
ललितपुर, १६ माघ । नखिपोट, विशालचोकस्थित ‘वेरी जोन एक्टिङ स्टुडियो’ माघको ४ गतेदेखि १२ गतेसम्म ‘तुम्बी बाजे’ मय भएको थियो । ग्रामिण परिवेशको नाटक पस्किइएपछि वेरी जोन ‘तुम्बी बाजे’मय भएको हो ।
नाटकका पात्र ‘तुम्बि बाजे’ एकजना भरिया हुन् । जसले वर्षौँदेखि गाउँमा भारी बोक्दै आउने क्रममा समाजका अनेकौँ आरोहअवरोहहरू देखेका हुन्छन् । उनको आँखाबाट देखिने त्यो समाजको चित्र र समाजप्रति उनको सपना नै नाटकका मूल विषय हुन् ।

यथार्थपरक विषयवस्तुको उठान गरिएको यस नाटकभित्र समाज र प्रेमको समेत मिठो संयोजन पाइएको नाटकमा सामाजिक सन्देशमूलक भएकाले विद्यार्थीहरूले पनि धेरैपटक हेरेका थिए ।
सुरु भएदेखि प्रत्येक दिनजसो नै ३ वटा सो मञ्चन भएको नाटक ‘तुम्बि बाजे’ उक्त थिएटरमा मञ्चित दोश्रो नाटक हो । दिनमा तीनपटकसम्म मञ्चन गराउँदा मानसिक तथा स्वास्थ्यमा समेत समस्या आइपर्ने सम्भावनालाई विचार गरी नाटक २७ गतेदेखि पुनः ‘बुकिङ सो’ मञ्चन हुने भएको छ ।
पाँचथर जिल्लाको ग्रामिण परिवेशमा आधारित रहेर कथानक प्रस्तुत गरिएको नाटकलाई विष्णु नेम्बाङले लेखेका हुन् । ‘जलेको आत्मा’ र ‘आत्मोसर्ग’ नाटकको पुस्तक लेखिसकेका नेम्बाङको आत्मोसर्गभित्रको पहिचान नाटकलाई ‘तुम्बी बाजे’को रूपमा ल्याइएको हो ।
प्रायः नाटकघरहरु काठमाडौंकेन्द्रीत भएको बेला ललितपुरमा स्थापित वेरीजोनले नयाँ तरङ्ग ल्याएको चर्चा पनि नाटकवृतमा चल्ने गर्दछ ।
मुस्कान राईको निर्देशनमा बनेको नाटक ‘तुम्बि बाजे’मा कलाकारहरू उदय बेघा, रूपेश झा, प्रमिशा राई, निशान खत्री, सुमन राई, समिर कुँवर, अस्मिता लावती, प्रमोद रावल, पुशन राई, सैलेन्द्र थेवे, दिवस नाथ, लक्ष्मी योङहाङ, मनोज कार्की, पुस्कल राई, रोयल राया र सनम राईको अभिनय रहेको छ । नाटकमा संगीत संयोजन विकाश शर्माले गरेका छन् । प्रकाश परिकल्पना पुर्खाजीत राईको रहेको छ भने मञ्च परिकल्पना सञ्जीव राईले गरेका छन् । लेखक तथा प्राध्यापक नेचुरल्ली दिपक राईले यस नाटकको प्राज्ञिक पक्षमा सहयोग गरेका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।