गुलरिया (बर्दिया), ४ असार ।
स्थानीय तहको निर्वाचनका लागि जिल्लाको छ वटा नगरपालिका र दुईवटा गाउँपालिकामा दलहरुले मनोनयन दर्ता गराएका छन् ।
आगामी असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट गुलरिया नगरपालिकाको प्रमुखमा मुक्तिनाथ यादव र उपप्रमुखमा सुशीला गिरी, नेकपा (एमाले)ले हरी ज्ञवाली र टिका सम्सेलीमगर तथा नेकपा (माओवादी केन्द्र)को तर्फबाट गेहेन्द्र ढकाल र मिथिला फुँयालले मनोनयन दर्ता गराएका छन् ।
यस्तै बाँसगढी नगरपालिकामा नगरप्रमुख र उपप्रमुखमा क्रमशः काँग्रेसका गङ्गाधर पौडेल र रत्ना थारु, एमालेका श्याम अधिकारी र सुस्मा चौधरी तथा मोओवादी केन्द्रका बिनाराम थारु र भूमि विकले मनोनयन दर्ता गराएका छन् । बारबर्दिया नगरपालिकाको प्रमुख र उपप्रमुखमा काँगेसका पर्शुराम थारु र कोपिला गिरी, एमालेका रामबहादुर चौधरी र पुष्पा वली तथा माओवादी केन्द्रका दुर्गाबहादुर थारु र अञ्जु दहितले मनोनयन दर्ता गरेका छन् ।
यसैगरी राजापुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा क्रमशः काँग्रेसबाट दिपकजङ्ग शाह र तारा चौधरी, एमालेका पहाडी थारु र कृष्णी चौधरी तथा माओवादी केन्द्रका शिवप्रसाद थारु र कनकला चौधरीले मनोनयन दर्ता गर्नुभएको छ । ठाकुरबाबा नगरपालिकामा काँग्रेसका मक्कुप्रसाद चौधरी र तुलसा पुन, एमालेका घननारायण श्रेष्ठ र बिना भट्टराई तथा माओवादी केन्द्रका नेत्रराज आचार्य र कुष्मा थारुले मनोनयन दर्ता गरेका छन् ।
यस्तै मधुवन नगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेसका जग्गाप्रसाद पाण्डे र लिला भाट, एमालेका दुर्गाबहादुर वली र हिरा चौधरी तथा माओवादी केन्द्रका गणेश केसी र सुगरानी थारुको मनोनयन परेको छ । गेरुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः काँग्रेसको जवानसिंह केसी र हेमा थारु, एमालेको नुतनकुमार चौधरी र मञ्जु शर्मा तथा माओवादी केन्द्रको बेहगराज चौधरी र लिला थारुले मनोनयन दर्ता गराएका छन् भने बढैया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसको मानबहादुर बुढा र भगनदैया थारु, एमालेको लालबहादुर श्रेष्ठ र दीपा गौतम तथा माओवादी केन्द्रको लल्लुराम थारु र राधा आचार्यले मनोनयन दर्ता गराउनुभएको छ । रासस
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।