अन्तर्राष्ट्रिय अभ्यासअनुसार सुरक्षा निकाय व्यवस्थापन - Naya Online

अन्तर्राष्ट्रिय अभ्यासअनुसार सुरक्षा निकाय व्यवस्थापन

काठमाडौँ, ४ असार ।

संविधानको नयाँ संरचनामा मुलुकमा स्थापना गरिने सङ्घीयतामा अन्तर्राष्ट्रिय अभ्यासअनुसार सुरक्षा निकायको व्यवस्थापन गर्नुपर्नेमा विज्ञले सुझाउनुभएको छ ।
‘डिफेन्स क्यारियर एकेडेमी नेपाल’ले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा तीनै सुरक्षा निकायका प्रमुख तथा विज्ञले सेना तथा सशस्त्र प्रहरीलाई केन्द्रको नियन्त्रणमा र प्रहरीलाई सङ्घको मातहतमा व्यवस्थापन गर्नुपर्नेमा सहभागीले जोड दिनुभयो ।
सशस्त्र प्रहरीका पूर्वप्रमुख महानिरीक्षक शैलेन्द्र श्रेष्ठले स्थानीय तहको आवश्यकताअनुसार प्रहरी जनशक्तिको व्यवस्थापन गर्नुपर्ने तथा सशस्त्र केन्द्रको मातहतमा रहनेगरी जहाँ पनि परिचालन गर्नेगरी व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्व सहायक रथी हेमकर्ण शमशेर जबराले सेना राष्ट्रिय चरित्रको सङ्गठन भएको बताउँदै सातै प्रदेशमा पृतना स्थापना गरी सेनालाई केन्द्रको समन्वयमा सुरक्षाको जिम्मेवारी दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
महानगरीय प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक छविलाल जोशीले अन्तर्राष्ट्रिय अभ्यासअनुसार सुरक्षा निकायको व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै सङ्गठनमा अब आउने नयाँ पुस्ताले जनताको मानवाधिकारलाई प्राथमिकतामा राखेर कार्य गर्नुपर्ने र विधिसम्मत नभएका निर्देशन मान्न नहुने बताउनुभयो ।
पूर्वप्रहरी उपरीक्षक गोविन्द पौडेल, विज्ञ विश्व कार्की, डा राजेन्द्र केसी लगायतले प्रदेशअनुसार भूगोल र जनसङ्ख्यालाई सन्तुलित हुनेगरी सुरक्षाकर्मीको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैबीच, सोही कार्यक्रममा प्रहरी निरीक्षक तथा प्रहरी सहायक निरीक्षकको पदमा सफल भएका उम्मेदवारलाई सम्मान गरिएको थियो । मुलुकमा पहिलोपटक सेना, सशस्त्र र जनपद प्रहरीको सेवामा जान चाहने उम्मेदवारलाई न्यूनतम मूल्य तथा केही उम्मेदवारलाई निःशुल्क तयारी कक्षा डिफेन्स क्यारियर एकेडेमीले सञ्चालन गर्दै आएको छ ।
विभिन्न सम्पदास्थल तथा वाग्मतीको सरसफाइका साथै अन्य सामाजिक कार्यमा समेत सो संस्था सक्रिय छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अन्ततःहेलिकप्टर चार्टर गरेर भागे पुर्वप्रधानमन्त्री केपी शर्मा ओलि:मध्यपहाडी यात्रा आधिमै टुँगियो

१ पुष २०८० आइतबार, पाँचथर ।  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...