विशाल सेनेहाङ भन्छन् ‘नर्भस भइरहेको छु’ - Naya Online

विशाल सेनेहाङ भन्छन् ‘नर्भस भइरहेको छु’

सँधै अनामनगरको कार्यालय तथा रेष्टुरेन्टमा देखिने विशाल सेनेहाङ सिक्किममा पनि भेटिए । फुर्ती स्वभावका उनी सिक्किममा भने नर्भस नर्भस थिए । नर्भस हुनुको कारण उनीद्वारा अभिनित चलचित्र ‘थेत्लङ’को प्रिमियर शो हुन लागेको थियो ।

करिब १०० भन्दा बढि म्युजिक भिडियोमा देखिइएका कलाकार हुन् विशाल सेनेहाङ । नेपाली तथा लिम्बू गीतमा विशेष रुचाइएका छन् विशाल । त्यसो हुनुमा मंगोलियन अनुहार हुनु नै हो । त्यसो त विशालको अर्को विशेषता नृत्यमा पोख्त हुनु, फुर्तिसाथ अभिनय गर्नु पनि हो ।

शुरुमा त विशाल चलचित्रबाट नै आएका रहेछन् । ताप्लेजुङको डुम्रिसेमा जन्मिएर पाँच वर्षको उमेरमा नै मोरङको पथरीमा बसाइँ झरी आएपछि उनमा चलचित्रको प्रभाव परेको रहेछ । राजेश हमालको चलचित्र हेरेपछि चलचित्रप्रति मोह जागेको बताए । कार्यक्रमहरूमा नृत्य गर्ने, कलाकारको अभिनय सिको गर्ने, क्यारिकेचर गर्ने बानी बसेकोले गर्दा कलाकारितामा जानुपर्छ भनेर साथीहरूले सुझाएको पनि बताए ।

एसएलसीपश्चात केही चलचित्रहरूमा अभिनय पनि गरे विशालले तर ति चलचित्रहरू हलसम्म आउन पाएका छैनन् । यसै क्षेत्रमा जम्छु भन्ने मनमा थियो । त्यतिबेलासम्म म्युजिक भिडियो गर्नुपर्छ भन्ने चाहिँ लागेको थिएन रे ।

जब स्व. रोशन आङबुङसँग संगत भयो, आङ्बुङले ‘फेसबुकको हेराईले पुगेन…’ बोलको गीतमा अभिनय गराए । त्यसपछि विशालले म्युजिक भिडियोमा पछाडि फर्केर हेर्न परेन ।

उनीद्वारा अभिनित चलचित्र सेफल्याण्डिङ पहिलो प्रदर्शनमा आएको चलचित्र हो । त्यसमा सानो भूमिका छ । त्यसपछि लोकेन साँवाको ‘केःसाङ्ला’मा अभिनय गरे र प्रदर्शनमा आयो । चलचित्रमा थेत्लङमा भने उनी सोलो नायक भएर आउँदैछन् ।

थेत्लङ चलचित्र बनाउने भएपछि मुख्य कलाकार विशाललाई नै राख्नुपर्छ भन्ने छलफल भएको रहेछ । केही महिनाअगाडि देखि नै सम्पर्क पनि गर्न खोजेका रहेछन् । तर उनैलाई नै फिक्स खेलाउने भएपछि हप्तादिन अगाडि मात्र निर्माताहरूले भेटेर अनुबन्धित गराइएछ ।

पहिलोपटक सोलो भूमिका निर्वाह गर्न पाएका विशालले यस चलचित्रमा ज्यादै मेहनत गरेका छन् । ‘सबैले मेहनत गरेको कारणले नै चलचित्र राम्रो बनेको छ ।’ उनको भनाई थियो । चलचित्रका लागि निर्माता तथा संगीतकार मनि ताम्लिङ, निर्देशक किशोर सुब्बाप्रति आभारी रहेको पनि बताए ।

बुबा लक्ष्मी सेनेहाङ लिम्बू र आमा रूपा काङ्भा लिम्बूबाट तीनभाई मध्य माहिलो हुन् । चलचित्रको प्रिमियरपश्चात देशविदेशमा माग भएकोले लिएर जाने तयारी रहेको पनि बताए ।

यो पनि पढ्नुहोस्

थेत्लङ चलचित्र प्रिमियर शोमा सिक्किमका मुख्यमन्त्री आउने

सेप्टेम्बर २१ मा सिक्किमस्थीत थेत्लङको प्रिमियर शो

लिम्बू चलचित्र थेत्लङको ट्रेलर सार्वजनिक

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ बन्दै

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

धरानमा ‘बन्द बाक्सा’ प्रदर्शन हुने

-प्रकाश दिप्साली राई नडाहा, २५ चैत । कोरोना कहरले रन्थनिएको धरानको रङ्गमन्च २७ गतेबाट...

८० देशका कलाकाहरू सहभागितामा पोखरामा सांस्कृतिक महोत्सव गरिने

काठमाडौं, १६ चैत्र । द वल्र्ड कल्चर आर्टिस एसोसियसन नेपाल र सो जेएम इन्टरटेन्टमेन्टको...

जनगायक जीवन शर्मा र आविष्कार कलाको देशभक्ति गीत ‘यही माटोमा’ बजारमा

काठमाडौं, १३ चैत्र । गीतकार आविष्कार कलाले शब्दमार्फत् देशको पीर, मर्का र वर्तमान अवस्थालाई...

संगीतकार राजेन्द्र बजगाइँको “खेलौ होली…” सार्वजनिक

काठमाडौं ३० फागुन । संगीतकार राजेन्द्र बजगाईंको शब्द, संगीत, सुजता केसी, राजेन्द्र बजगाई, सबिन...

सिटी सफारी चढेर आइन् सविता याखा राई

भिज्युअल आर्टस्को युट्युव च्यानलमार्फत ‘सिटी सफारी’ गीत म्युजिक भिडियोमा सार्वजनिक भएको छ । चोःत्लुङ...

पुर्वेली लोक लयको गीत ’सिटी सफारी …’ सार्वजनिक

-प्रकाश दिप्साली धरान । पूर्वेली लोकलयमा तयार पारिएको बहुप्रतिक्षित गीत ‘सिटी सफारी…’ भिजुअल आर्टसको...

दीपा मग्रातीको ‘आकाश जूनको साथी…’ सार्वजनिक

प्रकाश दिप्साली राई/नडाहा कवि तथा स्टोन आर्टिष्ट दीपा मग्रातीको पहिलो गीत “आकाश जूनको साथी...

हेमनाथ घिमिरेको “बन्द आँखाभित्र” सार्वजननिक

विराटनगर, ६ माघ । साहित्यकार हेमनाथ घिमिरेको शब्दमा स्वर र संगीतवद्ध भएको गीत “बन्द...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...