केन्द्रीय पदाधिकारी तथा नेतालाई राप्रपाको उर्दी - Naya Online

केन्द्रीय पदाधिकारी तथा नेतालाई राप्रपाको उर्दी

काठमाडौँ, २ असार ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा सांसदलाई निर्वाचन क्षेत्रमा परिचालित हुन निर्देशन दिएको छ ।
पहिलो चरणको निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि यस पटकको निर्वाचनमा जनताको घर दैलोमा पुगेर राजनीतिक गतिविधि सञ्चालन गर्न लागेको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
पार्टीले निर्वाचनमा खटाएका नेताहरुले पार्टीको नीति, विचार, सिद्धान्तलाई जनताका माझ पु¥याएर पार्टीका तर्फबाट उम्मेदवार बनेका नेता तथा कार्यकर्ताको पक्षमा मतदानका लागि आग्रह गर्ने छन् ।
यही असार १४ गते हुने सो निर्वाचनका लागि असार ११ गतेसम्म स्थानीय तहमा आवश्यकताअनुसार हुने सभा सम्मेलनमा शीर्ष नेतृत्वको सहभागिता भई चुनाव प्रचारप्रसारका गतिविधि गरिने छन् ।
सो पार्टीले प्रदेश नं २ को स्थानीय तहको चुनाव आगामी असोज २ मा सारिएकोमा असन्तुष्टि जनाएको छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

प्रदेश नं. १ मा जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरू समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा...

जसपा, नेपाल झापामा चौधरी

दमक । जनता समाजवादी पार्टी, नेपालको झापा जिल्ला समिति पुनगर्ठन भएको छ । बुधबार...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक अभियन्ताहरू स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग...

माओवादी केन्द्र संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक जारी छ । केहीबेर अघि संसदीय...

अशोक राई पक्षलाई संसदीय कारवाहीमा सहभागी हुन नदिन सर्वोच्चमा रिट

काठमाडौं, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राईपक्ष थप...

हामीले पनि आफ्नो तर्फबाट गर्न सक्ने सेवामा योगदान गरौँः मन्त्री चौधरी

काठमाडौँ, १२ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव सेवा...

सहिद बान्तावाको स्मृति र अर्को संयोग ‘उपनिर्वाचन’

सजन राई माङसेबुङ, २८ चैत । निरंकुश पञ्चायतले ४५ वर्षअघि २७ वर्षीय लक्का जवान...

कोशी प्रदेशको विशेष अधिवेशन वैशाख ६ गतेको लागि आव्हान

२८ चैत २०८० । २८ चैत २०८० । कोशी प्रदेश प्रमुख माननीय परशुराम खापुङले...