म्युजिक भिडियोमा जम्दै निवा खजुम बिमला – Naya Online

म्युजिक भिडियोमा जम्दै निवा खजुम बिमला

सुन्दर चेहरा, अग्लो ज्यान र कुशल अभिनयका साथ एक नवयौवना आजकल विभिन्न म्युजिक भिडियोमा झुल्किरहेकी छिन् । सामाजिक सञ्जालमा आकर्षक नृत्यका क्लिपहरू राखेर लाखौं शेयर भएकी पनि छिन् । उनी हुन् निवा खजुम ‘बिमला’ ।

पछिल्लो समयमा म्युजिक भिडियोहरूमा छाउँदै आएकी निवाले लकडाउनकै समयमा एउटा म्युजिक भिडियोमा काम गरिन् । जुन १५ मा सार्वजनिक भएको मोहन मगर र दीपा लामाको स्वर रहेको ‘यो मुटुमा तिम्रै नाम…’ बोलको थियो । भिडियोले निवालाई सफल कलाकारको रुपमा चिनाउन सफल भएको छ ।

निवाका धेरै म्युजिक भिडियो छन् । यादन सेर्माको पाःलाम, अर्जुनकुमार मुसुहाङको ‘चौतारीमा कुर्दाकुर्दै…’, आयुषा थलङको ‘म चञ्चल छु…’, सुशान्त खजुमको ‘जिन्दगीमा हरेक प्रहर…’, एलिस राई र पवन खतिवडाको ‘पब्जी सङ…’, कुमार पौडेलको ‘लुकी लुकी…’ लगायत अन्य धेरै म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । त्यसैगरी सर्टमूभि ‘फस्ट डेट’मा पनि उनको अभिनय रहेको छ । केही ¥याम्पमा पनि हिडेको अनुभव छ उनीसँग ।

दुईदशक अघि धनकुटा जिल्लाको साविक बसन्तटार ८, हालको चौबिसे गाउँपालिकामा बुबा रामप्रसाद खजुम र आमा किम्माया खजुमबाट उनको जन्म भएको हो । दुई भाई र दुईबहिनी परिवारमा छन् । निवाको बाल्यकाल गाउँमै बितेको हो भने बसन्तटारको सोक्रोपा प्रा.वि.बाट प्रारम्भिक शिक्षा र सिंहदेवी मावि चौकी भञ्ज्याङबाट माध्यमिक स्तरको शिक्षा पूरा गरेकी हुन् ।

उनी भन्छिन् –‘म जब ९ वर्षको हुँदादेखि गाउँको क्लवमा हुने सांस्कृतिक कार्यक्रममा भाग लिन्थेँ । देउसीभैलोमा सहभागी भएँ । त्यसबेलादेखि नै मलाई कलाकारितातर्फ मोह बढेको हो । हाम्रो क्लवका नेतृत्वकर्ता पूर्णचन्द्र जबेगु र जनरानी चेम्जोङ नै मलाई डोर्‍याउने प्रेरणाका श्रोत हुन् ।’

उनको आकर्षक नृत्यको कारण वल्लो तथा पल्लो गाउँमा हुने नृत्य प्रतियोगितामार्फत धेरै पुरस्कार र प्रमाणपत्रहरू प्राप्त गरेकी छिन् ।

एसएलसीपश्चात वि.सं. २०७२ मा धरानको गरिमा डान्स सेन्टरमा नृत्यसम्बन्धि ज्ञान हासिल गरिन् । नृत्यकार अनुप थाङ्जालीले बिमलाको नृत्यमा दम भएकोले यसै क्षेत्रमा लाग्न प्रेरित गरे । त्यसको दुईवर्ष पछि उनी कलाकारितामा कर्म बनाउन काठमाडौं आएकी हुन् ।

काठमाडौं आएर निवा आस्था कलाकेन्द्र पुगिन् । आस्थाका लीला सुनुवारबाट नृत्यका विशेष शिक्षा लिएपछि उनलाई यस क्षेत्रमा आउन सजिलो भयो ।

उनलाई यसक्षेत्रमा जमिहाल्न त्यति सजिलो भने थिएन । यस क्षेत्रमा जमिरहेका साइनोमा फूपु पर्ने श्रेयसी चेम्जोङ, जनरानी चेम्जोङ र मामा साइनो पर्ने भानेन्द्र सम्बाहाम्फेको साथ छ ।

भविष्यमा चलचित्रमा आउने लक्ष्य रहेको निवा खजुमले यसका आवश्यक तयारी पनि गरिरहेकी छिन् ।

तस्वीरहरूः निवाकै फेसबुकबाट

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

ब्रबिम सेर्मा र गंगा फियाकको ‘पिन्देरो पिन्देरो’

काठमाडौं । लिम्बु भाषाको गीत ‘पिन्देरो पिन्देरो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ फिदिम, बेलवारी र धनकुटामा प्रदर्सन हुँदै

काठमाडौं । लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ फिदिम, बेल्बारी र धनकुटामा प्रदर्सन हुने भएको छ...

दीपा मेवाहाङ राईको “फूल जस्तो मुस्कान तिम्रो”

-प्रकाश दिप्साली राई नडाहा । कवि दीपा मेवाहाङ राईको “फूल जस्तो मुस्कान तिम्रो” बोलको...

पालाम प्रतियोगिताबाट उदाएका ५ प्रतिभा

पालाम याक्थुङ समुदायको लोकप्रीय लोक गीत हो जुन या?लाङ (धान नाच्दै) गाउने गरिन्छ ।...

ठूलीको ‘निङ्वासुम केदारो लुङ्वामाए’ पाःलामको छायांकन

विराटनगर, ७ मंसिर । रीता फोम्बो ठूलीको ‘निङ्वासुम केदारो लुङ्वामाए’ पाःलामको छायांकन सम्पन्न भएको...

 सुनिताको ‘तिम्रो हुने कहिले’ देशभर प्रदर्शनमा

काठमाण्डौ  ३ मंसिर । क्लासिक फ्रेमको प्रस्तुतिमा सुधन धिताल तथा श्याम खत्रीको निर्माण रहेको...

एसएसपी चन्द्रकुबेर खापुङको रचनामा नयाँ गीत सार्वजनिक

विराटनगर, २९ कात्तिक । नेपाल प्रहरीका वरिष्ठ उपरिक्षक चन्द्रकुबेर खापुङ गीतकार पनि हुन् ।...

लोवाको ‘हाम्ले टेक्ने घाम जून’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, २६ कात्तिक । कवि पुष्पहाङ लोवाको अभिनय रहेको ‘हाम्ले टेक्ने घाम जून’ बोलको...

नयाँ भेटः राम्रो गायक बन्न साधना अनिवार्य गर्नुपर्छ – भीम राई (गायक)

नेपाली संगीतको एउटा चम्किलो नाम भीम राई । भोजपुर हतुवागढी गाउँपालिकामा जन्मे, सांगीतिक संघर्ष...

राजेशपायल राई र सङ्गीता रनपहेलीका ‘सुन न म तिमीलाई माया गर्छु’ सार्वजनिक

काठमाडमौं, २३ कात्तिक । राजेशपायल राई र सङ्गीता रनपहेलीको आवाज रहेको ‘सुन न म...