झापामा ‘सुपरजोन’ कार्यक्रम सञ्चालन - Naya Online

झापामा ‘सुपरजोन’ कार्यक्रम सञ्चालन

सुरुङ्गा (झापा) ३० जेठ ।

समुदायमा आधारित धान सुपरजोन कृषि आधुनिकीकरण परियोजना यस वर्षबाट जिल्लामा सञ्चालन भएको छ ।
जिल्लाको पूर्वी क्षेत्रमा धान सुपरजोन परियोजना सञ्चालन गरिएको हो । पृथ्वीनगर, बनियानी, पाठामारी, केचना, पथरिया र बालुबाडीमा सञ्चालित परियोजनाबाट धानको ३.१५ उत्पादकत्व वृद्धि गरी ५.५ मेट्रिक टन प्रतिहेक्टर पु¥याउने लक्ष्य छ । सरकारले परियोजना सञ्चालनका लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ ।
परियोजना सञ्चालनसँगै कृषकलाई ८० प्रतिशतसम्म अनुदान र उन्नत जातको धानको बीउ उपलब्ध गराएसँगै धानको उत्पादन बढेको हो । यहाँका कृषकले अहिले हर्दिनाथ, डल्लेपुसा, चाइनापुसालगायत स्थानीय जातका धान लगाएका छन् । कृषकले नेपाल कृषि अनुसन्धान केन्द्र तरहराबाट सिफारिस गरिएका चैते–२, चैते–४ र केन्द्रमा परीक्षण भएको तेहरान र अन्य जातका धान लगाएकाले उत्पादन बढेको धान सुपरजोन कार्यान्वयन एकाइ बनियानीका प्रमुख मेघनाथ तिमल्सिनाले बताउनुभयो ।
जिल्लामा रु १० अर्ब दुई करोड बराबरको धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष ८६ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा चार लाख ११ हजार १०० मेट्रिक टन धान उत्पादन भएको थियो । खेतीयोग्य जमिनमध्ये ३८ हजार ७ सय १० हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा छ ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रकाशकुमार डाँगीका अनुसार यस वर्ष २० हजार ३०० हेक्टरमा चैतेधान लगाइएको छ । गत वर्ष जिल्लामा १९ हजार ७०० हेक्टरमा चैतेधानखेती गरिएको थियो । यस वर्ष ६०० हेक्टरभन्दा बढी क्षेत्रफलमा चैतेधान लगाइएको छ । कनकाइ सिँचाइ प्रणालीअन्तर्गत शिवशताक्षी, शिवगञ्ज, महाभारा, बैगुनधुरा, धरमपुर र तोपगाछीका अधिकांश कृषकले चैतेधानखेती गर्ने गरेका छन् ।
त्यस्तै अर्जुनधारा, बुधबारे, मेचीनगर, केचना पथरिया कुमरखोद, बनियानी, सुरुङ्गा, टाघनडुब्बालगायत ठाउँमा समेत चैतेधानखेती गरिन्छ । बृहत्तर धान उत्पादन कार्यक्रम सञ्चालन तथा लाइनमा धान रोपेका कारण उत्पादकत्व बढेको डाँगीको भनाइ छ ।
लाइनमा धान रोप्ने कृषकलाई कृषि कार्यालयले प्रतिहेक्टर रु पाँच हजारका दरले प्रोत्साहनस्वरुप रकम प्रदान गरेको छ । गोडमेल गर्न सजिलो र उत्पादन बढ्ने भएकाले कृषकलाई लाइनमा धान रोप्न आग्रह गरेको डाँगीले बताउनुभयो । लाइनमा धान रोप्ने कोहोवरा, जलथल र धरमपुरका कृषकले प्रोत्साहन रकम पाएका छन् । सरकारले चैतेधानको मूल्य प्रतिकिलो २१ रुपैयाँ २० पैसा तोकेको छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अमेरिकी डलर देखाई श्रृङ्खलाबद्ध रुपमा ठगी गर्ने पक्राउ

काठमाडौं, ७ भदौ । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभनमा पारी उपत्यकाका विभिन्न स्थानमा...

मोरङको लेटाङमा ६५औं राष्ट्रिय सहकारी दिवस

लेटाङ, मोरङ २० चैत्र । ६५ औं राष्ट्रिय सहकारी दिवस –२०७८ प्रदेश नं. १,...

कोरिया असफल भएपछि कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै बिक्रम

नरेन्द्र खापुङ संयम तेह्रथुम, १५ चैत्र । तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउपालिका–६ का बिक्रम लिम्बू...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’को प्रदर्शन

फेदेन – लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ शनिबार पान्थर फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दिरमा बिशेश...

सहारा नेपाल बचत तथा ऋृण सहकारी सस्थाद्वारा सार्वजनिक विदाको अवज्ञा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २५ कात्तिक । कुम्मायक गाउपालिकास्थित यासोक बजारमा सञ्चालित सहारा नेपाल...

नारायणटारमा यति मार्ट सञ्चालनमा

काठमाडौँ, १८ कात्तिक । काठमाडौँको नारायणटारमा यति मार्ट सञ्चालनमा आएको छ । कोभिड १९...

आठ हाईड्रोपावरको लाभांश घोषणा, कस्को कति ?

सागर चेम्जोङ धरान, २४ असोज । नेप्सेमा सूचीकृत भएका ४० हाईड्रोपावर कम्पनीमध्ये ८ वटा...

चौबिसे समाजद्वारा ढाका उद्यमी यमुना तुम्सा सम्मानित

धरान, २६ भदौ । चौबिसे समाज धरानद्वारा चौबिसे सङ्घ ढाका उद्योगका सन्चालिका यमुना तुम्सा...

आफ्ना ग्राहको लागि ‘स्ट्यान्डर टेलर’को वम्पर अफर

काठमाडौ १४ भाद्र । सफल कपडा ब्यवसायीको रूपमा आफ्नो परिचय बनाएका दुर्गालाल प्रधानको अर्को...