च्याम्पियन्स ट्रफी हात पार्दै पाकिस्तानले रच्यो नयाँ इतिहास - Naya Online

च्याम्पियन्स ट्रफी हात पार्दै पाकिस्तानले रच्यो नयाँ इतिहास

एजेन्सी ।
स्थायी प्रतिद्वन्द्वी भारतलाई फराकिलो रन अन्तरले पाखा लगाउँदै पाकिस्तानले आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि हात पारेको छ ।
आइतबार सम्पन्न आइसीसी च्याम्पियन्सको फाइनल खेलमा भारतलाई १८० रनको फराकिलो अन्तरले पाखा लगाएर पाकिस्तानले उपाधि हत्याएको हो । साथै उसले समूह चरणमा व्यहोरेको अमिलो हारको बदला लिन समेत सफल भएको हो ।
आईसीसीले आयोजना गरेको प्रतियोगितामै पहिलो पटक पाकिस्तानले भारतलाई पाखा लाउँदै उपाधि चुमेको यो पहिलो इतिहास हो ।
टस जितेर फिल्डिङ रोजेको भारतले आफ्नो फितलो बलिङ सुधार्न नसक्दा ३३८ रनको चुनौती पाएको थियो । पाकिस्तानका लागि अजहर अली र फखार जमानले पहिलो विकेटका लागि १२८ रनको साझेदारी गरेर जितको संकेत दिएका थिए । अलीले व्यक्तिगत ५९ रन बनाए भने फखारले ११४ रन बनाए ।
३३९ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको भारतले खराब सुरुवात गर्दै पहिलो ओभरमै विकेट गुमायो । अधिकांश भारतीय ब्याट्सम्यान सस्तोमै पेभिलियन फर्किए । शिखर धवन २१ रनमै आउट भए भने चौथो विकेटका रुपमा युवराज सिंह २२ रनमा आउट भए । सातौं विकेटका लागि हार्दिक पाण्डेय र रविन्द्र जडेजाले ८० रनको साझेदारी गरे पनि त्यो जितका लागि पर्याप्त भएन ।
भारतलाई मात्र ३०.३ ओभरमा अलआउट गर्ने क्रममा मोहम्मद अमिर र हसन अलीले ३÷३ विकेट लिए । सहदाव खानले २ विकेट लिए भने जुनिद खानको नाममा एक विकेट रह्यो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संचारकर्मी सन्देश सुब्बा पुरस्कृत

पाँचथर । संचारकर्मी सन्देश सुब्बा स्वर्गीय प्रजापति–जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।...

थाइल्याण्डमा पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती

काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस...

कियाचु युकेको आयोजनामा १५औं यलम्बरहाङ कप

सुरेन्द्र इङ्नाम युके । बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ्...

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ...

फाल्गुजयन्तीमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता हुने

दमक, ७ कात्तिक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल...

एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

काठमाडौं, १५ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाले...

जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पायो पूर्णता

तेह्रथुम, ११ कात्तिक । करिव २ वर्षको रिक्ततापछि जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पूर्णता...

दशैंको अवसरमा पोर्तुगलमा मैत्रीपूर्ण भलिबल खेल

केश तमू पोर्तुगल, १४ अक्टोबर । नेपाली एकता समाज, पोर्तुगलको मैत्रीपूर्ण भलिवल खेल प्रतियोगितामा...