भोजपुर, ३ असार ।
मदन पुरस्कार विजेता पहिचान पक्षधर आख्यानकार राजन मुकारूङले भोजपुरको टेम्के मैयुङ गाउँपालिकाबाट अध्यक्ष पदमा उम्मेद्वार बनेका रामसिंह राईलाई खुलेर सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
रामसिंह राईलाई माओवादी, काँग्रेस र समाजवादीले संयुक्त उम्मेद्वार बनाएपछि चर्चित आख्यानकार मुकारुङले सार्वजनिक कार्यक्रममै भासण गरेर रामसिंहलाई जिताउन लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
यसअघि अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने सामाजिक सन्जालमार्फत सार्वजनिक घोषणा गर्नुभएका मुकारुङले स्थानीय तहलाई योग्य उम्मेद्वार उठाउन दलहरु सफल भएको भन्दै आफूले सहयोग गर्ने बताउनुभएको थियो ।
गत जेठ २५ गते बिहीबार पान्धारे, भोजपुरमा आयोजित ससफो, नेपाल, नेका. र माओवादी केन्द्रको संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने क्रममा मुकारूङले त्रिदलीय गठबन्धनका साझा उम्मेद्वार अध्यक्षका प्रत्यासी रामसिंह राई र उपाध्यक्षका प्रत्यासी सरोज बस्नेतलाई मतदान गर्न सार्वजनिक आह्वान गर्नुभएको हो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।