सिद्धार्थ मेमोरियल इ. स्कुलको खेलकुद उत्सव आजबाट सूरु - Naya Online

सिद्धार्थ मेमोरियल इ. स्कुलको खेलकुद उत्सव आजबाट सूरु

प्रकाश दिप्साली राई

नडाहा

   ४ वटा हाउसले झण्डै २८ वटा विधामा प्रतिष्पर्धामा गर्ने 

व्यवहारिक शिक्षासँगसँगै अतिरिक्त क्रियाकलापमा समेत अब्बल सिद्धार्थ मेमोरियल इ. स्कुल वराहाक्षेत्र –५ कालाबञ्जरको खेलकुद उत्सव आजबाट सुरु भएको छ ।

विगत वर्षहरुमा जस्तै यो वर्ष पनि विद्यार्थीहरुको खेलप्रतिको लगावलाई प्रोत्साहन गर्ने उदेश्यका आजबाट यो खेलकुद उत्सव सुरु गरिएको हो । स्कुलले यो खेलबाट अरु प्रतिभावान् खेलाडी जन्माउने लक्ष्य लिएको छ । यो स्कुलका विद्यार्थीहरु नेहा चौधरी, मुकेश चौधरीले राष्ट्रपति कपमा सहभागिता जनाउँदै गोल्ड तथा अन्य मेडल समेत जितिसकेका छन् । अतिरिक्त क्रियाकलापमा आफुलाई अब्बल गर्ने क्रममा वल्र्ड हेन्डराईटिङ कन्टेस्टमा यस विद्यालयका मनिस शाह विजेता बनिसकेका छन् ।

यो पल्टदेखि प्राय खेलहरुलाई प्यनाब्सन तथा राष्ट्रपति कपलाई केन्द्रित गरेर केही खेलहरु थपघट गरिएको छ । यो पल्टबाट ज्याब्लिङ थ्रो  र कबड्डी खेलहरु थपिएका छन् । र यो वर्षदेखि हाउस विजेताको ट्रफिलाई रनिङ ट्रफि बनाइएको छ ।अब हाउस विजेता बन्न ट्रफि आºनो बनाउन लगातार तिन पल्ट जित्नु पर्ने छ । उत्सवको पहिलो दिनको खेलमा विभिन्न मिटर तहको दौड, सटपुट, ज्याब्लिङ थ्रो, चम्चा दौड फुटबल, कबड्डीका खेलहरु भएका छन् ।

यो उत्सव अगामी शुक्रबार सम्म चल्ने सिद्धार्थ मेमोरियल इ. स्कुलका स्पोर्ट कोडिनेटर सृजल आचार्यले  जानकारी दिए । खेलकुद प्रतिको मोह देखेर आफुृ उत्साहीत भएको प्रिन्सिपल कृष्ण तामाङले बताए । उनले भने ‘राष्ट्रको पहिचान दिन सक्ने खेलाडीहरु उत्पादन गर्नु यो खेलकुद उत्सवको उदेश्य रहेको छ ।’

स्मरण रहोस् यो वर्षको प्याब्सन कप बरहाहाक्षेत्रको फुटबल तर्फको उपाधी पनि सिद्धार्थले नै चुमेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौ, २४ भदौ । नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ...

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ ५ः३० बजे

  काठमाडौ, २० भदौ । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ हुँदैछ...

नेपाल भारतको मैत्रीपूर्ण खेल बराबरीमा सकियो

काठमाडौ, १७ भदौ । नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।...

भारतले फर्कायो गोल, नेपाल भारत बराबरी

काठमाडौ, १७ भदौ । नेपाल र भारतबीच भइरहेको मैत्रीपूर्ण खेलमा भारतल ५९ औं मिनेटमा...

भारतविरुद्ध पहिलो हाफमा नेपाल १–० ले अघि

काठमाडौ, १७ भदौ । दशरथ रंगशालामा भइरहेको भारत र नेपालबिचको मैत्रिपूर्ण खेलमा पहिलो हाफ...

१२ बर्ष पछि म्यानचेस्टर युनाइटेड फर्कदै रोनाल्डो, इङ्ल्यान्डको सार्वजनिक स्थलहरूमा उनको पोस्टर तथा भिडियोहरू डिस्प्ले

सन्देश ‘ईङ्घङ’ मकाउ, २ सेप्टेम्बर । विश्व फुटबल जगतको किर्तिमानी खेलाडी क्रिश्चियानो रोनाल्डो म्यान्चेस्टर...

दशरथ रंगशालामा आज नेपाल र भारत भिड्दै

काठमाडौ, १७ भदौ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज नेपाल र भारतबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल...

मेस्सीले आँसु पुछेको टिस्यू पेपर लिलामीमा, मूल्य ११ करोड

धरान । दैनिक प्रयोगमा आउने बस्तुहरु मध्ये संसारकै सबैभन्दा सस्तो बस्तुहरुमा टिस्यु पेपर पनि...

मेस्सी: जसले फुटबल दुनियाँलाई रुवाए ….

भरौलको मनोज विष्ट यो साता विश्व फुटबल जगत गरमागरम बन्यो । विश्वभरिका खेल समर्थक...

फिप्ना कप २०२१ सम्पन्न

न्यूयोर्क, १० अगष्ट । २७ औं विश्व आदिवासी दिवस २०२१ को अवसरमा नेपाल आदिवासी...