
काठमाडौं, २९ फागुन । सामाखुशीस्थित प्यारडाईम पब्लिक स्कुलले आफनो १७ अभिभावक दिवस शनिबार विविध कार्यक्रम गरी सम्पन्न गरेको छ । प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण गरी प्यारडाईम स्कुलले १७ औं अभिभावक दिवस मनाएको हो ।
प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले चालिस लाख युवाहरु देशमा रोजगार नहुँदा विदेसिनु परेको बताउदैं अब शिक्षा रोजगारमुलक अवधारणा ल्याउनुपर्ने बताए स्कुलका प्रिन्सिपल रेजिन श्रेष्ठले आजका बालबच्चा धेरैं चनाखो छन् यद्दपि सामाजिक सञ्जालमा बढी समय व्यतित गर्नाले अध्ययनमा मन नलगाउने भएकोले अभिभावक चनाखोरहनुपर्ने बताए ।
सो कार्यक्रममा पासाङ् ल्हमु मेमोरियल कलेजका निर्देशक बच्चुनारायण श्रेष्ठ, अधिवक्ता नन्द राई, काठमाडौं महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराजतिवारी, प्याबसन जिल्ला काठमाडौं उपाध्यक्ष तथा कवि प्रेम राई, ईमपेरियल स्कुलका प्रिन्सिपल जयराम चापागाई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सेर बहादुर श्रेष्ठलगायतले आ आफनो मन्तव्य राखेका थिए ।
विधार्थी भाई बहिनीले नृत्य, कराँते, योगा, नाटक साथैं गीत संगीत मार्फत उपस्थित अभिभावकलाई भरपुर मनोरञ्जन दिएका थिए ।
अतिथि कलाकारमा दि भोईस अफ नेपालमाटप १२ मा पर्न सफल तेजेद्र गन्धर्व, गणेश लिम्बु, खुशी थामी, सुस्मिता राईले गीत गाएका थिए ।
त्यसैंगरी एलिपोज राईले नृत्य, हास्य कलाकार टाईफिटिङ्ग बाजेले एकछिन् भएपनि मज्जाले हसाएका थिए । कार्यक्रमको अन्तमा पुर्व विधार्थीहरुले समेत प्रस्तुति दिएका थिए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।
























