एक महिनादेखि दुई बालिका बेपता, खोजी दिन आग्रह - Naya Online

एक महिनादेखि दुई बालिका बेपता, खोजी दिन आग्रह

राजविराज, ३१ जेठ । सप्तरीको साबिक भारदह गाविस हाल हनुमाननगर कङ्कालनी नगरपालिका–१ बाट एक महिनाअगाडि घरबाट निस्केका दुई बालिका हालसम्म घर फर्किएका छैनन् ।

सोही नगरपालिका–१ भारदह निवासी दुःखी खड्गाकी १३ वर्षीया छोरी पारो र ७ वर्षीया छोरी सरोकुमारी खड्गा घरमा सामान्य विवाद हँुदा आवेशमा आएर घरबाट निस्केका र ती दुवै बालिका अहिलेसम्म घर नफर्केकाले परिवारजनमा रुवावासी भएको पीडित परिवारले जनाएको छ ।

स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययन गर्दै आएकी पारो वार्षिक परीक्षामा फेल भएको र घरको सदस्यले किन फेल भइस् भनेपछि सामान्य विवादका कारण घरबाट निस्केका ती दुवै बालिकालाई एक महिनादेखि जति खोजेपनि भेट्न नसकिएको उनका बुबा दुःखी खड्गाले बताउनुभयो । स्रोतका अनुसार घरबाट निस्केका ती दुवै बालिका भारदह चौकमा काँकडभिट्टा जाने बसमा चढेको बताइएको छ ।

यसैबीच, बेपत्ता भएका ती दुवै बालिकालाई खोजी गरिदिनहुन स्थानीय प्रशासन, मानवअधिकारकर्मी, सञ्चारकर्मी र सम्बन्धित निकाय तथा विभिन्न सङ्घसंस्था र नेपाल सरकारलाई समेत उनका परिवारले आग्रह गरेका छन् । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘सुनौली रुपौली’ चलचित्र हन्टिङमा

पाँचथर– लिम्बू जातिको सुनौलो रुपौली संस्कारमा  आधारित लिम्बू कथानक चलचित्र ‘सुनौली रुपौली’ निर्माण हुने...

याक्थुङ फिल्म्सले ल्यायो नयाँ ऐतिहासिक पालाम

फेदेन – लिम्बू भाषाको पालाम ‘फुङ्फुङ्देन’को म्युजिक भिडियोको म्युजिक भिडियो बुधबार सार्वजनिक भएको छ । याक्थुङ...

भेडेटारमा टेम्पो र बस दुर्घटनामा, टेम्पोचालकको मृत्यु

धरान, २ वैशाख । सुनसरीको भेडेटार दुई घुम्तीमुनी बस र टेम्पो दुर्घटनामा परेका छन्...

गोलाञ्जोरमा एमालेबाट बराल सर्वसम्मत उम्मेदवार

सिन्धुली, २७ चैत्र । सिन्धुली जिल्लाको गोलाञ्जोर गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारका लागि नेकपा एमालेले...

काठमाडौंमा संस्कृति संरक्षण समाजको स्थापना

काठमाडौँ, २७ चैत्र । रैथाने नेपाली संस्कृतिको संरक्षण एवम् सम्बद्र्धन गर्ने उद्देश्यले संस्कृति संरक्षण...

कुम्मायक साहित्यिक एवं सास्कृतिक सङ्गोष्ठी कार्यक्रम सम्पन्न

-पदम सुखी सम्बाहाम्फे पान्थर, २५ चैत । कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आज कुम्मायक साहित्यिक...

ताप्लेजुङमा जसपाले चयन गर्यो उम्मेद्वार

ताप्लेजुङ, २१ चैत्र । जनता समाजवादी पार्टी (जसपा) ताप्लेजुङले आगामी बैसाख ३० गते हुन...

प्रदेश प्रमुखद्धारा चिचिरी–गेन्द्रो दिवस –२०७८ को उद्घाटन

उर्लाबारी, १९ चैत्र । प्रदेश नं. १ प्रमुख माननीय परशुराम खापुङले दोश्रो चिचिरी–गेन्द्रो दिवस...

भाषणबाट दिक्क भएको बेला कविता सुन्दा आनन्द लाग्यो –प्रदेश प्रमुख खापुङ

विराटनगर, १९ चैत्र । सँधै भाषण सुन्दा र भन्दा वाक्क लागेको बेला कविता सुन्दा...

पथरी सनिश्चरेमा हुक्पा चोङवाङको १ दिने अन्तर्त्रिरयात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न

पथरी, १९ चैत्र । मोरङ जिल्लाको पथरी सनिश्चरे स्थित सिरिजंगा धार्मिक बनको विश्राम भवनमा...