दमकमा ससफो नेपाल र नयाँ शक्तिको उम्मेद्वारी दर्ता - Naya Online

दमकमा ससफो नेपाल र नयाँ शक्तिको उम्मेद्वारी दर्ता

दमक, ४ असार । झापाको दमकमा संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालले संयुक्त मनोनयन दर्ता गराएका छन् । दुवै पार्टीले आज संयुक्त उम्मेद्वारी दर्ता गराएको ससफो नेपालका लिम्बुवान प्रदेश सचिवालय सदस्य कमन देवानले जानकारी दिनुभयो ।

मेयरमा सतिश साह र उपमेयरमा गंगा सागर शेर्माको उम्मेद्वारी परेको हो । साह नयाँ शक्ति र शेर्मा ससफोका उम्मेद्वार हुन् । त्यस्तै दमक वडा नम्बर १ मा ससफोको सेट उम्मेद्वार छन् । वडा अध्यक्षमा ओममाया आङ्देम्बे, महिला सदस्य कृश्नकुमारी अधिकारी, महिला दलित सदस्य कल्पना विक, खुल्ला सदस्यमा कुमार राई र पन्चमाया लिम्बू छन् । वडा ३ मा डम्बरबहादुर तिम्सिना अध्यक्ष नयाँ शक्तिबाट र खुला सदस्यहरु गंगाप्रसाद दुलाल र नरेन्द्र कुमार शेर्मा ससफोबाट उम्मेद्वार बनेका छन् ।

वडा ५ बाट अध्यक्षमा राजु खड्का र दलित महिला सदस्यमा सीता परियार नयाँ शक्तिबाट उम्मेद्वार छन् भने महिला सदस्यमा उमा लिम्बू र खुल्ला सदस्यमा पुष्कर पोख्रेल ससफोबाट उम्मेद्वार बनेका हुन् । वडा ६ बाट सेटमै नयाँ शक्तिले उम्मेद्वारी दिएका छन् । अध्यक्षमा पुस्पराम न्यौपाने, महिला सदस्यमा सुनिता पौदार, दलित महिला सदस्यमा सुनिता राम मोची, खुल्ला सदस्यमा गुड्डुकुमार जजैसवालले उम्मेद्वारी दिएका छन् । वडा ७ मा ससफोको सेट उम्मेद्वार उठेका छन् । अध्यक्ष्यमा गजेन्द्र लावती, महिला सदस्य विश्नुकुमारी चेम्जोङ, दलित सदस्य लक्ष्मी सार्की र खुला सदस्य महेन्द्रकुमार सुब्बाको मनोनयन परेको छ ।

वडा ८ मा नयाँ शक्तिको अध्यक्ष उम्मेद्वार उमेश गजमेरको उम्मेद्वारी परेको छ । वडा ९ मा ससफोबाट अध्यक्षमा मिनकुमार लिम्बू, महिला सदस्यमा धनकुमारी कार्की , खुला सदस्यमा रणबहदुर राईको उम्मेद्वारी दर्ता भएको छ । वडा १० मा नयाँ शक्तिबाट अध्यक्षमा खगेन्द्र न्यौपानेको उम्मेद्वारी परेको छ । वडा २ र ४ मा कुनै उम्मेद्वारी नौठाइएको बताइएको छ । दमकको चुनावी माहोलमा ससफोले निक्कै तरंग ल्याएको संयोजक देवानले बताउनुभयो ।

झापाको सबै १५ वटै गाउँ तथा नगर पालिकामा उम्मेद्वारी दर्ता कार्य जारी रहेको ससफो झापाका सचिव सुशील राईले बताउनुभयो । ससफोले नयाँशक्ती लगायत अन्य दलहरुसँग पनि तालमेल गरेर उम्मेद्वारी दिएको बताइएको छ । पहिचान विरोधी एमाले र गणतन्त्र विरोधी राप्रपासँग भने जिल्लाको कुनै पनि स्थानीय तहमा तालमेल नगरिएको बताइएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अन्ततःहेलिकप्टर चार्टर गरेर भागे पुर्वप्रधानमन्त्री केपी शर्मा ओलि:मध्यपहाडी यात्रा आधिमै टुँगियो

१ पुष २०८० आइतबार, पाँचथर ।  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...