धनगढीमा पनि हर्न बजाउन नपाइने - Naya Online

धनगढीमा पनि हर्न बजाउन नपाइने

कैलाली, २ असार । कैलालीको अत्तरिया बजारमा हर्न निषेधित क्षेत्र लागु भएको एक हप्तापछि धनगढी बजारमा पनि बिहीबारदेखि हर्न बजाउन नपाइने व्यवस्था लागुभएको छ ।

धनगढीको मुख्य बजार ट्राफिक चौराहदेखि जिल्ला प्रहरी कार्यालयसम्मको बजार क्षेत्र, दक्षिणमा विद्युत् प्राधिकरण र उत्तरमा आयल निगम रहेको क्षेत्रसम्म हर्न निषेधित गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभएको छ ।

उहाँले प्रथम तह हर्न निषेधका लागि प्रचारात्मक अभियान चलाइने र त्यसपछि मात्रै कारबाहीको चरणमा जाने बताउनुभएको छ ।

इमर्जेन्सी अवस्थाबाहेकका सामान्य अवस्थामा हर्न निषेधित क्षेत्रमा हर्न बजाएमा ट्राफिक इसारा उल्लङ्घन गरेको कसुरमा रु ५०० देखि एकहजार ५०० सम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको ट्राफिक प्रहरी निरीक्षक पातलीले बताउनुभएको छ ।

बजारका मुख्य क्षेत्रमा रहेको बढ्दो ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नका लागि अत्तरियामा जेठ २५ गतेदेखि र धनगढीका केही क्षेत्रमा भने बिहीबारदेखि हर्न निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘याक्थुङ राष्ट्रिय गान’ निर्माणमा लिम्बुहरु जुट्दै

काठमाडौ – ४ भदौ २०८१ मंगलबार । लिम्बू समुदायको राष्ट्रिय गान ‘याक्थुङ राष्ट्रिय गान’...

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...

निःशुल्क हेयर कटिङ तालिम सम्पन्न  

काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ...

इलाका प्रहरी कार्यालय वानाको आवास भवन डीआईजी खापुङ्द्वारा उद्घाटन

संखुवासभा । इलाका प्रहरी कार्यालय वाना संखुवासभाको आवास भवन उद्घाटन भएको छ । भवनको...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक अभियन्ताहरू स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग...

दुर्व्यसन विरुद्धको अभियानमा समाज लागिपर्नु पर्छः डीआईजी खापुङ

  विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक (डीआईजी) चन्द्रकुबेर खापुङले दुर्व्यसन...

कैलाश सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओ र अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता दिने कार्यमा संलग्न व्यक्तिहरूको खोजी...

ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्दैनः भेटेरिनरी एशोसिएशन

काठमाडौं । बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा...