प्रदेश नम्बर २ मा निर्वाचन सार्नु मधेसको अस्तित्वमाथि प्रहार– उपेन्द्र यादव - Naya Online

प्रदेश नम्बर २ मा निर्वाचन सार्नु मधेसको अस्तित्वमाथि प्रहार– उपेन्द्र यादव

बिराटनगर, २ असार ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा असोज २ गते गर्ने सरकारको निर्णयप्रति तीब्र असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
मधेसलाई घेराबन्दीमा पार्न नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले मिलेर षड्यन्त्रको तानाबाना बुनेको र राष्ट्रिय जनता पार्टीको दिशाहीनताले त्यो योजना सफल भएको ससफो नेपाल अध्यक्ष यादवले टिप्पणी गर्नुभएको हो ।
गृहनगर विराटनगरस्थित आफ्नै निवासमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै यादवले भन्नुभयो –‘काँग्रेस र माओवादीले पहिलेदेखि नै चाहन्थे कि प्रदेश नम्बर २ को निर्वाचन तेस्रो चरणमा होस् । अन्य सबै ठाउँमा निर्वाचन सम्पन्न भइसकेपछि प्रदेश नम्बर २ लाई घेराबन्दी गर्न सजिलो हुने योजनाले उनीहरुले यस्तो गरेका हुन् ।’
तीन चरणमा चुनाव गर्ने सरकारी निर्णय मधेस र मधेसी जनाताका लागि घातक भएको भन्दै उहाँले आठ जिल्लामा तेस्रो चरणमा निर्वाचन गर्ने सरकारी निर्णयले सिङ्गो मधेसको अस्तित्वमाथि ठाडो प्रहार भएको टिप्पणी गर्नुभएको हो । ‘मेचीदेखि महाकालीसम्म बीस जिल्लाको तराई मधेशलाई आठ जिल्ला सीमित पार्ने षड्यन्त्र भएको छ । आठ जिल्लाको भूभाग मात्रै मधेस हो भनेर मान्यता उनीहरुले स्थापित गर्न खोजेका छन्’, यादवले भन्नुभयो ।
तीन चरणको चुनाव मधेसको लागि घातक भएको भन्दै अध्यक्ष यादवले राजपाको दिशाहीनता र अपरिपक्व रवैयाका कारण काँग्रेस–माओवादीको योजना सफल भएको जिकिर गर्दै थप भन्नुभयो –‘तीन चरणको चुनावले मधेसलाई नै घाटा हुन्छ । चुनाव जति लम्बिँदै गयो र टुक्राटुक्रामा हुने चुनावले मधेसलाई नै क्षति पुग्छ ।’
दिशा र गन्तव्य बिर्सेर अनिर्णयको बन्दी बनेको टिप्पणी गर्दै उहाँले राजपाले आन्दोलनको नाममा मधेसमा अराजकता मच्चाउने कार्य गरेकोले आठ जिल्लालाई छुट्टयाएर तीन चरणमा चुनाव गर्ने काँग्रेस माओवादीको योजना सफल भएको दावी गर्नुभयो ।
यादवले भन्नुभयो –‘पहाडमा एमालेसँग पराजय भोगेका काँग्रेस र माओवादीलाई पहिलेदेखि नै थाहा थियो मधेसमा पनि पराजय निश्चित छ । त्यहीँ डरले उनीहरुले आठ जिल्लाको निर्वाचनलाई स्थगित गरेका हुन् ।’

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अन्ततःहेलिकप्टर चार्टर गरेर भागे पुर्वप्रधानमन्त्री केपी शर्मा ओलि:मध्यपहाडी यात्रा आधिमै टुँगियो

१ पुष २०८० आइतबार, पाँचथर ।  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...