नयाँअनलाईन व्यूरो (लिम्बुवान)
इलाम जिल्लाको माई नगरपालिकामा मेयर पदका उम्मेद्वार टुपेन्द्र एक्तेनले आफ्नो चुनावी प्रचारलाई व्यापकता दिनुभएको छ ।
संघीय समाजवादी फोरम नेपालका लिम्बुवान प्रदेश समिति सदस्य समेत रहनुभएका एक्तेनले विभिन्न वडाहरुमा चुनावी अभियानलाई व्यापक बनाइएको बताउनुभयो ।
माई नगरपालिकाको चुनाव प्रचारप्रसारका क्रममा सोमबार माई नगरपालिका–९ सोमबारेमा चुनावीसभा सम्पन्न गरिएको ससफो इलामले जानकारी दिएको हो । चुनावी सभामा मेयर पदका उम्मेद्वार एक्तेन, माई नगरपालिकाका ससफो अध्यक्ष दिलिप राई, वडा अध्यक्षका उम्मेदवारहरु जय नारायण राई, हरिवीर केरुङ लगायतले मत मागेका थिए ।
उक्त कार्यक्रममा ससफो राजनीतिक समिति सदस्य खगेन्द्र माखिम लगायत केन्द्रीय नेताहरु सहभागी हुनुहुन्थ्यो । माखिमका अनुसार लिम्बुवान प्रदेशभर स्थानीय तह निर्वाचनलाई प्रभावित पार्न विशेष भूमिका खेलिने बताउनुभएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।