मुआब्जा नदिए सडक बिस्तार गर्न नदिइने - Naya Online

मुआब्जा नदिए सडक बिस्तार गर्न नदिइने

काठमाडौँ, ३ असार ।

काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले ठेक्का सम्झौता गरेको सडक बिस्तार मुआब्जा नदिइ गर्न नदिनेमा नगरपालिकाका जननिर्वाचित प्रतिनिधिले प्रतिबद्धता जनाएका छन् ।
जोरपाटी–सुन्दरीजल सडक बिस्तार सरोकार समितिले आज गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई बधाई एवम् शुभकामना आदानप्रदान गर्ने कार्यक्रममा निर्वाचित प्रतिनिधिले सडक किनारमा बनेका घरको मुआब्जा दिएर मात्र बिस्तार अघि बढाउन माग गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, प्रमुख सल्लाहकार दीपक रिसाल, सङ्घर्ष समितिका अध्यक्ष सरोजकुमार श्रेष्ठ र वडाध्यक्षले मुआब्जा दिएर मात्र बिस्तारको काम गर्नुपर्नेमा जोड दिनुभयो ।
जोरपाटी–सुन्दरीजल सात किमी सडक बिस्तारका लागि काठमाडौँ उपत्यका विकास प्राधिकरण र काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले चिह्न लगाई ठेक्का सम्झौता हुँदा पनि काम अघि बढ्न सकेको छैन । आयोजना प्रमुख दीपक केसीले ठेक्का लागेको डेढ वर्षसम्म पनि विभिन्न किसिमका दबाबले काम अघि बढाउन नसकिएको स्वीकार गर्नुभयो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

निःशुल्क हेयर कटिङ तालिम सम्पन्न  

काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ...

श्रीकेश तेलको उत्पादन नै अबैध, दर्ता छैन विभागमा

विकास श्रेष्ठ काठमाडौं । सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दाको...

अमेरिकी डलर देखाई श्रृङ्खलाबद्ध रुपमा ठगी गर्ने पक्राउ

काठमाडौं, ७ भदौ । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभनमा पारी उपत्यकाका विभिन्न स्थानमा...

मोरङको लेटाङमा ६५औं राष्ट्रिय सहकारी दिवस

लेटाङ, मोरङ २० चैत्र । ६५ औं राष्ट्रिय सहकारी दिवस –२०७८ प्रदेश नं. १,...

कोरिया असफल भएपछि कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै बिक्रम

नरेन्द्र खापुङ संयम तेह्रथुम, १५ चैत्र । तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउपालिका–६ का बिक्रम लिम्बू...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’को प्रदर्शन

फेदेन – लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ शनिबार पान्थर फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दिरमा बिशेश...

सहारा नेपाल बचत तथा ऋृण सहकारी सस्थाद्वारा सार्वजनिक विदाको अवज्ञा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २५ कात्तिक । कुम्मायक गाउपालिकास्थित यासोक बजारमा सञ्चालित सहारा नेपाल...

नारायणटारमा यति मार्ट सञ्चालनमा

काठमाडौँ, १८ कात्तिक । काठमाडौँको नारायणटारमा यति मार्ट सञ्चालनमा आएको छ । कोभिड १९...

आठ हाईड्रोपावरको लाभांश घोषणा, कस्को कति ?

सागर चेम्जोङ धरान, २४ असोज । नेप्सेमा सूचीकृत भएका ४० हाईड्रोपावर कम्पनीमध्ये ८ वटा...