गाेर्खालीकाे "पेट" हुन्छ, तर "देश" हुदैन - Naya Online

गाेर्खालीकाे “पेट” हुन्छ, तर “देश” हुदैन

बलदीप राई

भनिन्छ:

If a man says that he is
not afraid of dying, he is
either telling a lie or he is
the Gurkha .

यदि कुनै मानिसले आफू मर्न
डराउँदिन भन्छ भने कि उसले
ढाँटेकाे हाे कि उ गाेर्खाली
हाे ।

याे माथिका कुरा नरेन्द्र माेदीले नेपालकाे व्यावस्थापिका-संसदमा नेपालीलाई फुर्क्याउनमात्रै भनेका रहेछ भन्ने प्रष्ट भाेे जब उनकै देशका नागरिकहरूले गार्खाल्याण्ड माग्दा उनीहरूकाे नितम्बमा सुम्लाे बसिन्जेल् माेदीले बजाउन लगाए ।

  • यदि गाेर्खालीहरूकाे बहादुरीकाे सम्मान हुन्थ्याे भने त्याे जाबाे कत्राे नै माग थियाे र । स्वतन्त्र छुट्टै राज्यकाे माग थिएन, आखिर उही दिल्लीकै निर्देशन मान्नुपर्ने स्वयत्त राज्यकाे माग नै त थियाे ।

तर पनि दिल्लीले भारतीय गाेर्खालीहरूलाई गाेली र लाठी बर्षाइरहेका छन् । यसकाे अर्थ गाेर्खालीलाई हृदय देखि नै सम्मान र इज्जत दिइदैन र गाेर्खालीहरू साध्य हाेइनन् साधन मात्रै हुन भन्ने कुरा प्रष्ट छ ।

  • “हामी गाेर्खाली हाैं , हामी वीर छाै” भनेर कुन्ताकाे थेप्चाे र ठेंडाे नाक त्यस माथि फुर्किएर अरू फुल्याउँछाैं । तर हाम्राे प्रतिष्ठकाे कुनै उचाइ नै छैन ।
  • बरू यहुदी जातिकाे अस्तित्वकाे लागि विश्वले सम्मान दिए । सम्मानमात्र हाेइन, ईजरायल देश नै स्थापना गरिदिए । किनकि यहुदीले बुद्धि र विवेकले प्रभावित बनाएकाे थियाे र यहुदीहरूले आफ्नाे राजनैतिक अग्रज थियाेडर हर्जलले भनेका मानेका थिए ।
  • गाेर्खालीकाे पेटमात्र हुन्छ देश हुदैन भन्ने कुरा राम्ररी थाहा छ । यी जातिहरूलाई भारतले आफ्नाे लागि बन्दुक बाेकाएर जागिर दिएकाे छ । गाेर्खालीलाई पैसा दियाे भने जहाँ गएर पनि लडिदिन्छन् भन्ने साेच भारतलाई छ । महिनाकाे २ लाख तलब दियाे भने ISI काे लडाकुमा पनि भर्ना हुन जान्छन् भन्ने दिल्लीलाई थाहा छ । यस्ताे छाप दिल्लीमा रहे पछि दार्जिलिङकाे बिमल गुरूङलाई माेदीले टेर्छ ?
  • दार्जिलिङका गाेर्खेलाई दिल्लीले नेपालका राई, लिम्बु, मगर, तामाङ, गुरूङ, नेवारकाे रूपमा लिएकाे छ । यी जातिहरूकाे हालत दिल्लीलाई राम्ररी थाहा छ । संसारमा बहादुर जाति शासक हुन्छ तर नेपालमा बहादुर जाति गुलाम छन् भन्ने कुरा दिल्लीलाई थाहा छ । भारतीय गाेर्खेकाे नेपालका उद्गम वंशहरू नै नालायक भए पछि दिल्लीले पत्याउँछ त ? यदि नेपालकाे सिहदरबारमा गाेर्खालीहरू भनिएकाहरूकाे दबदबा हुन्थ्याे भने दिल्लीले उनकाे गाेर्खेलाई कदर गर्थ्याे ।
  • याे गार्खाली शब्दकाे ब्रान्डमा नै इज्जत छैन । आखिर त्याे सिक्किमका मुख्यमन्त्री राई नै हुन् । उनले मज्जाले राज गरिरहेका छन् । उ गाेर्खाली हुन खाेज्याे भने चिप्लिन्छ ।
  • हामी गाेर्खाली मात्रै हाै अझै नेपाली हुन सकेका नै छैनाै । विदेशीले हामीलाई नेपाली (सार्वभाैमसत्ता सम्पन्न नागरिक) भनेर मान्यता नै दिएका छैन, गाेर्खाली भन्छन् । गाेर्खाली हुनु र नेपाली हुनु फरक हाे भन्ने चेत हामीमा खुलेकै छैन ।
  • जब सम्म नेपालका गाेर्खाली नेपाली हुन सक्दैनन् तब सम्म भारतका गाेर्खेकाे मुल्यांकन हुन्न ।
  • यहाँ नेपालमा आफू नेपाली बन्न सकेका छैनन्, आफ्नाे अस्तित्वकाे ठेगाना किटान गर्न सकेका छैन् तर उता भारतीय गाेर्खेकाे मुद्दालाई भाईरल बनाउँछाैं ।पहिले गाेरखालीलाई नेपाली बनाउने राजनीतिक पार्टीकाे चुनाव चिन्ह “घर” लाई चाहि भाईरल बनाएर मुक्ति र माेक्ष प्राप्त गर्नु नि ।
  • अनुहार र वंश मिलेर हुन्न , राष्ट्रियता मिल्नु पर्छ । सिक्कमका पवन चामलिङ र नेपालका बलदीप चामलिङ रगत र वंशले मिल्छ । तर राष्ट्रियताले मिल्दैन । उ भारतकाे हाे, म नेपालकाे हाे । ईलाम पारिकाे सिक्किमकाे डाडाे मेराे हाे भनेर दावी गर्न जाँदा बलदीपलाई पवनले गाेली ठाेक्छ । याे मेराे वंश र रगत हाे भन्दैनन ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चुनाव, खेलाँची होकी वास्तविक ?

मलिसा याक्थुङ्बा लिम्बू सर्वव्यापी स्वीकार्य चुनाव गरिनु पर्छ र सहभागी मतदाताहरू निर्विघ्न हुनुपर्छ ।...

कुलुङ लोक–कथाः छेन्दीपत र बीरमुख

निनाम लोवात्ती विश्वकै प्राचीन महाजातिमा गनिने किरातीभित्रका कुलुङ जातिमा दन्त्य–कथा, लोक–कथा, लोक–मान्यता, लोकवार्ता, एवम्...

एकात्मक राज्यसत्तालाई लिम्बुवानको माग राख्नु कायरता हो

मौसम आङ्देम्बे पापोहाङ वि.सं. १८३१ साउन २२ गते गोर्खा राज्य र लिम्बुवानबीच लालमोहर सन्धि...

किताबभित्रका कुरा: खास नेपाली कविताहरू ‘इतर कविता’

प्रकाश दिप्साली राई हामी राज्यको बेवास्ता र हेलचेक्राईका कारण आफ्नो परिवार रुखोपाखो छाडेर हामीे...

पुस्तक अंश: ‘बुढाको तरुनीलाई पाहुना मान्नैपर्यो’

कल्पना आङ्बुहाङ “पाहुना आउनु त आउनु, तेरो बाउको तरुनी पनि कसोरी आएर बस्नु ?”...

त्यो सम्झना : कप्तानको रिसले एकराते ‘माओवादी’ भइयो !

निनाम लोवात्ती कुरो विसं २०५८ साल कात्तिक–मंसिर महिनाको हो । त्यो बेला म पर्यटन...

मातृशोकको घडीमा “सम्झनाका छालहरू” बाट सम्पादित केही अंश

उदय पूर्वेली चोङ्बाङक्याक मेरी आमा हरतरहले आफ्नो एक्लो छोरोले मदिरा सेवन नगरिदिए हुन्थ्यो भन्ने...

सामाजिक सङ्घर्ष र पहिचानको आवाज आमाको तासफोटो

मातृहाङ नेम्बाङ प्रसँग सन् २०१६ को हो । विश्व नेपाली साहित्य समाज दक्षिण कोरियाले...

रुस–युक्रेन युद्धोन्मादको क्याटालिस्ट नाटो, नोर्ड स्ट्रिम २ को स्पष्ट मुक्कोपिरा र जि–७ को धूमिल छाँया

– उदय  ‘पूर्वेली’ चोङ्बाङ्क्याक विशेषगरी अहिले गत २४ फेब्रुअरी, बिहीबार बिहान सबेरैदेखि रुसले युक्रेनको...

पर्यटन: बराहक्षेत्रमा पर्यटनका सम्भावना र चुनौति

लक्ष्मण कटुवाल बराहक्षेत्र नेपालको सुनसरी जिल्लामा अवस्थित ऐतिहासिक तीर्थस्थल हो । सप्तकोशी र कोकाहा...