राजपाको आन्दोलन संकटमा : बन्दको चौतर्फी अवज्ञा, सडकबाटै हराए आन्दोलनकारी - Naya Online

राजपाको आन्दोलन संकटमा : बन्दको चौतर्फी अवज्ञा, सडकबाटै हराए आन्दोलनकारी

काठमाडौं ३, असार ।
चुनाव बिथोल्न बन्दसहितको आन्दोलन घोषणा गरेको राष्ट्रिय जनता पार्टी (राजपा) को आन्दोलनको प्रभाव मधेसको कुनै पनि जिल्लामा परेको देखिएन । स्थानीय जनताले बन्दको अवज्ञा गरेपछि राजापाको आन्दोलन संकटमा परेको छ ।
शनिबार राजपा बन्दको प्रभाव कुनै पनि स्थानमा परेन । सबै जिल्लामा निर्वाह सवारीमा साधन, पसल, बजार, उद्योग कलकारखानाहरु निर्वाह ढंगले सञ्चालन भएका छन् । चुनाव विरोधी गतिविधिमा जनताले नै साथ नदिएपछि राजपाको आन्दोलन विफल भएको स्थानीय पत्रकारहरुले जनाएका छन् ।
राजपाले स्थानीय तहको निर्वाचन बिथोल्न गत मंगलबारदेखि तराई मधेसमा बन्द आह्वान गरेको थियो । सुरक्षा र प्रभावको हिसाबले संवेदनशील मानिएको दुई नम्बर प्रदेशमा समेत राजापा निरीह बन्न पुगेको छ । राजापाको प्रभाव क्षेत्र मानिएको पर्सादेखि सप्तरीका जिल्लामा समेत बन्दको असर देखिएन ।
राजपाका अध्यक्ष मण्डल सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवको गृहजिल्ला र गढ मानिएको सर्लाहीमा पनि शनिबार दिनभर बन्दको प्रभाव देखिएन । शरतसिंह भण्डारीको गृहजिल्ला महोत्तरीमा पनि बन्दको प्रभाव छैन ।
मधेसका एक पत्रकारका अनुसार ठाउँठाउँमा बन्दको अवज्ञा हुन थालेपछि आन्दोलनकारीहरु सडकमा देखिन छाडेका छन् । छिटपुट रूपमा बन्द सम्बन्धी गतिविधि सञ्चालन गरे पनि मधेसमा त्यसको कुनै प्रभाव देखिएको छैन ।
विरगञ्ज, गौर, बारा, मलंगवा, जलेश्वर, जनकपुर, लहान र सप्तरी लगायत मधेसका सबै जिल्लाका पसल बजारहरु खुला छन् । सर्वसाधारण सडकमा आ–आफ्नो दैनिकीमा लागेका छन् । सडकमा निजी तथा भाडाका सवारी साधनहरु पनि गुडिरहेका छन् ।
यसैगरी सिरहाको लहान र गोलबजारमा पनि जनताले राजपाको बन्दको अवज्ञा गरेका छन् । स्थानीय एसडी यादवले सिरहामा बन्दको कुनै प्रभाव नभएको बताउनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अन्ततःहेलिकप्टर चार्टर गरेर भागे पुर्वप्रधानमन्त्री केपी शर्मा ओलि:मध्यपहाडी यात्रा आधिमै टुँगियो

१ पुष २०८० आइतबार, पाँचथर ।  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...