एमालेको सेटिङमा माओवादी र ससफो नेपालको मत चोर्न कर्मचारी नै परिचालित ! - Naya Online

एमालेको सेटिङमा माओवादी र ससफो नेपालको मत चोर्न कर्मचारी नै परिचालित !

निर्वाचन अधिकृतलाई निस्कासन गर्नुपर्ने माग

नयाँ अनलाईन व्यूरो (लिम्बुवान)
धरानमा माओवादी केन्द्र र संघीय समाजवादी फोरम, नेपालको मत अरु पार्टीलाई थपिदिने निर्वाचन आयोगका दुई जना कर्मचारी निस्कासनमा परेका छन् ।
सोमबार दिउँसो गणना गरिसकेर प्रमाणित भएको ५० मत ती दुई कर्मचारीले माओवादीको अंकबाट कटौती गरेर एमालेको खातामा जोडेका थिए भने सोमबार राति नै उनीहरुले ससफो नेपालको ४३ मत चोरेर एमालेको खातामा जोड्दैगर्दा समातिएका हुन् । दुई–दुई पटक मत चारेको फेला परेपछि आयोगले खटाएको दुईजना गणकहरु मानबहादुर कार्की र धन बहादुर राई निष्कासनमा परेका हुन् । मत गणनामा सहभागी ससफोका गणक सागर सरगम चेमजोङले दिएको जानकारी अनुसार ती दुई कर्मचारीले पटक–पटक एमालेलाई मत थप्ने हर्कत गरेका थिए ।
मत चोर्ने कर्मचारीसहित निर्वाचन अधिकृत गणेश खतिवडालाई समेत कारबाही गर्नुपर्ने मागसहित आज बिहान ७ बजे सम्मको लागि मत गणना रोकिएको थियो । तर, मंगलबार बिहानैदेखि पटक–पटक सर्वदलीय बैठक बसे पनि अबरुद्ध मत गणना कार्य अझै सुचारु हुन सकेको छैन । विवादरहित ढंगले गणना भइसकेको मतलाई कम्प्युटरमा तथ्यांक चढाउने क्रममा ती कर्मचारीहरुले जानाजान एमालेको खातामा जोड्ने गरेको पाइएपछि बिवाद चुलिएको हो । मत गणनामा सहभागी गणक राजकुमार राईका अनुसार माओवादी र ससफोको मत एमालेलाई जोडिदिएर बढी बनाउने हर्कत कर्मचारीहरुबाट भएको बताएका छन् ।
मंगलबार बिहानैदेखि मत गणना चलिरहेको धरान सभागृहबाहिर माओवादी र ससफो नेपालले नाराबाजी गरेर विरोध गरिरहेका छन् । मत गणना स्थलमाअध्याधिक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...