लिम्बू चलचित्र थेत्लङको ट्रेलर सार्वजनिक - Naya Online

लिम्बू चलचित्र थेत्लङको ट्रेलर सार्वजनिक

ललितपुर, २२ साउन । ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्मित चलचित्र ‘थेत्लङ’को ट्रेलर मंगलबार किरात याक्थुङ चुम्लुङको भवन ललितपुरमा सार्वजानिक भएको छ । चुम्लुङका सचिव यासेली योङका सचिव यासेली योङहाङ, चलचित्र विकास वोर्ड आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक सुर्यप्रकाश चेम्जोङ, चलचित्रका निर्देशक किशोर सुब्बा र निर्माता मनि ताम्लिङको उपस्थितिमा ट्रेलर सार्वजानिक भएको हो ।

लिम्बू भाषामा निर्मित चलचित्रको नेपाली अर्थ ‘पैचो’ हुन्छ । सिक्किमको क्याम्पसस्तरमा पढाई हुने थेत्लङ उपन्यासलाई चलचित्रमा ढालिएको हो । उपन्यासका लेखक देउमान होन्दाक लिम्बू हुन् ।

चलचित्रका संगीतकार समेत रहेका यादन शेर्माले स्वागत मन्तव्य दिँदै चलचित्र कस्तो भन्ने कुरा हेरेर मात्रै थाहा हुने बताएका थिए । आफुले राम्रो छ भन्दा विज्ञापन गरेजस्तो हुने बताए यद्यपि चलचित्रको लागि मेहनत भने प्रशस्त रहेको जानकारी दिएका ।

चलचित्रका निर्देशक किशोर सुब्बाले बैरागी काइलाले दिएको सुझाव लिम्बू भाषामा आधुनिकता ल्याउनुपर्ने लाई मनन् गर्दै चलचित्र बनाइएको बताए । सिक्किमको युनिभर्सिटीमा पढाइ हुने यस उपन्यासलाई बनाउन सकिँदैन कि भन्ने डर पनि भएको तर विकासले फड्को मारिसकेको अवस्थामा भाषा लिम्बू बोलेता पनि आधुनिकता प्रयोग गर्न सकिने सुब्बाको विचार थियो ।

सुब्बाले सिकिमका कलाकार सबै नयाँ भएता पनि सिक्किमे कलाकारहरु अत्यन्तै अनुशासित र एजुकेटेड रहेको बताए ।

चलचित्र विकास वोर्ड आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक सुर्य प्रकाश चेम्जोङले गुणस्तरीय चलचित्र ल्याउन छलफल भएको र छलफल भएको बताएका थिए ।
बहस, रिसर्च गरेर कसरी गुणस्तरीय चलचित्र बनाउन सकिन्छ भन्नेमा जानुपर्छ । ५० बर्ष अघिको कथा त्यही हिसाबले भने बुझ्दैनन् । अहिलेकै हिसाबले बुझाउनुपर्छ त्यसो गरे ३ सय बर्ष अघिको कथा पनि बुझाउन सकिने चेम्जोङको तर्क थियो । यसै वर्ष ३ वटा चलचित्र आउन लागेकोमा सबैले एकाअर्कालाई सहयोग गर्दै लैजानुपर्ने बताए ।

चलचित्रका मुख्य पात्र विशाल सेनेहाङले सिकिमको जाडोमा आपूmले लगायत सम्पूर्णले मेहनत गरेको बताए । थेत्लङ अरुभन्दा फरक फिल्म रहेको बताए । प्रेमकथामा आधारित फिल्म रहेको यसमा नौलोपन दिन सकिने या नसकिने त्यो चै फिल्म आएपछि थाहा हुने बताए ।

प्रमुख अतिथि यासेली योङहाङले थेत्लङ चलचित्र लिम्बू संकार र संस्कृतिको आखाले हेर्ने हो भने राम्रो देखिने बताए । सामुहिकतालाई अङ्गाले कुनैपनि काम फत्ते गर्न सजिलो हुने बताए । किशोर सुब्बा दुःखी निर्देशक रहेको, दौडिरहेको तर अहिलेसम्म लक्ष्यमा नपुगेको विश्लेषण गरेका थिए । ल्यापटप र कम्प्युटरमा अलमलिएको समयले आफ्नो भाषा, संस्कृति पनि अलमलियो कि भन्ने जिज्ञासा राख्दै थोरै समय दिनका लागि अनुरोध समेत गरे ।

चलचित्रका प्रस्तुतकर्ता तथा संगीतकार मनि ताम्लिङले फिल्मको नामको सन्दर्भमा उपन्यासमा लेखिएकै लेखेको बताए । आफुलाई लिम्बू फिल्म बनाउने सपना रहेको र उक्त सपना पूरा भएको बताए ।

यस चलचित्रका संगीतकार कुल्वा सुब्बा, पविन आङ्देम्बे रहेका छन् । त्यसैगरी मनु नेम्बाङ, विष्णु चेम्जोङ, सीता सिंगक, मनि ताम्लिङ, यादन सेर्मा, गंगा फियाक, एमएस लिम्बू, रामदुःखी आङ्देम्बेले स्वर दिएका छन् । देउमान लिम्बू होन्दोक, दिलसिंह मेन्याङ्बो, सागर केरुङ, यादन सेर्माको स्वर रहेका यस चलचित्रका अर्का निर्माता विराज लिम्बू हुन् ।

विशाल सेनेहाङका साथमा अन्य कलाकारहरु दिव्या लिम्बु, सोनु ताम्लिङ, संगीत लिम्बू, शान्ति लिम्बू, मुनाहाङ लिम्बू, सुकवीर ताम्लिङ, शर्मिला यक्सो, सनमाया लिम्बू, हस्त लिवाङ, शरण साउदेन, सागर केरुङ, मणिराज लिम्बु, देउमान केरुङले अभिनय गरेका छन् ।

कार्यक्रममा निर्देशक लोकेन साँवा, मौसम इम्बुङ, निमात्री इत्छिङ्सा तुम्रोक पंधाक, गायिका सीता सिंगक, याक्थुङ हाक्पारे पालाम सयङका महासचिव शैलेन्द्र थेबे, विश्व मानव उत्थान तथा मेलमिलाप संघका अध्यक्ष काजी लिम्बू, नायिका लक्ष्मी योङहाङ, गीतकार मीना सिंगक आदिको उपस्थिति थियो ।

ट्रेलर हेर्नुहोस्

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

धरानमा ‘बन्द बाक्सा’ प्रदर्शन हुने

-प्रकाश दिप्साली राई नडाहा, २५ चैत । कोरोना कहरले रन्थनिएको धरानको रङ्गमन्च २७ गतेबाट...

८० देशका कलाकाहरू सहभागितामा पोखरामा सांस्कृतिक महोत्सव गरिने

काठमाडौं, १६ चैत्र । द वल्र्ड कल्चर आर्टिस एसोसियसन नेपाल र सो जेएम इन्टरटेन्टमेन्टको...

जनगायक जीवन शर्मा र आविष्कार कलाको देशभक्ति गीत ‘यही माटोमा’ बजारमा

काठमाडौं, १३ चैत्र । गीतकार आविष्कार कलाले शब्दमार्फत् देशको पीर, मर्का र वर्तमान अवस्थालाई...

संगीतकार राजेन्द्र बजगाइँको “खेलौ होली…” सार्वजनिक

काठमाडौं ३० फागुन । संगीतकार राजेन्द्र बजगाईंको शब्द, संगीत, सुजता केसी, राजेन्द्र बजगाई, सबिन...

सिटी सफारी चढेर आइन् सविता याखा राई

भिज्युअल आर्टस्को युट्युव च्यानलमार्फत ‘सिटी सफारी’ गीत म्युजिक भिडियोमा सार्वजनिक भएको छ । चोःत्लुङ...

पुर्वेली लोक लयको गीत ’सिटी सफारी …’ सार्वजनिक

-प्रकाश दिप्साली धरान । पूर्वेली लोकलयमा तयार पारिएको बहुप्रतिक्षित गीत ‘सिटी सफारी…’ भिजुअल आर्टसको...

दीपा मग्रातीको ‘आकाश जूनको साथी…’ सार्वजनिक

प्रकाश दिप्साली राई/नडाहा कवि तथा स्टोन आर्टिष्ट दीपा मग्रातीको पहिलो गीत “आकाश जूनको साथी...

हेमनाथ घिमिरेको “बन्द आँखाभित्र” सार्वजननिक

विराटनगर, ६ माघ । साहित्यकार हेमनाथ घिमिरेको शब्दमा स्वर र संगीतवद्ध भएको गीत “बन्द...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...