भद्रपुर नगर बनाउने राप्रपाको प्रतिबद्धतापत्र सार्वजनिक - Naya Online

भद्रपुर नगर बनाउने राप्रपाको प्रतिबद्धतापत्र सार्वजनिक

भद्रपुर, ३ असार ।

‘भद्रपुर सहर हाम्रो घर’ नारालाई मूल अवधारणा बनाएर राष्ट्रिय प्रजातन्त्र पार्टी भद्रपुर नगर समितिले नगर निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
नगर निर्वाचन परिचालन समितिको आयोजनामा निर्वाचन संयोजक अभिषेक ढुङ्गाना, नगर प्रमुखका उम्मेदवार नवराज पनेरु, उपप्रमुखका उम्मेदवार राधा कार्की र नगर अध्यक्ष बाबुराम पराजुलीले नगरको विकास, कृषि, शिक्षा, पर्यटन, सामाजिक तथा आर्थिक क्षेत्र समेटेर तयार पारिएको प्रतिबद्धतापत्रलाई सार्वजनिक गर्नुभएको हो ।
भष्ट्राचारविरुद्ध नेतृत्व तह खुलेर उत्रने प्रतिज्ञासहित आफूहरु चुनावी मैदानमा उत्रिएको प्रमुखका उम्मेदवार पनेरुले जानकारी दिनुभयो ।
निर्वाचित भए एक महिनाभित्र प्रत्येक परिवारको आर्थिक हैसियतको अध्ययन गर्न लगाएर आर्थिकस्तर उकास्ने कार्यक्रम तत्काल सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
झापा उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहनुभएका पनेरुका अनुसार नगरमा विशेष आर्थिक क्षेत्र स्थापना, लगानीमैत्री वातावरणको सिर्जना र ‘एक घर एक रोजगार’को व्यवस्थालाई प्रतिवद्धतापत्रमा समेटिएको छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक अभियन्ताहरू स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग...

माओवादी केन्द्र संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक जारी छ । केहीबेर अघि संसदीय...

अशोक राई पक्षलाई संसदीय कारवाहीमा सहभागी हुन नदिन सर्वोच्चमा रिट

काठमाडौं, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राईपक्ष थप...

हामीले पनि आफ्नो तर्फबाट गर्न सक्ने सेवामा योगदान गरौँः मन्त्री चौधरी

काठमाडौँ, १२ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव सेवा...

सहिद बान्तावाको स्मृति र अर्को संयोग ‘उपनिर्वाचन’

सजन राई माङसेबुङ, २८ चैत । निरंकुश पञ्चायतले ४५ वर्षअघि २७ वर्षीय लक्का जवान...

कोशी प्रदेशको विशेष अधिवेशन वैशाख ६ गतेको लागि आव्हान

२८ चैत २०८० । २८ चैत २०८० । कोशी प्रदेश प्रमुख माननीय परशुराम खापुङले...

उपप्रधान तथा गृहमन्त्रीसँग निर्वाचन आयोगको छलफल

काठमाडौं ।  नेपाल सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग निर्वाचन आयोगले आयोगसँग सम्बन्धित जरुरी...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...