काठमाडौं । लिम्बू गीतबाट म्युजिक भिडियो निर्देशनमा ख्याती कमाएका लोकेन साँवा लिम्बूले फेरि अर्को भिडियो सार्वजानिक गरेका छन् । गौरीमाया वनेम (साउदेन) द्वारा स्वरवद्ध गीत ‘पाङ्भे लेप्मेन्न्ले …’ लाई म्युजिक भिडियोमा उतारी सार्वजानिक गरिएको हो । नेपाल को पूर्वी पर्यटकीय स्थलहरु गुफापोखरी, मेन्छ्यायेम, साँघु, जलजले, दोभान आदि स्थानमा छायांकन गरिएको यस गीत एल्बम इच्छिङमा समाविष्ट छ ।
गीतकार काजिमान यक्सो लिम्बूको रचनामा सन्तोस साउदेनले संगीतवद्ध गरेका छन् । भिडियोमा अभिनय रुपा आङ्बुहाङ लिम्बू र आयुश साम्बा लिम्बूले गरेका छन् ।
द हाइलेन्ड आर्ट गोकर्णको ड्रेस डिजाइन, भुपेन्द्र तुबाहाङ्फे लिम्बूको छायांकन, सोम मग्रातीको श्रृङ्गार र निशान घिमिरेको सम्पादनमा योगदान रहेको यस भिडियोलाई पूर्ण साउदेन (पान्धारे कान्छा) प्रस्तुत गरेको हो । अडियो र भिडियोलाई युमा आर्टले सार्वजानिक गरेको हो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।