काठमाडौं, ३१ जेठ ।
कालिकाटबाट महेन्द्रनगरका लागि छुटेको बस दैलेखको आठवीस नगरपालिका–४ मा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
ना ४ ख २९९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
दु्र्घटनामा मृत्यु हुनेहरूमा ७ जना पुरूष, २ जना महिला र एक जना बालिका रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी प्रकाश अधिकारीले जानकारी दिनुभयो । घटना भएलगत्तै प्रजिअ अधिकारी र डिएसपी सहितको टोली घटना स्थल पुगेको बताइएको छ ।
बस करिब २÷३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एकेन्द्र खड्काले जानकारी दिनुभएको छ ।
दुर्घटनामा अन्य १८ जना घाइते भएका बताइएको छ । घाइतेहरुको दैलेखमै उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको सुरक्षा स्रेतले जनाएको छ ।
दुर्घटनमा मृत्यु हुनेहरुको खनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।