उम्मेदवार मनोनयन मिति असार ४मा - Naya Online

उम्मेदवार मनोनयन मिति असार ४मा

काठमाडौँ, १ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबै दलको सहभागिता सुनिश्चितताका लागि उम्मेदवार मनोनयन दर्ता मिति दुई दिनपछि सारिने भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा सरकारको आग्रहपछि दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनको निर्धारित यही असार २ गतेको उम्मेदवार मनोनयन दर्ता मिति असार ४ गते सार्न आयोगले सहमति जनाएको हो ।

मन्त्रिपरिषद्बाट निर्णय भएर आएपछि त्यसबारेमा अघि बढ्ने बैठकपछि प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले बताउनुभयो । राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागिता जनाउने सङ्केत देखाएपछि सरकारले उम्मेदवार मनोनयन मिति यही असार ४ गते तोक्न आयोगलाई आग्रह गरेको थियो । बैठकमा सरकारले प्रदेश नं २ मा स्थानीय तहको निर्वाचन आगामी असोज २ गते तोक्न गरेको आग्रहका सम्बन्धमा भने आफूहरुको कुनै प्रतिक्रिया नरहेको उहाँले जानकारी गराउनुभयो ।

प्रदेश नं ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन पहिलो चरणमा गत वैशाख ३१ गते सम्पन्न भइसकेको छ भने प्रदेश नं १, ५ र ७ मा यही असार १४ गते हुँदैछ । प्रदेश नं २ मा भने सरकारले राजपाको आग्रहअनुसार स्थानीय तहको निर्वाचन आगामी असोज २ गते तोक्ने निर्णय गरेको छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

दिवा चेम्जोङः एक सक्षम उम्मेद्वार

स्थानीय निर्वाचन २०७९ का लागि धनकुटाको चौविसे गाउँपालिकामा गठबन्धन दलबाट उपाध्यक्षको उम्मेद्वारी दिएका दिवा...

कान्छी उपमेयर उम्मेद्वार जुनु लिम्बू (सृष्टि खापुङ)

लिम्बू विद्यार्थी मञ्चको आठौं राष्ट्रिय महाधिवेशन २०७३ सालमा इलामको लारुम्बामा हुँदै थियो । उक्त...

‘अमेरिकाको नागरिकता त्यागेर नेपाल भ्रष्ट्राचार गर्न आएको होइन’ –गम्बु शेर्पा

सन् २०२१ मा गम्बु शेर्पाले ‘फर्किएका पाइला’ पुस्तक लेखे । पुस्तकभित्र ६२४ पेजमा गम्बुका...

भेडेटारमा टेम्पो र बस दुर्घटनामा, टेम्पोचालकको मृत्यु

धरान, २ वैशाख । सुनसरीको भेडेटार दुई घुम्तीमुनी बस र टेम्पो दुर्घटनामा परेका छन्...

प्रदेश नं. १ प्रमुखद्वारा आर्थिक कार्यविधि वित्तिय उत्तरदायित्व विधेयक प्रमाणित

विराटनगर, २३ चैत्र । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा “प्रदेश...

“टिकटको तय नहुन्जेल पार्टीको प्रचार र जनताको मनोभावना बुझ्दै हिडिरहेका छौ”

विराटनगर महानगरपालिकामा चुनावको सरगर्मी शुरु भइसकेको छ । विभिन्न पार्टीका नेताहरूले मेयर तथा अन्य...

चुनाव, खेलाँची होकी वास्तविक ?

मलिसा याक्थुङ्बा लिम्बू सर्वव्यापी स्वीकार्य चुनाव गरिनु पर्छ र सहभागी मतदाताहरू निर्विघ्न हुनुपर्छ ।...

मोरङको लेटाङमा ६५औं राष्ट्रिय सहकारी दिवस

लेटाङ, मोरङ २० चैत्र । ६५ औं राष्ट्रिय सहकारी दिवस –२०७८ प्रदेश नं. १,...

ताल्चा कथा सङ्ग्रहको रचनागर्भ, पात्रमाथिको कथासहितको नयाँसाहित्य

विराटनगर, १९ चैत्र । यस हप्ताको नयाँ साहित्यमा निनाम लोवात्तीको कुलुङ लोककथा, कथाकार दिलिप...

कुलुङ लोक–कथाः छेन्दीपत र बीरमुख

निनाम लोवात्ती विश्वकै प्राचीन महाजातिमा गनिने किरातीभित्रका कुलुङ जातिमा दन्त्य–कथा, लोक–कथा, लोक–मान्यता, लोकवार्ता, एवम्...