झापाका कुन–कुन स्थानीय तहमा ससफो नेपालका को–को उम्मेद्वार ? - Naya Online

झापाका कुन–कुन स्थानीय तहमा ससफो नेपालका को–को उम्मेद्वार ?

सुसन राई ।
दमक, ४ असार ।

कमल गाँउपालिका प्रमुखमा जित बहादुर राई (जितेन) उपप्रमुखमा पुष्पा लिङदेन त्यसैगरी वडा अध्यक्षहरुमा ४ नम्बर वडा अध्यक्षमा विवेक राई, वडा नम्बर ५ दिवाकर राई, वडा नम्बर ६ मा अर्जुनदेव राई र वडा नम्बर ७ मा चन्द्रिका लावती लगायत विभिन्न पदमा २१ जनाको उम्मेद्वारी दर्ता भएको छ ।
गौरादह नगरपालिकामा नगर प्रमुख खसुरधन राई (केडी) उपप्रमुखमा हेमसरी राजवंशी लगायत विभिन्न पदमा १० जनाको उम्मेद्वारी परेको छ ।
गौरिगञ्ज गाँउपालिका अध्यक्षमा बद्री यादवको उम्मेद्वारी दर्ता भएको छ भने वडा अध्यक्ष पदमा वडा नम्बर ५ मा विष्णु राजवंशी, वडा नम्बर ६ मा गोविन्द नारायण शाहलगायत उम्मेद्वार छन् ।
झापा गाउँपालिकामा माओवादी केन्द्रसँग चुनावी तालमेल गरी ससफो नेपालको तर्फबाट गाउँपालिका उप–प्रमुखमा गौरी राजवंशीको उम्मेद्वारी रहेको छ ।
बाह्रदशी गाँउपालिका प्रमुखमा रंगलाल राजवंशीको उम्मेद्वारी रहेको छ ।
भद्रपुर नगरपालिका नगर प्रमुखमा शत्रुधन चौधरी र उप–प्रमुखमा शर्मिला आङदेम्बे रहेका छन् । वडा नम्बर १ को वडा अध्यक्षमा नरबहादुर भुजेल, वडा नम्बर २ मा अरुणकुमार लिम्बू, वडा नम्बर ४ मा मनकुमार राजवंशी, वडा नम्बर ५ मा रामबाबुप्रसाद गुप्ता, वडा नम्बर ६ मा राजेश गुप्ता, वडा नम्बर ७ मा छत्रबहादुर राई, वडा नम्बर ८ मा सुप्रिया राई, वडा नम्बर ९ मा मेनुका निङलेखु, वडा नम्बर १० मा रामप्रसाद पौड्यालले वडा अध्यक्ष पदमा चुनाव लड्ने पक्का भएको छ । भद्रपुर नगरपालिकामा ससफो नेपालका २९ जना उम्मेद्वार रहेका छन् ।
अर्जुनधारा नगरपालिका नगर प्रमुखमा सिर्जलाल चौधरीसहित ६ जनाको उम्मेद्वारी रहेको छ ।
विर्तामोड नगरपालिकामा नगर प्रमुखमा पदमबहादुर तामाङ र उप–प्रमुखमा चिजा राईको उम्मेद्वारी रहेको छ । ससफो झापा सचिव सुशील राईका अनुसार विर्तामोड नपामा १७ जनाले पार्टीकातर्फबाट विभिन्न पदमा उम्मेद्वारी दाखिला गरेका हुन् ।
मेचीनगर नगरपालिकाका नगर प्रमुखमा इन्द्रबहादुर श्रेष्ठ र उप–प्रमुखमा अग्निमाया मेचे रहेका छन् भने १,२ र ३ वडा छाडेर अन्य वडाहरुमा उम्मेद्वारी परेको छ । ससफो झापा अध्यक्ष धिरेन लावतीका अनुसार मेयर, उपमेयरसहित ३२ जनाले उम्मेद्वारी दिएका हुन् ।
त्यस्तै कचना कवल गाउँपालिका प्रमुखमा मञ्जु राई र उपप्रमुखमा भरत राजवंशी रहेका छन् । त्यस्तै बुद्धशान्ति गाँउपालिका प्रमुखमा हरिनारायण चौधरीसहित ससफो नेपालका ४ जनाले उम्मेद्वारी दिएका छन् ।
त्यस्तै शिवसताक्षिमा मेयर र उपमेयर सहित ६ जनाले ससफो नेपालका तर्फबाट उम्मेद्वारी दिएको बताइएको छ ।

दमकमा ससफो नेपाल र नयाँ शक्तिको उम्मेद्वारी दर्ता

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अन्ततःहेलिकप्टर चार्टर गरेर भागे पुर्वप्रधानमन्त्री केपी शर्मा ओलि:मध्यपहाडी यात्रा आधिमै टुँगियो

१ पुष २०८० आइतबार, पाँचथर ।  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...