काठमाडौँ, १ असार । राष्ट्रिय पौडी खेलाडी तथा ओलम्पियन शिरिष गुरुङद्वारा स्थापित शिरिष फाउन्डेशनको सहयोगमा ह्याम्स अस्पतालले खेलाडीलाई निःशुल्क सेवा सुविधा प्रदान गर्ने भएको छ ।
नक्सालस्थित क्राउन प्लाजा होटलमा आज आयोजित एक कार्यक्रममा फाउन्डेशनका अध्यक्ष शिरिष गुरुङ र ह्याम्स अस्पतालका निर्देशक भक्तप्रह्लाद पाण्डेले एक वर्षका लागि अस्पतालले प्रदान गर्ने सेवा सुविधा निःशुल्क उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
ह्याम्सका निर्देशक पाण्डेले राष्ट्रको नाम उच्च राख्ने खेलाडीसँग संस्थालाई जोड्न पाउँदा आफू गौरवान्वित भएको बताउनुभयो ।
फाउन्डेशनका अध्यक्ष गुरुङले सम्झौतापछि आर्थिक अभावका कारण खेलाडीले स्वास्थ्य सेवा लिनबाट बञ्चीत हुन नपर्ने विचार व्यक्त गर्नुभयो ।
नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले खेलाडीको हकहितका लागि सरकारले विशेष चासो देखाउनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले आफूहरु सदा खेलाडीको हकहितका लागि लागिपरिरहेको भन्दै यस सम्झौताले खेलाडीको स्वास्थ्यमा केही राहत पुग्ने भनाइ व्यक्त गर्नुभयो । रासस
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।