मुम्बई , सेप्टेम्बर २७
भारतीय नारकोटिक्स सेन्ट्रल ब्यूरोले दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपूरको मोबाईल जफत गरेको छ । उनिहरु तीनै जनालाई ड्रग्स प्रकरणमा लामो सोधपुछपछि व्यूरोले मोबाइल जफत गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
उनीहरुका मोबाइल फरेन्सिक ल्याब परीक्षणका लागि पठाइएको र उनीहरुका मोबाइलबाट थप जानकारी आउने व्यूरोले बताएको छ ।
भारतीय सञ्चार माध्यम आजतकले सोधपुछका क्रममा दीपिका तीनपटक रोएको जनाएको छ। ‘दीपिकासँग सवाल जवाफ भइरहेका बेला दीपिका तीनपटक रोएकी थिइन्।’ आजतकले लेखेको छ। यो देखेपछि व्यूरोका अधिकारीले उनलाई इमोशनल कार्ड नखेल्न सल्लाह दिएका थिए।
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युमा लागु पदार्थको पाटोको अनुसन्धान गरिरहेको एनसिबीबाट पक्राउ गरिएकी सिंहकी प्रेमिका रिया चक्रवर्तीले बयानका क्रममा अन्य अभिनेत्रीहरूको नाम लिएपछि दीपिका लगायतका अभिनेत्री लागु औषधको प्रयोग तथा खरिद लगायतका विषयमा तानिएका हुन्।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।