दर्शकलाई छिरिङको मायालु - Naya Online

दर्शकलाई छिरिङको मायालु

 
काठमाडौं: पेशाले साउन्ड इन्जियिरीङमा आवद्ध छन् छिरिङ भुटिया । तर गायनलाई पनि उनले निरन्तरता दिइरहेका छन् । उनको पछिल्लो गीत ‘यो चोखो माया’ को भिडियो दर्शकमाझ आएको छ । विहीबार राजधानीमा आयोजित कार्यक्रममा रिलिज गरिएको यस भिडियोमा गायक भुटियाका साथै प्रिज्म ब्याण्ड पनि प्रस्तुत भएको छ । सन १९७४ मा स्थापीत यो ब्याण्ड आफ्नो समयमा लोकप्रिय थियो । ब्याण्डमा सुर्वण लिम्बु, देव राना, दिपक थापा र पेम्बा लेप्चा आवद्ध छन् । गीतमा विनय लामाको शब्द एवं संगीत रहेको छ ।

२०५३ सालमा ‘हेरिदउ हाँसिदेउ’ बोलको गीत रेकर्ड गराई सांगीतिक यात्रा आरम्भ गरेका गायक भुटियाका तिमी आएजस्तो (२०५४), सायद (२०५७), डे (२०५९), उपस्थिती (२०६२) गरी चारवटा एल्बम दर्शकमाझ आइसकेको छ । हिट्स एफएम म्युजिक अवार्ड र साचिस अवार्ड (दार्जेलिङ) पाइसकेका उनी अहिले नयाँ एल्बमको तयारीमा जुटेका छन् । ‘पेशाले साउन्ड इन्जिनियरिङ भएकाले म संधै संगीतसँगै हुन्छु’, गायक भुटियाले भने, ‘गाउनु मेरो रुची हो । पेशा र रुचीलाई एकसाथ अगाडी बढाएको छु । यही क्रममा नयाँ भिडियो यो चोखो माया दर्शकमाझ ल्याएको हुँ ।’ संखुवासभा निवासी गायक भुटिया दार्जेलिङमा जन्मेका हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

बाबु बोगटीको सान्नानी २ सार्वजनिक

काठमाडौँ, ८ कात्तिक । सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको नयाँ गीत...

विष्णु र ईश्वरको ‘अघि बढे भेल बाढी….’ बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, २२ भदौ । गीतकार विष्णु आचार्य ‘अतृप्त’को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत...

लिम्बू भाषाको पालाम भिडियो ‘मारोती फुङ’ सार्वजनिक

काठमाडौं, १८ भदौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो सार्वजनिक भएको छ ।...

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

काठमाडौं, १८ भदौं । श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

छोरीको जन्मदिनमा बाबु–छोरीकै पुस्तक विमोचन

काठमाडौं, १० भदौं । भाषा आयोगका सदस्य तथा वरिष्ठ कवि डा. अमर गिरी, वरिष्ठ...

लिम्बु संस्कृतिको सौन्दर्य र मौलिक स्वाद ‘सत्र थुम’

प्रकाश दिप्साली राई कोरोना कहरको मध्ये लकडाउनले अन्य क्षेत्रहरूलाई जस्तै सङ्गीतलाई पनि थिलथिलो बनाइदियो...