कार्यकारी अधिकृत दाहालमाथि तीन पार्टीको आरोप - Naya Online

कार्यकारी अधिकृत दाहालमाथि तीन पार्टीको आरोप

दमक, १ असार/ झापाको दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग गर्दै चुनावको संघारमा पार्टी विशेषका उम्मेद्वारलाई चुनाव जिताउन लागिपरेको विभिन्न पार्टीहरूले आरोप लगाएका छन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने दमक नगरको आसन्न निर्वाचनमा कार्यकारी अधिकृत दाहालले पदीय दुरुपयोग गरि एमालेको पक्षमा गतिविधि गरिआएको आरोप लागेको हो ।
एमाले निकट मानिने दाहालले चुनावको संघारमा पछिल्लो गतिविधिले त्यस्तो हर्कत देखिएको भन्दै उनको एमालेवाहेकका दलहरूले चर्की आलोचना गरेका छन् ।
आज स्थानीय पत्रपत्रिकाहरूमा संयुक्त विज्ञप्ती निकालेर सत्तापक्षीय नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमको स्थानीय नेतृत्वले त्यस्तो आरोप लगाएका हुन् ।
उनीहरूले कार्यकारी अधिकृत दाहालले निर्वाचन आचारसंहिता र राष्ट्रसेवक कर्मचारीको आचारसहिंता विपरीत अमुक पार्टीका उम्मेद्वारले जिते दमकको विकासमा योजनाहरूको कार्यान्वयन हुने अन्यथा दमकमा विकासको सम्भावना नरहेको भन्ने आशयका अभिव्यक्ति दिदैं हिंडेको पनि विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा कार्यकारी अधिकृत दाहाल चुनावको संघारमा कुनै अमुक पार्टी र तिनका उम्मेद्वारलाई जिताउन भन्दै रातारात गोप्य बैठक, भेलाहरू कार्यक्रमहरूमा खटिएका र आर्थिक सहयोग गर्न समेत पछि नपरेको प्रमाण आफूहरूसंग रहेको ती पार्टीले जनाएका छन् ।
कांग्रेसका नगर सभापति रोशन विष्ट, माओवादी केन्द्रका दमक नगर इञ्चार्ज दुर्गा चौंलागाइँ र समाजवादी फोरमका चुनाव प्रचार प्रसार मूल समिति दमकका संयोजक कमन देवानले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तीमा त्यस किसिमको गलत कार्य तत्काल सच्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराइएको छ । कार्यकारी अधिकृत दाहाल नेकपा एमाले निकटस्थ रहेर एमालेको राजनीतिक स्वार्थमा लिप्त रहेको, एमाले अध्यक्ष केपी ओली र अग्नी खरेल लगायतका एमालेका नेताहरूको वरिपरि रहेर उनीहरूको खटनपटनमा हिडने गरेको चर्चा यस अघि पनि दमकमा व्यापक भएको थियो ।
कांग्रेस सांसद महेन्द्रकुमारी लिम्बुले समेत यस अघि दमकमा आकाशे पूलको उद्घाटनसहित विभिन्न योजनाहरूको शिलान्यास र उद्घाटनका क्रममा दाहाल कांग्रेस र अरु पार्टीहरूलाई पाखा लगाएर एमालेको एकल प्रभाव देखाउन उद्यत रहेको आरोप लगाउँदै सार्वजनिक रुपमै आलोचना गरेकी थिइन् ।
दाहालले नगरपालिका मार्फत प्राप्त हुने विभिन्न अनुदान, सहयोग, कार्यक्रम आदीको लागि एमालेले सिफारिस गरेका व्यक्ति, संघ संस्थाहरूलाई प्राथमिकता दिने गरेको तर अरुलाई वेवास्ता गर्ने गरेको आरोप लाग्दै आएको छ ।
यस बिषयमा कार्यकारी अधिकृत दाहालसंग प्रतिक्रिया बुझ्न खोज्दा उनले प्रयोग गर्ने गरेका तीन वटै मोवाइलमा सम्पर्क हुन सकेन । उनले प्रयोग गर्ने गरेको एउटा मोवाइल नम्बरमा सेवा बन्द गरिएको जानकारी आएको छ भने अर्को नम्बर स्वीच अफ भएको जानकारी आएको छ । त्यस्तै अर्को एउटा मोवाइल नम्बर समेत उनले नगरपालिकाको निमित्त कार्यकारी तोकिएका तिर्थनारायाण श्रेष्ठले रिसिभ गरेर दाहाल हिजो मात्रै काठमाडौं गएका र आजै काठमाडौंबाट फर्किने कार्यक्रम रहेको बताए । निमित्त कार्यकारी अधिकृत श्रेष्ठ पनि गएको फागुनमा दमकमा आयोजित खुल्ला कार्यक्रममा एमाले अध्यक्ष ओलीको हातबाट अविर लगाएर एमालेमा प्रवेश गरेका कर्मचारी हुन् । त्यस्तै नगरपालिकाका अर्का इन्जीनियर अनन्त सेनेहाङसमेत एमालेको चुनावी कार्यक्रममा सहभागि हुदै आएका छन् । ‘ नगरपालिकाका कर्मचारी कार्यालयमा भेटिदैनन् ’ नगरपालिकामा बुधबार कामको सिलासिलामा पुगेकी दमक–१० की राधिका शर्माले गुनासो सुनाईन् । समाचार स्रोतका अनुसार नगरपालिकाका कर्मचारीहरू यतिखेर निर्वाचनमा एमालेलाई जिताउन लागीपरि आएका छन् ।
नगरपालिकाका बहुसंख्यक कर्मचारीहरू समेत एमालेको पक्षमा गाउँ टोलमा मत माग्ने, कर्मचारी आचारसंिहता विपरीत सामाजिक सञ्जालहरूमा एमालेको पक्षमा भोट माग्दै सामाग्रीहरू प्रकाशन गर्नमा सक्रिय हुदै आएको बताईएको छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

दिवा चेम्जोङः एक सक्षम उम्मेद्वार

स्थानीय निर्वाचन २०७९ का लागि धनकुटाको चौविसे गाउँपालिकामा गठबन्धन दलबाट उपाध्यक्षको उम्मेद्वारी दिएका दिवा...

कान्छी उपमेयर उम्मेद्वार जुनु लिम्बू (सृष्टि खापुङ)

लिम्बू विद्यार्थी मञ्चको आठौं राष्ट्रिय महाधिवेशन २०७३ सालमा इलामको लारुम्बामा हुँदै थियो । उक्त...

‘अमेरिकाको नागरिकता त्यागेर नेपाल भ्रष्ट्राचार गर्न आएको होइन’ –गम्बु शेर्पा

सन् २०२१ मा गम्बु शेर्पाले ‘फर्किएका पाइला’ पुस्तक लेखे । पुस्तकभित्र ६२४ पेजमा गम्बुका...

भेडेटारमा टेम्पो र बस दुर्घटनामा, टेम्पोचालकको मृत्यु

धरान, २ वैशाख । सुनसरीको भेडेटार दुई घुम्तीमुनी बस र टेम्पो दुर्घटनामा परेका छन्...

प्रदेश नं. १ प्रमुखद्वारा आर्थिक कार्यविधि वित्तिय उत्तरदायित्व विधेयक प्रमाणित

विराटनगर, २३ चैत्र । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा “प्रदेश...

“टिकटको तय नहुन्जेल पार्टीको प्रचार र जनताको मनोभावना बुझ्दै हिडिरहेका छौ”

विराटनगर महानगरपालिकामा चुनावको सरगर्मी शुरु भइसकेको छ । विभिन्न पार्टीका नेताहरूले मेयर तथा अन्य...

चुनाव, खेलाँची होकी वास्तविक ?

मलिसा याक्थुङ्बा लिम्बू सर्वव्यापी स्वीकार्य चुनाव गरिनु पर्छ र सहभागी मतदाताहरू निर्विघ्न हुनुपर्छ ।...

मोरङको लेटाङमा ६५औं राष्ट्रिय सहकारी दिवस

लेटाङ, मोरङ २० चैत्र । ६५ औं राष्ट्रिय सहकारी दिवस –२०७८ प्रदेश नं. १,...

ताल्चा कथा सङ्ग्रहको रचनागर्भ, पात्रमाथिको कथासहितको नयाँसाहित्य

विराटनगर, १९ चैत्र । यस हप्ताको नयाँ साहित्यमा निनाम लोवात्तीको कुलुङ लोककथा, कथाकार दिलिप...

कुलुङ लोक–कथाः छेन्दीपत र बीरमुख

निनाम लोवात्ती विश्वकै प्राचीन महाजातिमा गनिने किरातीभित्रका कुलुङ जातिमा दन्त्य–कथा, लोक–कथा, लोक–मान्यता, लोकवार्ता, एवम्...