‘गीत भनेको मानिसको मनभित्रको बह पोख्ने माध्यम हो’ -मुना बान्तावा राई - Naya Online

‘गीत भनेको मानिसको मनभित्रको बह पोख्ने माध्यम हो’ -मुना बान्तावा राई

बुवा तेजबहादुर राई र आमा चन्द्रकुमारी राईको कोखबाट २०४४ सालमा सुनसरी बराहक्षेत्र नगरपालिका वडा नम्बर –३ को नडाहामा जन्मेकी मुना बान्तावा राई पछिल्लो पल्ट गीत लेखनमा सक्रिय छिन् । पुर्वको लोकप्रिय पत्रिका ब्लाष्ट टाइम्समा ‘मेरो देश’ रचना छापिएपछि लेखन प्रारम्भ भएको बताउने उनी त्यस यता लेखनमा निरन्तर छिन् । कविता, गजल र गीतहरू प्रकाशन हुने र रेकर्ड हुने क्रम पनि उत्तिकै छ ।यसभन्दा अघि पनि ‘जलेको मन….’ लगायतका गीतहरू रेकर्ड गराईसकेका उनी हाल वैदेशिक रोजगारको शिलशिलामा ओमानमा छिन् । तर नि उनको लेखनमा कुनै कमी आएको छैन । यही क्रममा उनको ‘भाग्य लेख्ने मसी…’ हालसालै रिलिज भएको छ । आजको बसाईमा उनै गीतकार मुना बान्तावा राईसँग नयाँ अनलाईनले गरेको कुराकानीको सार अंश ।

लेख्न कहिलेबाट सुरु गर्नुभयो?
लेख्न सुरु त मैले २०६१ बाटै जानी नजानी कविता विधामा कमलहरू चलाइरहन्थँे तर पनि लेखनको मर्म बुझेर चाहीं भर्खर भर्खरैदेखि निरन्तर भन्नुपर्छ ।

कलमकर्मी हुनुको नाताले आफुले कुनै कुरा लेखिसक्दाको अनुभुति कस्तो हुदोरहेछ ?
सर्वप्रथम हामी एउटा कलमकर्मी भैसकेपछी कुनैपनी कुराहरू आँखाले देखिसकेपछि त्यस कुराहरूलाई नजरअन्दाज गरेर बस्न सकिन्न रहेछ । त्यस कुराहरूलाई केलाएर केही लेखौ, केही गरौं लाग्ने रहेछ र त्यस लेख वा कुराहरूलाई कागजको पानाहरू लेखिसकेपछी मनमा एक प्रकारको सन्तुष्टि र आनन्द हुदोरहेछ । मन चङ्गा अनि जीवनमा केही प्राप्ती गरको अनुभुति हुदोरहेछ भनौं न ।
परदेशमा हुनुहुन्छ, त्यो पनि रोजगारिको शिलशिलामा लेख्ने समय कसरी व्यवस्थापन गर्नुहुन्छ ?
हजुर परदेशीलाई समय मिलाउन त गाह्रो हुन्छ नै तरपनी कहिलेकाही खाजा खाने र खाना खाने सयम मिलाएर अनि प्राय गरेर राती आराम गर्ने समयको थोरै अंशहरू चोर्दै लेख्ने समय मिलाउने गर्दछु । त्योसँगै जोड्न मन लागेको कुराचाहीं इच्छा पनि रहेछ । इच्छा भएपछि समस्याका बाबजुत पनि धेरै गर्न सकिदोरहेछ । मेरो अनुभवमा चाहीं ।

तपाईं कहिले देखि गीतमा बढी कलम चलाउन थाल्नु भा हो?
पहिले त म अरु नै विधामा कलम चलाउँथे, तर नि अहिले चाहीं करिब डेढ सालदेखी गीत सङ्गीतको क्षेत्रमा कमल चलाउन थालेकी हुँ । तर अरु विधाप्रति पनि कलम चलाउन छाडेको चाहीं छैन । भने जस्तो भयो भने चाँडै किताब पनि निकाल्ने योजना हो तर हेरौं समयले के गर्छ ?

भाग्य लेख्ने मसी… कस्तो किसिमको गीत हो?
भाग्य लेख्ने मसी… पछिल्लो समयका नयाँ पुस्ताहरूको माया पिरतीमा हुने उतारचढावका पीडाहरूलाई समेटेर तयार पारिएको गीत हो । प्रेमलाई नयाँ आयामले हेरिनु पर्छ र प्रेमलाई गलत मात्र हैन सकारात्मक ढंगले हेरिनु पर्छ साथै प्रेमलाई हामीले प्रेममा भरोषा र विश्वास गर्नु पर्छ भन्ने भन्ने किसिमको गीत हो ।

यो गीत लेख्दाको रचनागर्व भनिदिनु न?
गीत लेख्दाको रचना गर्वको बारेमा भन्नु पर्दा चाहीं प्राय मानिसहरू भन्ने गर्दछन् कि केही कुराहरू नि भाग्यमा लेखेको पाइन्छ बाँकी पाइन्न भनेर त्यही कुराले बेला बेला खुब छुने गथ्र्यो मलाई । आफैमा मनोसंवाद पनि खुव हुनछ । जीवन र समाजलाई भोग्दै जाँदा माया–प्रेम भाग्यमा मात्र होइन कि प्रेम गर्नेहरूको एक–आपसको सम्झदारी र बिश्वासमा हुन्छ भन्ने सोचले यो गीत सृजना गर्न पुगेछु ।

गीत के रैछ ?
मेरो विचारमा गीत भनेको मानिसको मनभित्रको बह पोख्ने माध्यम हो । जसलाई विभिन्न खालको जस्तैः दुख र बिछोड, मार्मिक र खुसी, मिलनका मायालु शब्दहरूबाट सिंगारिएर एउटा गीतको रूप दिइन्छ ।

गीत सङ्गीतबिनाको दुनियाँको परिकल्पना गर्न सक्नुहुन्छ ?
पक्कैपनि गीतसङ्गीत बिनाको दुनियाँ कल्पना गर्नै सकिँदैन । को होला कि ? त्यस्तो मान्छे जो गीत सङ्गीत मन नपराउने यहाँ? गीत सङ्गीतले मानिसलाई मनोरञ्जन त दिने गर्दछ नै त्यसको अलवा हरेक मानिसहरूको जीवनसँग मेल खाने कहीं न कहीं गीतसङ्गीतले छोएको हुन्छ । दुखमा होस या सुखमा होस मानिसलाई गीत सङ्गीतले जीवन जिउन प्रत्यक्ष या अप्रत्यक्ष सहयोग गरिरहेको हुन्छ । त्यसैले गीत सङ्गीतबाट मानिस टाढा भएर बस्नै सक्दिन र सक्दैन पनि ।

भावी योजना के छ?
यस्तै भन्ने त केही योजना छैन । फेरि म योजनाबद्ध तरिकाले काम पनि खास गर्दिन । तरपनी तेश्रो गीतको सामान्य काम सुरु गर्दैछु । र सिर्जनालाई निरन्तरता दिने सोच छ ।

अन्त्यमा ?
अन्त्यमा भाग्य लेख्ने मसी गीत सुनेर हेरेर उति सल्लाह, सुझाव र प्रतिकृया दिनुहोला । जसले गर्दा अरु राम्रो गीत लेखन सकुँ ।

 

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘हालिमुहाली चै गरिनँ, पार्टीले दिएको जिम्मेवारी पुरा गरेँ’ -अइन्द्रसुन्दर नेम्बाङ

अइन्द्रसुन्दर नेम्बाङ नेपाल कम्युष्टि पार्टी एमालेका केन्द्रीय सदस्य हुन् । विद्यार्थी राजनीतिबाट अगाडि आएका...

‘आत्मसन्तुष्टी, विद्रोह, कसैप्रति समर्पित र मुद्दाको लागि लेख्ने गर्छु ।’ –सुष्मा रानाहँमा

२०५० सालमा खोटाङको साविकको लामाखु हालको रुपाकोट मझुवागढी नगरपालिकामा जन्मेकी सुष्मा रानाहँमा कविता लेखनमा...

गीत–संगीतले नछुने मन सायदै होलान् -शम्भु बाछना राई

२०४६ साल साविक हसनपुर– २, उखुबारी (हाल हतुवागढी–९, भोजपुर) मा जन्मेका शम्भु बाछना राई...

‘गाउँपालिकामा निर्वाचितहरुले आफ्नै कार्यकर्तामात्रै चेप्नु राम्रो होइन’ -गंगा कुरुम्बाङ

तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका ऐतिहासिक स्थल हो । दश लिम्बुवानले संयुक्त राज्य शुरु गर्दा...

‘भाषा, साहित्य, कला संगीत कुनै जाति विशेषले नै निर्माण गर्छन्’ –रामकर राई

केन्द्रीय अध्यक्ष किरात राई साँस्कृतिक कलाकार संघ विगतका वर्षहरूमा किराँत राई साँस्कृतिक कलाकार संघले...

“दौड प्रतियोगितालाई स्थानीय र स्थानीय निकायले सकारात्मक रूपले हेरेको छ” -बिपुल मगर

गत मंसिर ५ गते मोरङको केराबारी गाऊँपालिका वडा नं. १ मा इतिहाँसमै प्रथमपल्ट “पहिलो...

‘नेपालमा मातृभाषी साहित्यको खानी छ’ -डीएन ‘उपहार’ मगर

२०३२ सालमा धनकुटाको चौविसेमा जन्मेका मातृभाषी कवि तथा गजलकार डीएन ‘उपहार’ मगर हाल कतारमा...

‘पर्यटनको विकासमा साहित्यले महत्वपूर्ण भुमिका खेल्न सक्छ’

कोभिड–१९ ले विश्वलाई आक्रान्त पारेपछि अन्य मुलुकमा जस्तै नेपाल सरकारले पनि लकडाउन जारी गर्यो...

‘राज्य सञ्चालनको प्रमुख नीति नै राजनीति भएकोले टाढा रहन सकिदैन’ -नरबहादुर पुन

काठेखोला ४ तङ्गम बाग्लुङमा बुबा च्वाङ्सिन पुन र आमा दुर्गी पुनबाट जन्म लिएका नरबहादुर...

‘गीत भनेको मानिसको मनभित्रको बह पोख्ने माध्यम हो’ -मुना बान्तावा राई

बुवा तेजबहादुर राई र आमा चन्द्रकुमारी राईको कोखबाट २०४४ सालमा सुनसरी बराहक्षेत्र नगरपालिका वडा...