संघीय समाजवादीले झापाको १२ स्थानीय तहमा उम्मेद्वारी दिँदै - Naya Online

संघीय समाजवादीले झापाको १२ स्थानीय तहमा उम्मेद्वारी दिँदै

झापा, ३० जेठ ।
संघीय समाजवादी फोरम नेपालले झापाको १५ स्थानीय तहमध्ये बाह्र वटा स्थानीय तहमा उम्मेद्वार तय गरेको छ । नयाँ शक्ति पार्टी नेपालसँग चुनावी तालमेल गरेर अघि बढेको ससफो नेपालले झापा जिल्लामा भने दमक, बुद्धशान्ति र भद्रपुर नगरपालिकामा चुनावी तालमेल गरेर उम्मेद्वारी दिने तयारी अन्तिम चरणमा पुर्याएको हो ।
समाजवादी फोरम झापा जिल्ला अध्यक्ष धिरेन लावतीले बुधबारसम्ममा बाँकी सबै स्थानीय तहको उम्मेवारहरु टुङ्गो लगाइने जानकारी दिनुभएको छ । लावतीका अनुसार कमल गाउँपालिकाको अध्यक्षमा जितेन राई र उपाध्यक्षमा पुष्पा लिङ्देनलाई उम्मेद्वार बनाइएको छ । गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा बद्री यादवलाई उम्मेदवार बनाइएको छ । यस गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार टुङ्गो लगाउन बाँकी छ ।
झापा गाउँपालिकामा माओवादी केन्द्रसँग तालमेल गरिएको छ । गाउँपालिकाको उपाध्यक्षमा ससफो नेपालबाट गौरीशंकर राजवंशीलाई उम्मेदवार बनाइएको छ । त्यस्तै बाह्रदशी गाउँपालिकाको अध्यक्षमा रंगलाल राजवंशीको नाम तय गरिएको ससफो ससफो झापा सचिव सुशील राईले बताउनुभयो । उपाध्यक्ष उम्मेदवार भने टुङ्गो लगाइएको छैन ।
कचनाकवल गाउँपालिकाको अध्यक्षमा मञ्जु राई र उपाध्यक्षमा भरत राजवंशी, बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा हरिनारायण चौधरीलाई उम्मेद्वार बनाउने तयारी छ तर उपाध्यक्षको उम्मेद्वार बारे टुङ्गो लागेको छैन ।
नगरपालिकातर्फ दमक नगरपालिकाको प्रमुखमा सतिश साह र उपप्रमुखमा गंगा सागर शेर्मालाई उम्मेदवार बनाइएको छ । नयाँ शक्तिसँग तालमेल गर्दै दमकमा शाहलाई नयाँ शक्तिले मेयरको उम्मेद्वार बनाएको हो भने शेर्मालाई ससफोले उपमेयरको उम्मेद्वार बनाएको हो ।
गौरादह नगरपालिकामा खसुरधन राई (केडी) र हेमनसरी राजवंशीलाई ससफो नेपालबाट क्रमशः प्रमुख र उपप्रमुखको उम्मेदवार बनाइएको हो । त्यस्तै विर्तामोड नगरपालिकामा पदमबहादुर तामाङ प्रमुख र चिजा राई उपप्रमुख पदको उम्मेद्वार बनेका छन् । त्यस्तै अर्जुनधारा नगरपालिकाको प्रमुखमा सिर्जनलाला चौधरी उम्मेदवार बन्ने पक्का भएको छ भने उपप्रमुखको टुङ्गो लागेको छैन ।
भद्रपुर नगरपालिकाको प्रमुखमा सत्रुधन चौधरी र उपप्रमुखमा शर्मीला आङदेम्बेलाई उम्मेदवार बनाइएको छ । झापाको मेची नगर नगरपालिकामा इन्द्रबहादुर श्रेष्ठ र अग्निमाया मेचेलाई ससफोले क्रमशः प्रमुख र उपप्रमुखको उम्मेदबार बनाएको छ भने शिवसताक्षी नपा, कनकाई नपा र हल्दीबारी गापामा भने मंगलबारसम्ममा उम्मेदवार टुङ्गो लाग्ने अनुमान गरिएको छ । कनकाईमा खतरसिंह राजवंशीलाई ९ नम्बर वडाको वडा अध्यक्ष उम्मेदवार बनाइएको छ भने हल्दीवारी ८ मा धुव्र श्रेष्ठलाई वडा अध्यक्षको उम्मेदवार बनाइएको छ ।

नेताहरुलाई स्थानीय तहमा खट्न निर्देशन

स्थानीय तह निर्वाचनलाई आन्दोलनका रूपमा उपयोग गरेर अघि बढ्ने योजना बनाएको ससफो झापाले जिल्लास्थित केन्द्रीय सदस्य र प्रदेश सदस्यहरुलाई तहगत क्षेत्रको चुनावमा सघाउन जिम्मेवारी दिएको जनाएको छ । केन्द्रीय समिति र प्रदेश समितिले यस अघि नै नेताहरुलाई आ–आफ्नो भूगोलमा गएर चुनावी कार्यमा खट्न निर्देशन दिएकाले जिल्लाका तर्फबाट माथिल्लो तहका नेताहरुलाई कार्य विभाजन गरिएको पार्टी स्रोतले जनाएको छ ।
विभिन्न तहका २७ जना नेताहरुलाई तोकेरै चुनावी कार्यमा सहयोग गर्न परिपत्र भएको सचिव राईले जानकारी दिनुभयो । जिल्लाका र स्थानीय तहका नेताहरुलाई सम्बन्धित भूगोलमै खट्न निर्देश गरिएको उहाँको भनाइ छ ।

दमकमा चुनावी प्रचार प्रसार व्यापक

ससफो नेपाल लिम्बुवान प्रदेश सचिवालय सदस्य कमन देवानले जिल्लाका १५ स्थानीय तहमध्ये चुनावी तालमेलमार्फत दमक नगरपालिकामा चुनावी अभियानले व्यापकता पाएको दावी गर्नुभएको छ ।
संयुक्त निर्वाचन परिचालन तथा प्रचार–प्रसार समितिका संयोजक देवानले दिएको जानकारी अनुसार दमकमा मेयर र उपमेयरसहित वडा नम्बर १, ३, ५, ६, ७ र ९ मा वडा अध्यक्ष र सदस्यहरुसहित उम्मेद्वारी दिने तय भएको हो । ‘दमकको विभिन्न वडाहरुमा दलिततर्फका ४ जना महिला चुनावी स्पर्धामा जुटेका छन् । वडा १ मा महिला वडा अध्यक्षको उम्मेद्वारसहित विभिन्न वडामा गरी ससफो र नयाँ शक्तितर्फबाट ८ जना महिलाहरुले खुल्ला र महिला सदस्यमा स्पर्धा गर्न लागेको समितिले जनाएको छ ।
दमकमा वडा नम्बर १, ५, ६, ७, ८ र ९ नम्बरमा धरदैलो कार्यक्रम सम्पन्न गरी मंगलबारबाट वडा ३ मा घरदैलो कार्यक्रम केन्द्रित गरिएको बताइएको छ । चुनावी माहोललाई थप प्रभावकारी बनाउन वडा केन्द्रित थप प्रचारात्मक कार्यक्रम गर्ने बारे गृहकार्य थालिएको देवानले बताउनुभएको छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...

इलाका प्रहरी कार्यालय वानाको आवास भवन डीआईजी खापुङ्द्वारा उद्घाटन

संखुवासभा । इलाका प्रहरी कार्यालय वाना संखुवासभाको आवास भवन उद्घाटन भएको छ । भवनको...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

अशोक राई पक्षलाई संसदीय कारवाहीमा सहभागी हुन नदिन सर्वोच्चमा रिट

काठमाडौं, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राईपक्ष थप...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, १२ वैशाख । सुर्खेत, भेरीगंगा नगरपलिका–५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको...

आगलागीबाट विभिन्न ठाउँमा धनमाल जलेर नष्ट

काठमाडौं, १२ वैशाख । सिरहा, औरही गाउँपालिका–२ तुलसीपुर बस्ने २८ वर्षीय महेश कुमार यादवको...

समयले डोरिएको छत्रबहादुर दम्पतीको जीवन

देवेन्द्र सुर्केली भक्तपुर जिल्लाको व्यस्त चोक गट्ठाघर । त्यसको २५ मिटर उत्तरदेखि झण्डै १०,१५...

काठमाडौँबाट धनकुटा आएको हायस मुलघाटमा दुर्घट्ना

धनकुटा । काठमाडौबाट धनकुटा आएको माइक्रो हायस धनकुटा ९, मुलघाटमा अनियन्त्रित भई ५० फिट...

शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तहबाटै थालनी गर्नुपर्छः मन्त्री चौधरी

काठमाडौँ, ३० चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन...