काठमाडौं, ३ असोज । नेपाल र भारत दुवै देशलाई आफ्नो कर्मथलो बनाउंदै अघि बढिरहेकी सभ्यता गिरिले बलिउडमा पनि व्यस्तता बढाएकी छन् ।
शुक्रबार सार्वजनिक उनि अभिनित हिन्दी गीतको म्युजिक भिडियो ‘ओ माहिया तु मेरी जान….’ मा सभ्यताको मनमोहक अभिनय देख्न सकिन्छ । सभ्यतालाई म्युजिक भिडियोमा ईशान खान, ऋषि पञ्पल, अर्जुन नारायन, अनुज जयस्वालले साथ दिएका छन् ।
अर्बिट म्युजिकको निर्माण रहेकोे उक्त भिडियोलाई सञ्जय शर्माले कोरियोग्रफ गरेका हुन् । अन्नु शाह अनवरको शब्द, अलि घनिको संगीत, शाहिद माल्येको आवाज रहेको गीतको भिडियोबाट विगतका भिडियोहरु सफल भएझैं यसबाट पनि आफु निक्कै आशावादी रहेको मोडल गिरिले सामाजिक सञ्जालबाट बताएकी छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।