रौनियार, शैली थापा, पुष्पा न्यौपानेले लेख्न सघाएका छन् । यसर्थ डा.लिम्बू सम्पादकको रुपमा पनि आफ्नो कुशलता प्रस्तुत गरेका छन् ।

सरल भाषामा लेखिएको पुस्तक आमपाठकले सहज ढङ्गमा बुझ्नेछन् । त्यसैले यसलाई मुटुरोगसम्बन्धि हाते पुस्तक भन्दा फरक नपर्ला । सबैले घरघरमा एक प्रति राखेर मुटुसम्बन्धि आफैं सचेत रहन यस पुस्तकले सघाउ पु¥याउने छ । डा.लिम्बूसहित सुनिता लिम्बू र सम्युक लिम्बू प्रकाशक रहेको यस पुस्तकको मुल्य २५० रहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कृषिमा आत्मनिर्भर बन्दै मोरङको पाटीगाउँ

    चबेगुराज सानु पछिल्लो समय मोरङको केराबारी गाउँपालिका वडा नं. १, पाटिगाउँ कृषि...

युमा साम्यो (धर्म) नै किन ?

हितराम तिल्लिङ १. धर्म भनेको के हो ? धर्मको अर्थ तथा परिभाषा व्यक्ति समुदाय...

नयाँअनलाइनमा अब हरेक शनिबार नयाँ साहित्य

काठमाडौँ, १६ साउन । नयाँअनलाइनले हरेक शनिबार आउनेगरी साहित्यिक परिशिष्टाङ्कको रुपमा ‘नयाँ साहित्य’ स्तम्भ...

कम्युनिष्ट पार्टी शब्दजाल बुन्नमा सिपालु हुन्छ -भीम राई, केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी

भीम राई जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुन् । उनले माध्यमिक तह अध्ययनरत...

रवीन्द्र मिश्रको संघीयता र धर्मनिरपेक्षता खारेज गर्ने प्रस्ताव वर्गशत्रु चिन्ने अवसर

मौसम आङ्देम्बे विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गरौं, धर्मनिरपेक्षताबारे जनमत संग्रह...

महामारीबाट जोगिने परम्परागत उपाय

डोल्मा शेर्पा / सिन्धुपाल्चोक विश्वव्यापी फैलिएको कोरोना महामारीकाबेला परम्परागत उपचार पद्दतिको खोजी सूरु भएको...

जसपाको आधिकारिकता उपेन्द्र यादव नेतृत्वको समूहलाई

काठमाडौँ, ११ साउन । निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको समूहलाई जनता समाजवादी पार्टी (जसपा)...

त्रिभुवन विमानस्थललाई किन रुवाउछ मलेसियाले ?

जेडी गाउँले क्वालालम्पुर, २४ जुलाई । शनिवारको बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल एकपटक फेरि स्तब्ध...

“राजनीतिक कोरोनाभाइरसलाई पार्टीमा स्थान दिए पार्टीलाई दुषित बनाउँछ”

काठमाडौँ, ९ साउन । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य गंगा श्रेष्ठ मानवले पार्टीलाई धोका...

निर्वाचन आयोगले जसपाको कार्यकारिणी सदस्य सनाखत गर्ने

काठमाडौँ, ७ साउन । जनता समाजवादी पार्टी, नेपालको आधिकारिकताका लागि निर्वाचन आयोगको इजलासमा भएको...