तेह्रथुममा ७८६ जनाद्वारा मनोनयन दर्ता - Naya Online

तेह्रथुममा ७८६ जनाद्वारा मनोनयन दर्ता

तेह्रथुम, ५ असार ।

यही असार १४ गते दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि दलले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
जिल्लाको दुईवटा नगरपालिका र चार गाउँपालिकामा २२७ पदका लागि ७८६ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईका अनुसार म्याङलुङ नगरपालिकामा ५२ पदका लागि १८६ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । लालीगुराँस नगरपालिकामा ४७ पदका लागि १४९, आठराई गाउँपालिकामा ३७ पदका लागि १३१, फेदाप गाउँपालिकामा २७ पदका लागि ८८, मेन्छ्यायेम गाउँपालिकामा ३२ पदका लागि १०० र छथर गाउँपालिकामा ३२ पदका लागि १३२ जनाले मनोनयन दर्ता गराएका छन् ।
प्रमुख/अध्यक्ष पदमा म्याङलुङ नगरपालिकामा नौ, लालीगुराँस नगरपालिकामा सात, मेन्छ्यायेम गाउँपालिकामा चार, फेदाप गाउँपालिकामा पाँच, आठराई गाउँपालिकामा छ तथा छथर गाउँपालिकामा ११ जनाले मनोनयन दर्ता गराएका छन् भने उपप्रमुख÷उपाध्यक्षमा म्याङलुङ नगरपालिकामा छ, मेन्छ्यायेम नगरपालिकामा चार, फेदाप र लालीगुराँस गाउँपालिकामा चार/चार, आठराईमा पाँच तथा छथरमा छ जनाले मनोनयन दर्ता गराएका छन् ।
यस्तै, ४३ जना निर्वाचित हुने वडाध्यक्षका लागि १६९, महिला सदस्य पदका लागि १३४, दलित महिला सदस्यमा ११७ र ८६ खुला सदस्यमा २९३ जनाले मनोनयन दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
चौध वटा दल दर्ता भएकामा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा (माले), राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र मधेसी जनअधिकार फोरमले मात्र उम्मेदवारी दिएका छन् । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अन्ततःहेलिकप्टर चार्टर गरेर भागे पुर्वप्रधानमन्त्री केपी शर्मा ओलि:मध्यपहाडी यात्रा आधिमै टुँगियो

१ पुष २०८० आइतबार, पाँचथर ।  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...