राहत पाउनेहरुले अभिभावकत्वको महसुस गरेका छन् -वडाध्यक्ष रुद्र दाहाल - Naya Online

राहत पाउनेहरुले अभिभावकत्वको महसुस गरेका छन् -वडाध्यक्ष रुद्र दाहाल

यतीखेर मुलुक कोभिड ज्ञढ कोरोना भाइरसले आक्रान्त छ । मुलुकमा भयाबह स्थिति छ । लकडाउनले सर्वसाधारणको जनजीवन दिनाुदिन कष्टकर बन्दै गईरहेको छ । यो परिस्थितिमा स्थानीय सरकार आफ्नो जनतालाई सकेसम्म दैनिक जीवनमा सहज बनाउन केही राहत बाँड्दै आइरहेको छ । आज हामी वराहक्षेत्र नगरपालिका वार्ड.नं.–३ का वडाध्यक्ष रुद्र दाहालसँग यी नै राहत के कसरी वितरण भैरहेको छ ? कोरोना भाइरसको रोकथामको अरु योजना के छ ? लगायतका समसामयिक विषयमा केन्द्रित रहेर नयाँ अनलाईनले गरेको कुराकानी आजको नयाँ अनलाईनमा प्रस्तुत गर्दैछौं ।

यो माहामारीको बेला राहत वितरण गदैै हुनुहुन्छ, यसलाई के कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

हजुर हामीले यो कोभिड १९ कोरोनाको  महामारीले जनजीवन अस्तव्यस्त भैरहेको बेलामा अति नै विपन्न परिवार, जसको बिहान बेलुका चुलोमा आगो नै नबल्ने अवस्था त्यस्ता परिवारहरुको पहिचान गरेर तत्कालको समस्या समाधान होस् भनेर हामीले चामल, दाल, नुन, तेल र साबुन सहितको राहत वितरण गरिरहेका छौं । हामीले पहिलो चरणमा स्थानीय संघसंस्था तथा व्यक्तिगत रुपमा दाताहरुले स्वैच्छिक रुपमा वडालाई गर्नुभएको सहयोग तथा वडाको श्रोतबाट राहत वितरण गर्यौं । दोश्रो चरणमा नगरपालिकाले उपलब्ध गराएको राहत वितरण गर्यौं । अब तेश्रो चरणको राहतमा प्रदेश सरकारले नगरपालिकामा उपलब्ध गराएको १० लाखबाट हामीले पाउने सहयोग , हामीमा भएको श्रोतले राहत बाँड्दैछौं । एवम रुपले कुनै पनि अति विपन्न परिवारलाई राहत वितरण गरिरहेका छौं ।

विभिन्न ठाउँमा राहत बाँड्दै गर्दा जन प्रतिनिधिले आðनो कार्यकर्तालाई मात्र छानेर बाँडिरहेको छ भन्ने आरोपहरु छ, कतै हुलदंगासम्म भै रहेको छ । यहाँको अवस्था कस्तो छ ?

त्यस्तो हैन । पहिलो कुरा त आफ्नो कार्यकर्ता भनेको को ? हामी जनप्रतिनिधि भइसके पछि आम जनता नै हाम्रो कार्यकर्ता वा हाम्रो जनता होइन र ?  यस कारण मलाई आफ्नो र अर्काको कार्यकर्ता हुन्छ भन्ने लाग्दैन । अर्को कुरा हामीले यहाँ रहेका राजनैाितक दलको प्रतिनिधित्व गराउँदै राहत वितरण संयन्त्र बनाएका छौं । जसमा रोहबरका लागि प्रहरी, पत्रकार तथा स्थानीय बुद्धिजिविलाई पनि राख्ने गरेका छौं । त्यसर्थ यसमा आðनो र अर्काको कार्यकर्ता नभई राहत वितरण सके सम्म सबैमा पुर्याउने कोशिस गरेका छौं ÷गर्ने र्छौं । हामीले त अझ त्यती मात्र हैन वडा तथा संयन्त्र भन्दा बाहिरका अन्य सचेत नागरिकले गरेको सिफारिसमा समेत सोधपुछ गरेर राहत वितरण गरिरहेका छौं । यसको मतलब हामी चाहीं सयमा सय ठिक छौं भन्ने पनि हैन कहिं कतै भुलबस पाउनै पर्नेले नपाएका होलान्, नपाउनेले पाएका होलान् यस्ता कुराहरुमा प्रष्ट भएर हामी भोकभोकै बस्नु पर्ने अवस्था भएका परिवारलाई हामी राहत पुर्याउने कसरतमा छौं । केही केही राजनीति दलका नेताहरुले वस्तु स्थिती बुझ्नु पथ्र्यो, हामीलाई नि सल्लाह लिनु पथ्र्यो भन्ने गुनासोहरु चैं आइरहेको छ । त्यो गुनासोलाई मैले उचित सल्लाहको रुपमा लिएको छु । आउने दिनमा त्यसै अनुसार पनि जाने छु ।

यो महामारी बिच पनि सामाजिक सुरक्षा भत्ता वितरण गर्दै हुनुहुन्छ, यो सम्भव कसरी भयो ?

यो कठिन घडीमा कम्तिमा यो सुरक्षा भत्ता उपलब्ध गराउन सकियो भने पनि परिस्थिती सहज हुन्छ भन्ने सोचका साथ मेयर ज्यु, बैंकका कर्मचारीहरुसँग सरसल्लाह गर्दा अप्ठेरो त हुन्छ तै पनि एकपल्ट अभ्यास गरौं न भनेर अघि बढ्यौं । आज हामी यो भत्ता टोलटोलमा पुगेर बाँडीरहेका छौं । यो बेला भत्ता लिनेहरु आफुलाई ठुलो राहत मिलेको आभाष गरिरहेका छन् । सम्भवत नेपालमा बेलबारी नगरपालिका र हामीले मात्र जोखिम मोलेर यो काम गरिरहेका छौं ।

लकडाउनबाहेक कोरोनाबाट बच्ने अरु प्रभावकारी ढंगको अरु योजनाहरु वडाले के–के बनाएको छ ?

प्रथमत: यो असाध्यै महमारीको रुपमा फैलिएको कोरोना हाम्रो मात्र नभई विश्वकै लागि नै चुनौतीको रुपमा देखिएको छ । हाम्रो जस्तो मुलुकमा त झनै यो महामारी फैलिएको खण्डमा भयानक रुप लिन सक्ने प्रष्ट छ । यसको सबै भन्दा उत्तम विकल्प हाम्रो जस्तो मुलुकमा लकडाउन नै हो । यसको अलवा हामी विदेश तथा अन्य जिल्ला वा स्थानबाट आउनेहरुबाट हामी बढी असुरक्षित हुने सम्भावना भएकाले त्यस्ता मानिसहरुको खोज तलास गरेर क्वारेन्टाइनमा लाने कामहरु गरिरहेका छौं । साथै हामीले यसबाट बच्न सचेतनाका अभियानहरु पनि सञ्चालन गरिरहेका छौं । समग्रमा हाम्रो श्रोत साधनले भ्याए र पाएसम्म कोरोना विरुद्धको अभियानका निम्ति विभिन्न योजनाहरु बनाउँदैछौं

राहत प्राप्त गर्नेहरुको अनुभुति के छ ?

हामीले राहत बाँड्दै गर्दा जस्तै आपद विपद आई पर्दा पनि हामीलाई व्यवस्थापन गर्नेहरु रहेछन् भन्दै हामी प्रति कृतज्ञता ज्ञापन गरेको पनि पाइयो । यो आपत विपदको बेला भोकै बस्नु पर्ने अवस्थाका परिवारले यो राहत पाउँदा अभिभावकत्वको महसुस गरेका छन् ।

अरु सहयोग दाताहरु आउने क्रम अहिले कस्तो छ ?

हजुर, पहिलो कुरो हामीले लौ सहयोग चाहियो भनेर आजसम्म कसैलाई भनेनौं । आजसम्म जे जति सहयोग आयो स्वत स्फुर्त आयो । मानव संवेदनासँग जोडिएका विषय भएकाले पनि यो कुराहरु दाताले बुझेर सहयोग गरेको हो भन्ने ठानेका छौं । सहयोग दाताहरु हामीले सोचेको भन्दा उल्लेख्य रुपमा पाएका पनि हौं । विभिन्न राजनीति दल, स्काई इ.स्कुल, भरौल खानेपानी, सिद्धेश्वर कृतन टोली, एकता क्लब , दिनेश राई, रविन वि.क., नारायण निरौला, पुष्प बल, गौरी श्रेष्ठ, कुल्चन मण्डल, राज कुमार त्रिखत्री, गणेश पराजुली लगायतले यो बेला हामीलाई सहयोग गरेर बिर्सीनसक्नुको गुन लागाउनु भएको छ । र नै हामीले लगभग ६ सय पचास घरलाई राहत वितरण गरिसकेका छौं । यस्ता सहयोगहरुले अन्य ठाउँहरु भन्दा राहत वितरणमा सहज भएको छ । अबको अवस्था कस्तो बन्छ ? त्यही अनुरुप अघि बढ्ने छौं । उस्तै परे अब चाहीं दाताहरुको खोजी पनि गनेछौं ।

राहत वितरणको निम्ति संयन्त्र बनाएर सकेसम्म पारदर्शी ढंगले काम गर्न लागि पर्नु भएको छ । संयन्त्रभित्रका प्रतिनिधिहरुको राय के कस्तो छ ?

हामीले वितरण गर्ने राहत वितरणमा सहज होस् । कोही, कतै नछुटोस् भन्नका लागि, पारदर्शी र कहीं कतै विवादित नहोस् भनेर सकेसम्म सबैको प्रतिनिधित्व हुने किसिमले संयन्त्र बनाका हौं । यस वडाका कर्मचारीहरु पनि उत्तिकै सक्रिय रहेका छन् । हामी संयन्त्र भित्र जो जति छौं एक आपसमा सर सल्लाह छलफल गरेर नै अघि बढेका छौं । काम गर्न पनि एकदम सहज र सजिलो भइरहेको छ । राहत वितरणमा कोही कसैको गुनासो पनि छैन । चुस्त दुरुस्त ढंगले वितरण भै रहेको छ भन्ने नै हाम्रो संयन्त्रको बुझाई छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘हालिमुहाली चै गरिनँ, पार्टीले दिएको जिम्मेवारी पुरा गरेँ’ -अइन्द्रसुन्दर नेम्बाङ

अइन्द्रसुन्दर नेम्बाङ नेपाल कम्युष्टि पार्टी एमालेका केन्द्रीय सदस्य हुन् । विद्यार्थी राजनीतिबाट अगाडि आएका...

‘आत्मसन्तुष्टी, विद्रोह, कसैप्रति समर्पित र मुद्दाको लागि लेख्ने गर्छु ।’ –सुष्मा रानाहँमा

२०५० सालमा खोटाङको साविकको लामाखु हालको रुपाकोट मझुवागढी नगरपालिकामा जन्मेकी सुष्मा रानाहँमा कविता लेखनमा...

गीत–संगीतले नछुने मन सायदै होलान् -शम्भु बाछना राई

२०४६ साल साविक हसनपुर– २, उखुबारी (हाल हतुवागढी–९, भोजपुर) मा जन्मेका शम्भु बाछना राई...

‘गाउँपालिकामा निर्वाचितहरुले आफ्नै कार्यकर्तामात्रै चेप्नु राम्रो होइन’ -गंगा कुरुम्बाङ

तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका ऐतिहासिक स्थल हो । दश लिम्बुवानले संयुक्त राज्य शुरु गर्दा...

‘भाषा, साहित्य, कला संगीत कुनै जाति विशेषले नै निर्माण गर्छन्’ –रामकर राई

केन्द्रीय अध्यक्ष किरात राई साँस्कृतिक कलाकार संघ विगतका वर्षहरूमा किराँत राई साँस्कृतिक कलाकार संघले...

“दौड प्रतियोगितालाई स्थानीय र स्थानीय निकायले सकारात्मक रूपले हेरेको छ” -बिपुल मगर

गत मंसिर ५ गते मोरङको केराबारी गाऊँपालिका वडा नं. १ मा इतिहाँसमै प्रथमपल्ट “पहिलो...

‘नेपालमा मातृभाषी साहित्यको खानी छ’ -डीएन ‘उपहार’ मगर

२०३२ सालमा धनकुटाको चौविसेमा जन्मेका मातृभाषी कवि तथा गजलकार डीएन ‘उपहार’ मगर हाल कतारमा...

‘पर्यटनको विकासमा साहित्यले महत्वपूर्ण भुमिका खेल्न सक्छ’

कोभिड–१९ ले विश्वलाई आक्रान्त पारेपछि अन्य मुलुकमा जस्तै नेपाल सरकारले पनि लकडाउन जारी गर्यो...

‘राज्य सञ्चालनको प्रमुख नीति नै राजनीति भएकोले टाढा रहन सकिदैन’ -नरबहादुर पुन

काठेखोला ४ तङ्गम बाग्लुङमा बुबा च्वाङ्सिन पुन र आमा दुर्गी पुनबाट जन्म लिएका नरबहादुर...

‘गीत भनेको मानिसको मनभित्रको बह पोख्ने माध्यम हो’ -मुना बान्तावा राई

बुवा तेजबहादुर राई र आमा चन्द्रकुमारी राईको कोखबाट २०४४ सालमा सुनसरी बराहक्षेत्र नगरपालिका वडा...