सिक्किममा बनेको चलचित्रले पर्यटनमा सघाउ पुगेको छ –सांसद इन्द्रहाङ सुब्बा - Naya Online

सिक्किममा बनेको चलचित्रले पर्यटनमा सघाउ पुगेको छ –सांसद इन्द्रहाङ सुब्बा

गान्तोक, २१ सेप्टेम्बर । भारतीय लोकसभाका सांसद इन्द्रहाङ सुब्बाले सिक्किममा चलचित्र बनेर सिक्किमको पर्यटन संसारभर पु¥याएकोमा खुशी व्यक्त गरेका छन् । ‘चलचित्र निर्माण गरेर जातिको मात्रै नभएर सिक्किमलाई चिनाउन मद्दत पुगेको छ, यसको लागि बधाइ दिन चाहन्छु ।’ सुब्बाले भने । लिम्बू चलचित्र थेत्लङको प्रिमियर शोको अवसरमा सांसद सुब्बाले सो कुरा बताएका हुन् । थेत्लङको सिक्किमको गान्तोकस्थीत मेनन हलमा भव्य प्रदर्शन भएको हो । यसको अर्थ नेपालीमा ‘पैचो’ हुन्छ ।

सिक्किमका मुख्यमन्त्री माननीय पीएस गोलेको उपस्थितिमा प्रिमियर शोको उद्घाटन गर्ने कार्यक्रममा मुख्यमन्त्रीको अत्यन्त व्यस्तता रहेकोले आफू आउनु परेको बताउँदै मुख्यमन्त्रीको तर्फबाट माफी पनि मागेका थिए ।

कोहीसँग लडाइँ लडेर सिक्किमलाई बचाउन नसकिने कला संस्कृतिले बचाउन सकिने सांसद सुब्बाको धारणा थियो ।

यसका लागि कलाकारहरूले कतिपय स्वच्छन्द तरिकाले अगाडि गर्न त नसकेता पनि अहिले नया सरकार बनेको र त्यस सरकारले सकरात्मक पहल गर्ने पनि बताए ।

सांसद सुब्बाले सिक्किम बाहिरबाट कलाकार तथा शुभेच्छुकहरूलाई धन्यवाद दिँदै माया गरिरहन आग्रह पनि गरे ।

अतिथि तथा दर्शकहरूलाई स्वागत गर्दै चलचित्र प्रदर्शन समितिका अध्यक्ष सुशिला सुब्बाले अतिथीहरूप्रती विशेष धन्यवाद व्यक्त गरेकी थिइन् । समयको अभावले राम्रो गर्न नपाएको तर भविष्यमा अझै गर्ने सुब्बाको प्रतिवद्धता थियो ।

चलचित्रका निर्माता तथा संगीतकार मनि ताम्लिङले चलचित्रलाई वेस्ट सिक्किममा छायांकन गरिएको जानकारी दिएका थिए । सिक्किमको रमणिय स्थललाई पर्यटकिय माध्यमबाट चिनाउन मद्दत पुगेको उनको स्वीकारोक्ति थियो ।

कार्यक्रममा चलचित्रमा अभिनय गर्ने कलाकार, सञ्चारकर्मी तथा सहयोगीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । त्यसैगरी प्रमुख अतिथिलाई चलचित्र निर्माणपक्षबाट स्मृती चिनो प्रदान गरेको थियो ।

चलचित्र देउमान होन्दोक लिम्बूले लेखेको उपन्यासमा आधारित हो । जसलाई सागर केरुङ पटकथा तथा सम्वाद लेखेका थिए ।

यस चलचित्रका संगीतकार कुल्वा सुब्बा, पविन आङ्देम्बे रहेका छन् । त्यसैगरी मनु नेम्बाङ, विष्णु चेम्जोङ, सीता सिंगक, मनि ताम्लिङ, यादन सेर्मा, गंगा फियाक, एमएस लिम्बू, रामदुःखी आङ्देम्बेले स्वर दिएका छन् । देउमान लिम्बू होन्दोक, दिलसिंह मेन्याङ्बो, सागर केरुङ, यादन सेर्माको स्वर रहेका यस चलचित्रका अर्का निर्माता विराज लिम्बू हुन् ।

त्यसैगरी कलाकारहरू विशाल सेनेहाङ, दिव्या लिम्बु, सोनु ताम्लिङ, संगीत लिम्बू, शान्ति लिम्बू, मुनाहाङ लिम्बू, सुकवीर ताम्लिङ, शर्मिला यक्सो, सनमाया लिम्बू, हस्त लिवाङ, शरण साउदेन, सागर केरुङ, मणिराज लिम्बु, देउमान केरुङ आदि छन् ।

यो पनि पढ्नुहोस्

विशाल सेनेहाङ भन्छन् ‘नर्भस भइरहेको छु’

थेत्लङ चलचित्र प्रिमियर शोमा सिक्किमका मुख्यमन्त्री आउने

सेप्टेम्बर २१ मा सिक्किमस्थीत थेत्लङको प्रिमियर शो

लिम्बू चलचित्र थेत्लङको ट्रेलर सार्वजनिक

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ बन्दै

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

बाबु बोगटीको सान्नानी २ सार्वजनिक

काठमाडौँ, ८ कात्तिक । सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको नयाँ गीत...

विष्णु र ईश्वरको ‘अघि बढे भेल बाढी….’ बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, २२ भदौ । गीतकार विष्णु आचार्य ‘अतृप्त’को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत...

लिम्बू भाषाको पालाम भिडियो ‘मारोती फुङ’ सार्वजनिक

काठमाडौं, १८ भदौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो सार्वजनिक भएको छ ।...

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

काठमाडौं, १८ भदौं । श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

छोरीको जन्मदिनमा बाबु–छोरीकै पुस्तक विमोचन

काठमाडौं, १० भदौं । भाषा आयोगका सदस्य तथा वरिष्ठ कवि डा. अमर गिरी, वरिष्ठ...

लिम्बु संस्कृतिको सौन्दर्य र मौलिक स्वाद ‘सत्र थुम’

प्रकाश दिप्साली राई कोरोना कहरको मध्ये लकडाउनले अन्य क्षेत्रहरूलाई जस्तै सङ्गीतलाई पनि थिलथिलो बनाइदियो...