गान्तोक, २१ सेप्टेम्बर । लिम्बू कथानक चलचित्र थेत्लङको प्रिमियर शोको लागि सिक्किमका मुख्यमन्त्री माननीय पीएस गोले उपस्थित हुने भएका छन् । आज हुने प्रिमियर शोमा निर्माता तथा संगीतकार मनि ताम्लिङले सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सो जानकारी दिएका छन् । त्यसैगरी सिक्किमको विभिन्न तहतप्कामा रहेका लिम्बू समुदायका व्यक्तित्वको उपस्थिति हुने पनि ताम्लिङले जानकारी दिए ।
चलचित्र प्रिमियरको लागि नेपालबाट चलचित्रका मुख्य कलाकार विशाल सेनेहाङ, नृत्य निर्देशक दिनेश माङ्मु, चरित्र अभिनेत्री शर्मिला यक्सो चोङबाङ आइपुगेका छन् । यक्सो बेलायतबाट चलचित्रको लागि आइपुगेकी हुन् । त्यसैगरी सञ्चारकर्मीहरुको पनि उपस्थित भइसकेको छ ।
ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्मित ‘थेत्लङ’को निर्देशन किशोर सुब्बाले गरेका हुन् । त्यस्तै उपन्यासका लेखक देउमान होन्दाक हुन् ।
भारतको सिक्किम राज्यको विश्वविद्यालयको लिम्बु भाषाको पाठ्यक्रममा रहेको उपन्यास ‘थेत्लङ’ लाई चलचित्र बनाइएको हो ।
मनि ताम्लिङ र विराज लिम्बू निर्माता रहेको चलचित्रमा कुल्वा सुब्बा, पविन आङ्देम्बे र यादन सेर्माको संगीत रहेको छ ।
चलचित्रमा विशाल सेनेहाङ, दिव्या लिम्बु, सोनु ताम्लिङ, संगीत लिम्बु, शान्ति लिम्बु, मुनाहाङ लिम्बु, सुकवीर ताम्लिङ, शर्मिला यक्सो, सनमाया लिम्बु, हस्त लिवाङ, शरण साउदेन, सागर केरुङ, मणिराज लिम्बु, देउमान केरुङको प्रमुख भूमिका रहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।