किसानलाई असजिलो हुनेगरी निर्वाचन : रावल - Naya Online

किसानलाई असजिलो हुनेगरी निर्वाचन : रावल

कञ्चनपुर, ३ असार ।

नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री भीम रावलले स्थानीय तहको निर्वाचन किसानलाई असजिलो हुनेगरी गर्न लागिएको बताउनुभएको छ ।

आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मध्य–असारको रोपाइँको समयमा किसानले रोपाइँ गर्ने बेला मतदान गर्नुपर्ने भएकाले किसानको अहितमा चुनाव हुन लागेको बताउनुभयो ।
समय समयमा चुनावको मिति सार्दै जानु जनताको अहितमा भएको बताउँदै चुनावका बेला जनतालाई सास्ती, पीडा र समस्या नहोस् भनेर स्वतन्त्रतापूर्वक चुनाव गराउनुपर्ने भएपनि विभिन्न बहाना गरी सरकारले चुनाव सार्दै लगेको उहाँले बताउनुभयो ।
ज्येष्ठ नागरिक, दलित, एकल महिलालाई सामाजिक सुरक्षा भत्ता र दलित बालबालिकालाई छात्रवृत्ति दिने कार्य आफ्नो पार्टीले गरेको दाबी गर्नुभयो ।
कैलाली कञ्चनपुरका भूमिहीनका लागि उच्चस्तरीय सुकुम्बासी आयोग गठन गरी कार्य अगाडि बढाउन खोज्दा विपक्षी राजनीतिक पार्टीले गर्न नदिएको उहाँले आरोप लगाउनुभयो ।
प्रत्येक निर्वाचन क्षेत्रमा सहकारी, साना उद्योग खोल्ने कार्य र सिँचाइको व्यवस्था गरी समृद्ध देश बनाउने कार्य अगाडि बढाउन आफ्नै पार्टीको भूमिका रहेको उहाँको भनाइ थियो । भारतसँग भएको सन् १९५० को सन्धिलाई बदल्न खोज्दा विपक्षीको अड्चनले कार्य अगाडि बढ्न नसकेको उहाँले बताउनुुभयो ।
स्वदेशमा रोजगारी नभएकै कारण देशका ४० लाख युवा मुग्लान जान बाध्य छन् उहाँले भन्नुभयो, “खाडी मुलुकका देशमा ४० डिग्रीभन्दा बढीको चर्को गर्मीमा युवालाई काम गर्न बाध्य पारिनु देशमा रहेका कलकारखाना, उद्योगधन्दा कौडीको भाउमा बेचिँदा यस्तो अवस्था सिर्जना भएको हो ।”
चितवनको भरतपुरमा मतगणना भइरहेका बेला पूर्वप्रधानमन्त्रीको छोरीले चुनाव हार्न लाग्दा मतपत्र च्यात्न लगाएको उहाँले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “मतपत्रको कागज च्यातेको होइन कानुन च्यातेको हो, मतदाताको मन च्यातेको हो ।” रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जसपा, नेपाल झापामा चौधरी

दमक । जनता समाजवादी पार्टी, नेपालको झापा जिल्ला समिति पुनगर्ठन भएको छ । बुधबार...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक अभियन्ताहरू स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग...

माओवादी केन्द्र संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक जारी छ । केहीबेर अघि संसदीय...

अशोक राई पक्षलाई संसदीय कारवाहीमा सहभागी हुन नदिन सर्वोच्चमा रिट

काठमाडौं, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राईपक्ष थप...

हामीले पनि आफ्नो तर्फबाट गर्न सक्ने सेवामा योगदान गरौँः मन्त्री चौधरी

काठमाडौँ, १२ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव सेवा...

सहिद बान्तावाको स्मृति र अर्को संयोग ‘उपनिर्वाचन’

सजन राई माङसेबुङ, २८ चैत । निरंकुश पञ्चायतले ४५ वर्षअघि २७ वर्षीय लक्का जवान...

कोशी प्रदेशको विशेष अधिवेशन वैशाख ६ गतेको लागि आव्हान

२८ चैत २०८० । २८ चैत २०८० । कोशी प्रदेश प्रमुख माननीय परशुराम खापुङले...

उपप्रधान तथा गृहमन्त्रीसँग निर्वाचन आयोगको छलफल

काठमाडौं ।  नेपाल सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग निर्वाचन आयोगले आयोगसँग सम्बन्धित जरुरी...